May 13, 2021, Thursday

७ बैशाखमा आउँदै सुपर गोर्खे

काठमाडौं । नयाँ वर्ष २०७५ को अबसर पारेर आगामी ७ बैशाखबाट चलचित्र सुपर गोर्खे रिलिज हुने भएको छ । फागुनमा रिलिज हुने भनिए प िसमयमा फिल्म तयार नभएपछि बैशाखमा सार्नु परेको निर्माण पक्षले जनाएको छ । यो चलचित्रका नायिका ऋचा सिंह ठकुरी हुन् । फिल्मलाई पनि उनले नै निर्माण गरेकी हुन् । यो फिल्ममा सुरजसिंह ठकुरी मुख्य नायक रहेका छन् ।

नेपालसँगै अष्ट्रेलियामा पनि सुपर गोर्खे लाग्ने मिति तय भएको ऋचाले बताइन् । त्यहाँ रहेका नेपालीमाझ अप्रिल ८ तारिखमा फिल्मलाई देखाइने ऋचाको भनाई छ । सुपर गोर्खे लाई राज थापाले निर्देशन गरेकाहुन् । फिल्ममा ऋचा सहित सुरज सिंह ठकुरी, निराजन लुईंटेल, भुपेन्द्र खत्रीलगायत कलाकारहरुको अभिनय रहेको छ । जसमा चन्द्र पन्तको द्धन्द्ध निर्देशन तथा तारा प्रकाश लिम्बु र शालिक दुलालको संगीत छ । किरण माइकलको लेखन, राज थापाको कथा रहेको सुपर गोर्खेलाई सौरभ लामाले खिचेका हुन् ।

सम्बन्धित समाचार

‘माया बैगुनी’ नामक भिडियो सार्वजनिक
‘माया बैगुनी’ नामक भिडियो सार्वजनिक
  • २०७४ माघ २९, ०९: १४: ५२

काठमाडौं । न्युयोर्क निवासी गायिका उर्मिला लाम्गादेले ‘मायाँ बैगुनी’ नयाँ म्युजिक भिडियो सार्वजनिक गरेकी छिन् ।उक्त गीतमा बसन्त सापकोटाको शब्द,...

‘फिदा’ बोलको म्युजिक भिडियो सार्वजनिक
‘फिदा’ बोलको म्युजिक भिडियो सार्वजनिक
  • २०७४ माघ २९, ०९: १४: ५२

काठमाडौँ । गीतकार सुमन योञ्जनको शब्द, गायिका दिपा लामा र गायक सुमन केसीको युगल स्वरमा रहेको ‘फिदा’ बोलको म्युजिक भिडियो...

डिजिटल बजारमा ‘मैना’
डिजिटल बजारमा ‘मैना’
  • २०७४ माघ २९, ०९: १४: ५२

काठमाडौं–प्रतिभाशाली युवा कलाकार बिज्ञान र मोडेल गरिमा शर्माको दमदार अभिनय रहेको बिल्कुलै नयाँ म्युजिक भिडियो ‘ुमैना’ डिजिटल बजारमा सार्वजनिक भएको...

भर्खरै

TOP