May 14, 2021, Friday

राष्ट्रपतिद्वारा संविधान उल्लंघनः कांग्रेस

नेपाली कांग्रेसको आईतबार बसेको केन्द्रीय समितिको बैठकले राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको उल्लंघन गरेको ठहर गरेको छ । शेरबहादुर देउवा नेतृत्वको सरकारले राष्ट्रियसभा सदस्यका लागि सिफारिस गरेका तीन सदस्यलाई राष्ट्रपति भण्डारीले मनोनित नगर्नुले संविधानको ठाडो उल्लंघन भएको ठहर गरेको हो ।

निर्वाचन प्रयोजनका लागि गठन भएको सरकारले सबै तहको निर्वाचन सम्पन्न गरेर राष्ट्रिय सभा सदस्यमा ५६ जना चयन गरिसकेको र राष्ट्रियसभालाई पूर्णता दिन ३ सदस्य सिफारिस गरेकोमा राष्ट्रपति भण्डारीले मनोनित नगरेकोमा बैठकले घोर भत्र्सना गरेको छ ।

देउवा सरकारले सिफारिस गरेको सदस्यलाई मनोनित गर्न आलटाल गरेको राष्ट्रपति भण्डारीले केपी ओली सरकारले सिफारिस गरेको तीन सदस्यलाई तत्कालै मनोनित गरेपछि राष्ट्रपति भण्डारीको कांग्रेसभित्र तिव्र आलोचना भईरहेको छ । राष्ट्रियसभामा राष्ट्रपति भण्डारीले झापाका डा युवराज खतिवडा, मकवानपुरका रामनारायण बिडारी र मोरङकी डा विमला पौड्याललाई मनोनित गरेकी छन् । देउवा नेतृत्वको सरकारले राष्ट्रियसभाका लागि गोपाल बस्नेत, चाँदनी जोशी र कृष्ण पौडेललाई सिफारिस गरेको थियो ।

आफुहरुलाई असंवैधानिक रुपमा मनोनित नगरेको भन्दै तिनै जनाले सर्वाेच्च अदालतमा मुद्धा दायर गरेका छन् । हाल मनोनित भएकाहरुको सपथ ग्रहण नभएकाले मुद्धाको फैसला नभएसम्म सपथ ग्रहण रोक्न अन्तरिम आदेश समेत माग गरेका छन् । यसैबीच बैठकमा सभापति देउवाले तीनै तहको निर्वाचनको गम्भीर समिक्षा गरेर प्राप्त निष्कर्ष बमोजिम पार्टीलाई अघि बढाउने सन्दर्भमा आगामी बैठक मार्फत निर्णय गरिने बताएका छन् ।

कांग्रेसको बैठकले संसदीय दलको संशोधित विधान अनुमोदन गरेको छ भने दलको नेता चयनका लागि तीन सदस्यीय निर्वाचन समिति बनाएको छ । चीनकाजी श्रेष्ठ संयोजक रहेको समितिको सदस्यमा भीष्मराज आङ्दाम्बे र नवीन्द्रराज जोशी रहेका छन् । कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा स्वभाविक उम्मेदवार छन् किनकि देउवा पक्षमा बलियो बहुमत देखिएको छ भने पूर्वमहामन्त्री प्रकाशमान सिंहले पनि उम्मेदवारी दिने बताएता पनि सिंहको पक्षमा निकै झिनो मत देखिन्छ । उता महामन्त्री डा. शशांक कोइराला भने अहिलेसम्म कांग्रेसभित्रको राजनीतिमा खुलेर कतै पनि देखा नपरेकाले सर्वसम्मत रुपमा भए आफू संसदीय दलको नेता बन्ने दावी गरिरहेका छन् ।

सम्बन्धित समाचार

शुक्रबार थपिए काेराेनाका ८ हजार ५२० जना नयाँ संक्रमित, २०३ को मृत्यु
शुक्रबार थपिए काेराेनाका ८ हजार ५२० जना नयाँ संक्रमित, २०३ को मृत्यु
  • २०७४ फाल्गुन १४, ०७: ३१: ५१

नयाँ विकल्प, काठमाडाैं- शुक्रबार थप ८ हजार ५२० जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४...

जसपाकाे संसदीय दलकाे नेतामा राजेन्द्र महतो चयन
जसपाकाे संसदीय दलकाे नेतामा राजेन्द्र महतो चयन
  • २०७४ फाल्गुन १४, ०७: ३१: ५१

नयाँ विकल्प, काठमाडाैं- जनता समाजवादी पार्टी (जसपा) महन्थ ठाकुर पक्षले राजेन्द्र महतोलाई संसदीय दलको नेता चयन गरेको छ । बिहीबार...

देउवाको दनक ओली वा नेपाललाई, भोट बादल कि देवकोटालाई ?
देउवाको दनक ओली वा नेपाललाई, भोट बादल कि देवकोटालाई ?
  • २०७४ फाल्गुन १४, ०७: ३१: ५१

नयाँ बिकल्प,काठमाडौं । पार्टीको आन्तरिक जीवन र बहुदलिय प्रतिष्पर्धात्मक राजनीतिमा समेत आफ्ना सहयात्री र कार्यकर्तालाई भन्दा अन्य दलका नेतासँग सम्वन्ध...

भर्खरै

TOP