May 18, 2021, Tuesday

अहिलेनै संविधान संशोधन हुँदैन्ः मन्त्री पण्डित

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री के.पी ओलीले पहिलो चरणमा ३ सदस्यीय मन्त्रीमण्डल विस्तार गरेका छन् । जसअनुसार दोस्रो संविधान सभाबाट निर्वाचित भएर आएका लालबाबु पण्डित यस भन्दा अगाडी बनेको सरकारको पालमा सामान्य प्रशासन मन्त्री बनाईएको थियो । उतिबेला सामान्य प्रशासन मन्त्रालय अन्तर्गत सरकारी कर्मचारीहरुले जागीर खाँदै डि.भी.बाट अमेरिका जाने र पि.आर. पाइसकेकाहरुलाई जागिरबाट हटाउने निर्णय गर्नासाथ कर्मचारीतन्त्रमा हंगामा पैmलिएको थियो ।

कर्मचराी तथा सुरक्षा केही कर्मचारीहरुको भागाभाग भएर कतिले जागीर छोडेर हिंड्नुपर्ने अवस्था सिर्जना भएको थियो । त्यसपछि एकाएक चर्चामा आएका लालबाबु पण्डित यस पटक पनि पहिलो रोजाइँमा परेका छन् । हाल उनलाई जनसंख्या तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिएको छ । त्यसैगरी राष्ट्रियसभाबाट निर्वाचित थममाया थापालाई महिला तथा बालबालिका र समाजकल्याण मन्त्रीको जिम्मेवारी दिएको छ ।
मन्त्री भएपश्चात पहिलो पटक सार्वजनिक कार्यक्रममा बोल्दै मन्त्री पण्डितले देउवा सरकारले गरेको निर्णय उल्टाउने र मधेशवादीहरुले राख्दै आएको संविधान संशोधन प्रस्ताव पनि तत्कालै नहुने भन्ने अभिव्यक्ति दिएका छन् ।

मधेशवादी दललाई पनि सरकारमा ल्याउने प्रयास एमालेभित्र भइरहेको बेला मन्त्री पण्डितको जवाफले अब मधेशवादी दलहरु यो सरकारमा सहभागी नहुने परिस्थिति निर्माण भएको देखिन्छ । बहुमत वामपन्थीहरुको भएता पनि यस अगाडि उप्रेन्द्र यादवको पार्टीलाई सरकारमा ल्याउन एमालेका शिर्ष नेताहरुले नै पहल गरिरहेका थिए । मन्त्री पण्डितको यो जवाफले अब मधेशवादीको माग पूरा नहुने भएको छ । जसले गर्दा सरकारमा जान खुट्टा उचालिरहेका मधेशवादी केही दलका नेताहरु आक्रोशित हुने देखिन्छ । विस्तृत विवरण पृष्ठ ७ मा

सम्बन्धित समाचार

बुटवलमा थप चारजना कोरोना संक्रमितको मत्यु
बुटवलमा थप चारजना कोरोना संक्रमितको मत्यु
  • २०७४ फाल्गुन ७, ०५: ५७: ५३

नयाँ विकल्पबुटबल- लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत चारजना कोरोना संक्रमितको मृत्यु भएको छ । चार जनामध्ये तीनजना रुपन्देहीका र एकजना अर्घाखांचीका...

भारतले बनाएको कोरोना विरूद्धकाे औषधि के हाे ?
भारतले बनाएको कोरोना विरूद्धकाे औषधि के हाे ?
  • २०७४ फाल्गुन ७, ०५: ५७: ५३

नयाँ विकल्प, काठमाडाैं- भारतका रक्षामन्त्री राजनाथ सिंह र स्वास्थ्य मन्त्री हर्ष वर्द्धनले सोमबार भारतमा उत्पादित कोभिड विरुद्धको औषधि टु–डिजी अर्थात्...

कोरोना संक्रमणबाट सप्तकोशी नगरपालिकाकी उपमेयर चाैधरीको निधन
कोरोना संक्रमणबाट सप्तकोशी नगरपालिकाकी उपमेयर चाैधरीको निधन
  • २०७४ फाल्गुन ७, ०५: ५७: ५३

नयाँ विकल्प, काठमाडाैं-सप्तरीको सप्तकोशी नगरपालिकाकी उपप्रमुख आशा चौधरीको कोरोना संक्रमणले मृत्यु भएको छ। विराटनगरस्थित विराट नर्सिङहोममा उपचाररत उनको अस्पतालमै आज...

भर्खरै

TOP