May 18, 2021, Tuesday

दोस्रो बैंकिङ महाकुम्भ मेला शुरु, भरपुर फाइदा लिन गर्भनरको सुझाव

काठमाडौं । काठमाडौँको भृकुटीमण्डपमा दोस्रो बैंकिङ एक्स्पो २०१८ सुरु भएको छ । शुक्रबार नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरंजीबि नेपालले बैंकिङ एक्स्पोको उद्घाटन गरे । उद्घाटन समारोहमा बोल्दै गभर्नर डा. नेपालले सीमित व्यक्तिले मात्र नभएर सबैले बैंकिङ सुविधा लिन पाउनुपर्छ भन्ने उद्देश्यका साथ आयोजना गरिएको बैंकिङ एक्स्पो कार्यक्रम अत्यन्तै सराहनीय रहेको बताए ।

वित्तीय कारोबार कसरी गर्ने भन्ने जानकारी दिनका लागि वित्तीय कारोबार गर्ने सम्पूर्ण संस्थाहरुलाई बैंकिङ एक्स्पोले एकै छानामुनि समेटेको भन्दै उनले यसबाट भरपूर फाइदा लिन सुझाए । पढेर नजानिने तर गरेर जानिने उद्यमशीलतासम्बन्धी जानकारीहरु बैंकिङ एक्स्पोबाट लिन सकिने गभर्नर डा. नेपालले बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै गभर्नर डा. नेपालले भने– ‘शहरी क्षेत्रमा बैंक पुगे पनि बैंकिङ सुविधा बारे सबैकहाँ जानकारी पुग्न नसकेको बताए । अब शहर बजारमै समेत बैंकिङ सुविधा बारे स्पष्ट बनाउन वित्तीय साक्षरताको पाठ पढाउनु पर्ने उनको भनाई थियो । उद्घाटन समारोहमा बोल्दै गभर्नर डा. नेपालले सीमित व्यक्तिले मात्र नभएर सबैले बैंकिङ सुविधा लिन पाउनुपर्छ भन्ने उद्देश्यका साथ आयोजना गरिएको बैंकिङ एक्स्पो कार्यक्रम अत्यन्तै सराहनीय रहेको बताए ।

वित्तीय कारोबार कसरी गर्ने भन्ने जानकारी दिनका लागि वित्तीय कारोबार गर्ने सम्पूर्ण संस्थाहरुलाई बैंकिङ एक्स्पोले एकै छानामुनि समेटेको भन्दै उनले यसबाट भरपूर फाइदा लिन सुझाए । पढेर नजानिने तर गरेर जानिने उद्यमशीलतासम्बन्धी जानकारीहरु बैंकिङ एक्स्पोबाट लिन सकिने गभर्नर डा. नेपालको भनाई छ ।

वित्तीय चेतना नभएका कारण सर्वसाधारणमा बचत गर्ने बानीको विकास नभएको उनको भनाइ थियो । अन्य विकासशील मुलुकमा जस्तै विद्यालय तहदेखि नै बचत गर्ने, लगानी गर्ने लगायत आर्थिक कारोबारका विषयमा जानकारी दिन सके मुलुक समृद्ध हुने र पैसा कमाउनकै लागि विदेश जानु नपर्ने उनले बताए । नेपाल बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले बचत गरौँ भन्ने नारालाई कुनै एक बैंकले भन्दा पनि सबै वित्तीय संस्थाहरु मिलेर सामुहिक रुपमा प्रचार गर्न सकेमा बढी प्रभावकारी हुने धारणा व्यक्त गरे । बैंकिङ एक्स्पोले वित्तीय साक्षरतालाई अभिवृद्धि गर्ने उद्देश्यले वित्तीय क्षेत्रका सबै संस्थाहरुलाइ समेटेको हुँदा यो कार्यक्रमले सर्वसाधारणमा बैंकिङ चेतना बढाउन ठूलो भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

युवा तथा साना व्यवसायी स्वरोजगार कोषका कार्यकारी निर्देशक डा. विष्णु गौतमले वित्तीय साक्षरता गाउँगाउँमा पुर्याउन सके आर्थिक कारोबार बढ्ने र मुलुक समृद्ध हुने बताए । आर्थिक कारोबारलाई बढाउन मद्दत गर्ने उद्देश्यले संचालन गरिएको बैंकिङ एक्स्पो जस्ता कार्यक्रमलाई युवा स्वरोजगार कोषले सहयोग गर्दै आएको र आगामी दिनमा पनि गरिरहने बताए । बचत परिचालन गरेपछि लगानी गर्ने संस्थाहरुले लगानीको सदुपयोग भएको छ कि छैन, परिचालित कर्जाले आर्थिक समृद्धिमा मद्दत पुर्याएको छ कि छैन सो कुराको मूल्यांकन समेत गर्नुपर्ने उनको भनाइ थियो ।

