February 26, 2021, Friday

सातै प्रदेशमा सरकार गठन, यस्ता छन् भावी मुख्यमन्त्री

सातै प्रदेशमा अहिले प्रदेश सरकार गठनको तयारी भईरहेको छ । प्रदेशसभाको निर्वाचन परिणाम घोषण भएको ३० दिन दिनभित्र प्रदेश सरकार गठन गर्नु पर्ने संवैधानिक ब्यवस्था अन्र्तगत प्रदेश सरकार गठन हुन लागेको हो ।

निर्वाचन आयोगले प्रदेशतर्फको अन्तिम नतिजा माघ ५ गते सार्वजनिक गरेको थियो । यसकारण अब यही फाल्गुन ५ गते सम्म सरकार गठन गरिसक्नुपर्ने संवैधानिक व्यवस्था छ । सात प्रदेश मध्य ६ प्रदेशमा बाम गठबन्धनले सरकार बनाउने निश्चित जस्तै छ भने २ नम्बर प्रदेशमा बहुमत प्राप्त गरेका मधेशवादी दलले संसदीय दलको नेता चुनेर मुख्यमन्त्रीको उम्मेदवार टुंग्याईसकेको छ ।

त्यस्तै सातै प्रदेशमा लगभग प्रतिपक्षमा प्रतिपक्षमा बस्ने निश्चित भएको कांग्रेसले पनि संसदीय दलको नेता छनौट गरिसकेको छ । प्रदेशसभाको पहिलो बैठक सम्पन्न भएको १५ दिन भित्र सभामुख र उपसभामुखको चुनाव गर्नु पर्ने संवैधानिक व्यवस्था छ । त्यसैले फागुन ३ गते भित्र सातवटै प्रदेशमा सभामुख चयन गरिसक्नुपर्ने चटारोमा दलहरु छन् ।  प्रदेशसभाबाट सभामुख चयन गरिसकेपछि प्रदेशमन्त्री परिषद गठन तर्फ दलहरु केन्द्रित हुने छन् । प्रदेशसभामा बहुमत प्राप्त संसदीय दलको नेता सम्बन्धित प्रदेशको मुख्यमन्त्री बन्ने व्यवस्था छ ।

यदी प्रदेशसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा दुई वा दुई भन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने, प्रदेश सभाको सदस्य मुख्यमन्त्री बन्न सक्नेछन् । प्रदेशसभाले मुख्यमन्त्री चयन गरेपछि मुख्यमन्त्रीले नै मन्त्रीपरिषद गठन गर्ने व्यवस्था छ । यसरी प्रदेशको मुख्यमन्त्री चुनीसकेपछि उसैको नेतृत्वमा प्रदेश मन्त्रीपरिषद गठन हुन्छ ।

एमाले र माओवादीले मुख्यमन्त्री चयन गर्न आह्वान गर्दै प्रदेश प्रमुखलाई पत्र पठाईसकेको छ । सांसद संख्याको २० प्रतिशत नबढ्ने गरी मन्त्रालय गठन गर्नुपर्ने संवैधानिक व्यवस्था छ । यसकारण मन्त्रालयको संख्या पनि धेरै हुने छैन । सोही अनुरुप सात वटै प्रदेशमा रहने मन्त्रालय पनि निर्धारण गरिएको छ । यसरी निर्धारण गरिएको मन्त्रालय आवश्यकता अनुसार थपघट हुन सक्नेछ । नयाँ राज्यसंरचना अनुसार सरकारले प्रदेशको अस्थायी राजधानी र अस्थायी प्रदेश प्रमुखसमेत तोकिसकेको छ ।

को को बन्दैछन् मुख्यमन्त्री ?
प्रदेश १ ः प्रदेश १ मा एमाले नेता शेरधन राई मुख्यमन्त्री बन्ने निश्चित भएको छ । मुख्यमन्त्रीका आकांक्षी भीम आचार्यलाई संसदीय दलको नेतामा पराजित गर्दै राई विजय  भएका छन् । संसदीय दलको नेता नै मुख्यमन्त्री हुने प्रावधानका कारण उनी मुख्यमन्त्री बन्ने पक्का भएको हो । नेता राई एमालेका पोलिटब्यूरो सदस्य एवं पूर्वसंचारमन्त्री समेत हुन् ।

१४ जिल्ला रहेको प्रदेश नम्बर १ को अस्थायी राजधानी विराटनगरमा ७ वटा मन्त्रालय रहने भएका छन् । प्रदेश नम्बर १ मा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय, सामाजिक विकास मन्त्रालय र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय रहने भएका छन् ।

प्रदेश २ः यस प्रदेशमा संघीय समाजवादी फोरम नेपालका उपाध्यक्ष लालबाबु राउत गद्धी मुख्यमन्त्री बन्ने निश्चित जस्तै भएको छ । राउत नेपालकै अल्पसंख्यक मुस्लिम समुदायबाट प्रतिनिधित्व गर्दै मुख्यमन्त्री पदमा पुग्ने प्रथम व्यक्ति हुनेछन् ।  पार्टी भित्र मुख्यमन्त्रीको आकांक्षी धेरै भएपनि नेतृत्वको प्रयासले उनलाई सर्वसम्मत संसदीय दलको नेतामा चुनेको हो । यस प्रदेशमा फोरम र राजपा नेपाल मिलेर प्रदेश सरकार गठन गर्ने तयारी गरेका छन् ।

८ जिल्ला रहेको प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरमा ८ वटा मन्त्रालय रहने भएका छन् । यस प्रदेशमा पनि मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित ७ मन्त्रालय हुनेछन् । आन्तरिक मामला तथा कानुन मन्त्रालय, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय, अर्थ तथा योजना मन्त्रालय, भौतिक योजना, समाजिक विकास र पर्यटन मन्त्रालय, उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालय र सामाजिक विकास मन्त्रालय रहने छन् ।

