May 14, 2021, Friday

नेशनल लाइफ इन्स्योरेन्सको शाखा विस्तार

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सले काठमाडौंको न्यूरोडमा शाखा विस्तार गरेको छ । बिमा समितिका अध्यक्ष चिरञ्जिवी चापागाईंले नयाँ शाखाको बुधबार उदघाटन गरेका छन् ।

शाखा उद्घाटन कार्यक्रममा कम्पनीकी अध्यक्ष प्रेमा राज्य लक्ष्मी सिंहले कम्पनीको व्यवसाय बृद्धि गर्ने क्रममा न्यूरोड क्षेत्रका ग्राहकहरुलाई सेवा विस्तारमा सहयोग पु¥याउने प्रयोजनको लागि नयाँ शाखा खोलिएको उल्लेख गरीन् ।

कम्पनीको व्यवसाय सन्तोषजनक रहेको र चालु वर्षको पहिलो ६ महिनामा २ अर्ब ४३ करोड रुपैयाँ बराबर प्रिमियम आर्जन भएको भन्दै उनले कम्पनीको जारी बीमालेख संख्या ८ लाख नाघेको र बीमितहरुको लागि ६१– ८० को उच्चतम बोनस दर कायम गर्न सफल रहेको उनले बताईन् ।

कार्यक्रममा बीमा समितिको अध्यक्ष चापागाईँले समग्रमा हेर्दा कम्पनीको लगानी र जीवन बीमा कोषको स्थिति राम्रो रहेको र कम्पनीको प्रस्तावित ६० प्रतिशत हकप्रद शेयर जारी भएपछि २०७५ साल असार मसान्त भित्र चुक्ता पूजी २ अर्ब रुपैयाँ पुग्ने विश्वास व्यक्त गरे ।

चापागाईँले यस क्षेत्रमा बीमालेख व्यतित हुने समस्या (ल्याप्स रेसियो)बारे सुधार गर्नु पर्ने स्थिति रहेको र यसको लागि अभिकर्ता र कर्मचारीलाई राम्रोसँग तालिम दिन आवश्यक रहेको बताए । गुणस्तरीय जनशक्तिको व्यवस्था गर्न बीमाको उच्चस्तरीय पढाईको लागि छलफल भैरहेको र यसका साथै सम्पूर्ण बीमा कम्पनीहरुको संयुक्त प्रयासमा एउटा तालिम प्रदान गर्ने संस्थाको व्यवस्था गर्ने प्रयास भैरहेको पनि जानकारी दिए ।

सम्बन्धित समाचार

सेनाको हेलिकोप्टरले कोरोना संक्रमित नबोक्दा निजीले अकुत असुल्दै, सरकार किन मौन ?
सेनाको हेलिकोप्टरले कोरोना संक्रमित नबोक्दा निजीले अकुत असुल्दै, सरकार किन मौन ?
  • २०७४ माघ २९, ०९: ४८: २२

नयाँ बिकल्प,काठमाडौं । कोरोना संक्रमितको संख्या ग्रामिण क्षेत्रमा समेत बढ्दै जाँदा लकडाउनले यातायातको साधन नपाएका बिरामीबाट निजी क्षेत्रका हेलिकप्टर कम्पनीले...

जुम्लामा साना जलविद्युत प्लान्ट पुननिर्माणको उद्घाटन, भारतीय सरकारको २ करोड ६३ लाख सहयोग
जुम्लामा साना जलविद्युत प्लान्ट पुननिर्माणको उद्घाटन, भारतीय सरकारको २ करोड ६३ लाख सहयोग
  • २०७४ माघ २९, ०९: ४८: २२

नयाँ बिकल्प,काठमाडौं – कर्णाली प्रदेशको जुम्ला जिल्लास्थित चन्दननाथ नगरपालिकामा साना जलविद्युत प्लान्टको पुनस्र्थापना कार्य सम्पन्न भएको छ । भारत सरकारको...

अध्यागमन विभागले दुःख दिन थालेपछि नेपाल छाड्ने तयारीमा बैदेशिक लगानीकर्ता
अध्यागमन विभागले दुःख दिन थालेपछि नेपाल छाड्ने तयारीमा बैदेशिक लगानीकर्ता
  • २०७४ माघ २९, ०९: ४८: २२

काठमाडौं । मुलुकले बढ्दो बैदेशीक व्यापार घाटा र बेरोजगारी समस्या भोग्दै आएकाले त्यसको न्यूनीकरण गर्न सरकारले वैदेशिक लगानी भित्र्याउन प्राथमिकता...

भर्खरै

TOP