कार्यक्रममा डेभलपमेन्ट बैंकर्स संघका महासचिव झलकप्रसाद खनालले एक्स्पोमा सहभागी हुने र स्टल अवलोकन गर्ने युवाहरुले आर्थिक समृद्धि र उद्यमशीलता विकासमा भूमिका खेल्नेमा विश्वस्त रहेको बताए । अहिले ४० प्रतिशत मात्रै रहेको बैंकिङ पहुँचलाई बढाउनु आवयश्यक रहेको र यसमा नियामक राष्ट्र बैंकको भूमिका महत्वपूर्ण हुने उनको भनाई थियो । सबै स्थानीय तहमा बैंक शाखा पु¥याउने सरकारी नीतिलाई विकास बैंकहरुले पनि सहयोग गरिरहेको खनालले बताए ।

त्यसैगरी वित्तीय संस्था संघका अध्यक्ष सरोजकाजी तुलाधरले बचत गर्ने र एकाउन्ट खोल्न लगाउने मात्रै नभएर बैंक खाताबाट फाइदा कसरी लिने, बचत गरेको रकमको परिचालन कसरी गर्ने लगायतका विषयमा पनि जानकारी दिनु जरुरी रहेको बताए । कर्जा लगानी गर्नका लागि निक्षेप चाहिने भएकाले कर्जाको मात्रै भन्दा पनि निक्षेपको प्रवद्र्धन गरिनुपर्ने उनको भनाइ थियो । यी सबै कुरामा ध्यान दिन सके मात्रै वित्तीय साक्षरसम्बन्धी कार्यक्रमहरु सफल हुने विश्वास व्यक्त गरे ।

नेपाल माइक्रोफाइनान्स बैंकर्स एशोसिएसनका उपाध्यक्ष एवं लक्ष्मी लघुवित्त विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाशराज शर्माले बैंकिङ एक्स्पोले वित्तीय चेतना अभिवृद्धिमा महत्वपूर्ण सहयोग पुग्ने बताए । कार्यक्रमलाई लघुवित्तका माध्यमबाट धेरै ठाउँमा वित्तीय पहुँच पुगेको छ तर त्योमात्रै पर्याप्त नभएर यस्ता कार्यक्रम विभिन्न ठाउँमा विभिन्न समयमा आयोजना गरिनु आवश्यक भएको बताए ।

कार्यक्रमका संयोजक माधव निर्दोषले बैंकिङ एक्स्पो कार्यक्रम वित्तीय जागरण राष्ट्रिय अभियानअन्तर्गत संचालन गरिएको एक्स्पोले विशेषतः मेनेजमेन्ट अध्ययन गरेका र गरिरहेका विद्यार्थी वर्ग, उद्यमशील युवा र स्वरोजगार बन्न चाहने युवाहरुका लागि अत्यावश्यकीय जानकारी प्रदान गर्ने बताए । उनले एक्स्पोमा संचालन गरिएका स्टलहरुको अवलोकन गरि आफूले बैंक वित्तबारे चाहेको जानकारी लिन आग्रह गरे ।
मिडिया इन्टरनेशनलले आयोजना गरेको मेलामा नेपाल राष्ट्र बैंकले प्रवद्र्धन गरेको छ भने नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स संघ, वित्तीय संस्था संघ, माइक्रोफाइनान्स बैंकर्स संघ, बीमा समिति र नेपाल क्लियरिङ हाउसले सहकार्य गरेका छन् ।  कार्यक्रममा ५६ वटा बैंक, वित्त, बीमा कम्पनी लगायतका स्टलहरु रहेका छन् ।

सम्बन्धित समाचार

सेयर बजारमा अर्काे नयाँ रेकर्ड : हाइड्रोपावरमा बढी आकर्षण
सेयर बजारमा अर्काे नयाँ रेकर्ड : हाइड्रोपावरमा बढी आकर्षण
  • २०७४ माघ २२, ०९: १६: २६

नयाँ विकल्प काठमाडौं : सेयर बजारमा सोमबार पनि उत्साह जारी छ । नेप्से सूचकका साथमा खरिदबिक्री रकममा पनि राम्रो छ...

तराई-मधेश द्रुत मार्गः  सुरूङ बनाउने ठेक्का चिनियाँ कम्पनीलाई
तराई-मधेश द्रुत मार्गः सुरूङ बनाउने ठेक्का चिनियाँ कम्पनीलाई
  • २०७४ माघ २२, ०९: १६: २६

नयाँ विकल्प, काठमाडाैं- काठमाडौं-तराई-मधेश द्रुत मार्ग(फास्ट ट्रयाक)को सुरुङ निमार्णका लागि नेपाली सेनाले दुई चिनियाँ कम्पनीसँग सम्झौता गरेको छ। द्रुत मार्गमा...

सिंगापुर बेभरेजका शर्मालाई युरोपको विश्वविद्यालयबाट बिद्याबारिधी उपाधि
सिंगापुर बेभरेजका शर्मालाई युरोपको विश्वविद्यालयबाट बिद्याबारिधी उपाधि
  • २०७४ माघ २२, ०९: १६: २६

नयाँ बिकल्प,काठमाडौं । फ्रान्सको पेरिसस्थित युरोपियन इन्टरनेसनल युनिभर्सिटीले सिंगापुर बेभरेजेज नेपाल प्रालिका संस्थापक तथा म्यानेजिङ डाइरेक्टर आशिष शर्मालाई इन्टरनेसनल बिजनेस...

भर्खरै

TOP