May 18, 2021, Tuesday

आन्तरिक कलहले थलिएको कांग्रेस अब कसरी अगाडि बढ्ला ?

नयाँ सरकार गठन भएसँगै नेपाली काग्रेस अब प्रतिपक्षमा बस्ने भएको छ । २००७ साल पछिको ईतिहासमा धेरै पटक सत्ताामा बसेको कांग्रेसले अब प्रतिक्षमा सशक्त भूमिका खेल्नुपर्ने भएको छ । गुटउपगुटमा ग्रस्त भएकै कारण सबै चरणको निर्वाचनमा ठूलो हार ब्यहोरेको कांग्रेसलाई अब पार्टी सुदृढिकरण गर्दै सरकारलाई जनउत्तरदायी बनाउन प्रतिपक्षको महत्पूर्ण जिम्मेवारी बहन गर्नुपर्ने समय आएको छ ।

नेपालको राजनीतिक ईतिहासमा लामो संघर्ष र अग्रणी भूमिका निर्वाह गर्दै आएको कांग्रेस यतिबेला ओझेलमा परेको छ । तीनै तहको चुनावमा व्यहोर्नु परेको पराजयको समिक्षा समेत गर्न नसकेको कांग्रेसले अब सत्ता पक्षलाई जिम्मेवार बनाउन कसरी प्रस्तुत हुन्छ भन्ने प्रश्न उठेको छ । कांग्रेसलाई पहिलो पार्टीबाट दोस्रोमा खुम्चिनु परेको पीडा पनि छ । पीडालाई अवसरमा बदल्न ठुलो मेहनतको जरुरी हुन्छ । तर कांग्रेसले न पीडा भएको बोध गरेका छन् न त पीडालाई अवसरका रुपमा लिनुपर्छ भन्ने सोच नै बनाएको देखिन्छ ।

यति ठुलो पीडा हुँदाहुदै पनि नेतृत्व किन मौन छ ? कार्यकर्ता नै आश्चर्यचकितमा परेका छन् । अनपेक्षित चुनावी परिणाम कसरी आयो ? यो सबै कांग्रेसजनलाई अवगतै छ । कांग्रेसले कांग्रेसलाई नै हराएको उनीहरु स्वीकार्छन । यस्तो गम्भिर सवालमा नेतृत्व मौन बस्नु अर्काे गम्भिर प्रश्न हो । युवा नेताहरुले नेतृत्व परिवर्तनदेखि पार्टी सुदृढिकरण सम्मका आवाज नउठाएका पनि हैनन् ।

यसमा अझै पनि युवा नेताहरुको भूमिका सशक्त देखिएन । नेतृत्व परिवर्तन गर्दै पार्टीलाई सुदृढिकरण गर्न भनेर नेता चन्द्र भण्डारीको संयोजकत्वमा गठित भएको समूहले शुरुमा निकै चुरीफुरी देखाएपनि अहिले सेलाएको छ । पहिलो पार्टीबाट दोस्रोमा पार्टी खुम्चिनुपर्दा समेत पार्टी सभापति शेरबहादुर देउवाले आवश्यक पहलकदमी लिन नसकेको कार्याकर्ताहरु बताउँछन् । आफुले नेतृत्व सम्हालेको पार्टीले यति ठुलो हार व्यहोर्नु पर्दा समेत देउवा चुईक्क नबोल्नुले उनको नेतृत्व क्षमताको पर्दाफास भएको जानकारहरु बताउँछन् ।

चुनावी हारको समिक्षा गर्दा आफ्नो बढी आलोचना हुने र आपूm शक्तिविहिन अवस्थामा पुग्ने मनोत्रासले उनी चूपचाप बसेको स्रोतको दाबी छ । कांग्रेसमा मुख्यरुपमा देउवा गुट, रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौलाको गुट रहेको प्रत्यक्ष रुपमा देखिएको भएता पनि भित्रभित्रै उपगुटहरु नसल्बलाएका होइनन् । टिकट वितरणदेखि लिएर पदीय भागबण्ड खोज्नेहरु पनि मुखमा बुझो लाएर बसिरहेका छन् । यसविषयमा सवाल उठाए आँफै फस्ने डरले शिर्ष तहका नेता नै तैचुपमैचुप भएको स्रोतको दाबी छ ।

तर कांग्रेसले घाउ लुकाएर गम्भिर गल्ति गरिरहेको छ । उसले यस अवस्थमा समस्याको समिक्षा गर्दै समाधानतर्फ अघि बढ्ने बेला हो । कुनै पनि नेताले अहिलेसम्म सबैलाई समेट्दै अगाडि बढ्ने छाँटकाँट नै देखाएका छैनन् । विशेष गरी आन्तरिक कलहका कारण थला परेको कांग्रेलाई उपचार गर्न कसैको पनि ध्यान पुगेको देखिदैन ।

सबै चुनावी परिणामको तितो यथार्थलाई आत्मसाथ गर्दै कांग्रेसले जनहितमा हुने गरी सरकारलाई जवफदेही बनाउनुपर्ने महत्वपूर्ण जिम्मेवारी पाएको छ । केन्द्रदेखि लिएर सातै प्रदेशमा प्रतिपक्षमा बस्ने निश्चित भएको कांग्रेसको भूमिका सशक्त हुन आवश्यक छ । मुलुकको ठुलो प्रजातान्त्रिक पार्टीले सरकारलाई अधिनायकवाद हुनबाट रोकेर प्रजातान्त्रीक बाटोमा हिडाउन सक्नुपर्छ । पछिल्ला विकसित राजनीतिक घट्नाक्रमबाट कांग्रेस कसरी अगाडि बड्छ भन्ने कुरा पर्ख र हेरको अवस्थामा रहेको छ ।

सम्बन्धित समाचार

बुटवलमा थप चारजना कोरोना संक्रमितको मत्यु
बुटवलमा थप चारजना कोरोना संक्रमितको मत्यु
  • २०७४ फाल्गुन ७, ०५: ५६: २८

नयाँ विकल्पबुटबल- लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत चारजना कोरोना संक्रमितको मृत्यु भएको छ । चार जनामध्ये तीनजना रुपन्देहीका र एकजना अर्घाखांचीका...

भारतले बनाएको कोरोना विरूद्धकाे औषधि के हाे ?
भारतले बनाएको कोरोना विरूद्धकाे औषधि के हाे ?
  • २०७४ फाल्गुन ७, ०५: ५६: २८

नयाँ विकल्प, काठमाडाैं- भारतका रक्षामन्त्री राजनाथ सिंह र स्वास्थ्य मन्त्री हर्ष वर्द्धनले सोमबार भारतमा उत्पादित कोभिड विरुद्धको औषधि टु–डिजी अर्थात्...

कोरोना संक्रमणबाट सप्तकोशी नगरपालिकाकी उपमेयर चाैधरीको निधन
कोरोना संक्रमणबाट सप्तकोशी नगरपालिकाकी उपमेयर चाैधरीको निधन
  • २०७४ फाल्गुन ७, ०५: ५६: २८

नयाँ विकल्प, काठमाडाैं-सप्तरीको सप्तकोशी नगरपालिकाकी उपप्रमुख आशा चौधरीको कोरोना संक्रमणले मृत्यु भएको छ। विराटनगरस्थित विराट नर्सिङहोममा उपचाररत उनको अस्पतालमै आज...

भर्खरै

TOP