प्रदेश ३ः प्रदेश नम्बर ३ मा एमाले संसदीय दलको नेतामा डोरमणि पौडेल निर्वाचित भएपछि उनलाई मुख्यमन्त्री बन्ने बाटो खुला भएको छ । पार्टी उपाध्यक्ष समेत रहेकी  अष्टलक्ष्मी शाक्यलाई पराजित गर्दै चुनाव जितेका पौडेल अब देशकै राजधानी समेत रहेको प्रदेशको मुख्यमन्त्री बन्ने पक्क भएको हो । पौडेल ३ नम्वर प्रदेशको मुख्य मन्त्री बन्ने भएपछि अब देशमा यसपटक महिला मुख्यमन्त्री बन्ने बाटो पनि रोकिएको छ ।
१३ जिल्ला रहेको प्रदेश नम्बर ३ को अस्थायी राजधानी हेटौँडामा ७ वटा मन्त्रालय रहने भएका छन् ।

जसमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, आन्तरिक मामिला तथा कानून मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय, सामाजिक विकास मन्त्रालय र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय रहने भएका छन् ।

प्रदेश ४ ः प्रदेश ४ मा पृथ्वी सुव्वा गुरुङ मु्ख्यमन्त्री बन्ने पक्का भएको छ । आईतबार प्रदेश ४ को एमाले संसदीय दलको नेतामा पृथ्वी सुव्वा गुरुङ सर्वसम्मत चयन भएको थियो । ११ जिल्ला रहेको प्रदेश नम्बर ४ को अस्थायी राजधानी पोखरामा ७ वटा मन्त्रालय रहने भएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, आन्तरिक मामिला तथा कानून मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय, सामाजिक विकास मन्त्रालय र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय रहने भएका छन् ।

प्रदेश ५ः यस प्रदेशमा एमालेका शंकर पोखरेल मुख्यमन्त्री बन्ने पक्का भएको छ । एमालेले पोखरेललाई सर्वसम्मत नै संसदीय दलको नेता चयन गरिसेकको छ । चुनाव अघि नै उनलाई बाम गठबन्धनले भावी मुख्यमन्त्रीका रुपमा उठाएको थियो ।
१२ जिल्ला रहेको प्रदेश नम्बर ५ को अस्थायी राजधानी बुटवलमा ७ वटा मन्त्रालय रहने भएका छन् । जसमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय, सामाजिक विकास मन्त्रालय र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय रहने भएका छन् ।

प्रदेश ६ः प्रदेश ६ मा माओवादीका महेन्द्रबहादुर शाही मुख्यमन्त्री हुने पक्का भएको छ । पार्टी प्रदेश नं ६ को संसदीय दलका नेतामा महेन्द्रबहादुर शाही चयन भएका छन् । १० जिल्ला रहेको प्रदेश नम्वर ६ को अस्थायी राजधानी सुर्खेतमा पनि ७ वटा मन्त्रालय रहने भएका छन् । यहाँ मुख्य मन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, सामाजिक विकास मन्त्रालय, उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालय र भूमि व्यवस्थापन, कृषि तथा सहकारी मन्त्रालय रहने छन् ।

प्रदेश ७ ः ७ नम्बरमा माओवादीबाट मुख्यमन्त्रीमा त्रिलोचन भट्ट चुनिने भएको छ । उनी माओवादी प्रदेश संसदीय दलको नेतामा चयन भैसकेका छन् । ९ जिल्ला रहेको प्रदेश नम्बर ७ को अस्थायी राजधानी धनगढीमा ७ मन्त्रालय रहने भएका छन् । अहिले मन्त्रालयहरू रहने भवन निश्चित भइसकेको छ । सरकारले प्रदेश प्रमुखहरूलाई दिएको सूचीमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय, सामाजिक विकास मन्त्रालय र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय रहने भएका छन् ।

सम्बन्धित समाचार

फागुन २२ वा २३ गते संसद अधिवेशन बेलाउन सिफारिस गर्ने तयारीमा ओली सरकार
फागुन २२ वा २३ गते संसद अधिवेशन बेलाउन सिफारिस गर्ने तयारीमा ओली सरकार
  • २०७४ माघ २९, ०८: ४०: २०

नयाँ बिकल्प, काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी फागुन २२ वा २३ गतेभित्रै संसद अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने...

चिनियाँ र भारतीय राजदूतले भेटे कांग्रेस सभापति देउवालाई
चिनियाँ र भारतीय राजदूतले भेटे कांग्रेस सभापति देउवालाई
  • २०७४ माघ २९, ०८: ४०: २०

नयाँ बिकल्पकाठमाडौँ – प्रतिनिधि सभा पुनःस्थापना भएपछि नयाँ सरकार गठनको चर्चा चलिरहेका बेला नेपालको उत्तरी छिमेकी देश चीन र दक्षिणी...

मस्तिष्क पक्षघात भएका जोशीको शल्यक्रिया गरी एमआइसीयूमा उपचार हुँदै, अवस्था गम्भीर
मस्तिष्क पक्षघात भएका जोशीको शल्यक्रिया गरी एमआइसीयूमा उपचार हुँदै, अवस्था गम्भीर
  • २०७४ माघ २९, ०८: ४०: २०

नयाँ बिकल्प,काठमाडौं – शुक्रबार राति नै अस्वस्थ भई बीर अस्पताल लगिएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री नविन्द्रराज जोशीलाई...

भर्खरै

TOP