May 10, 2021, Monday

बाम पार्टी एकीकरणले शहीद परिवारको बेहाल, ६०% भन्दा बढी नेता कार्यकर्ता असन्तुष्ट

एकीकृत पार्टी कांग्रेसकै बाटोमा

काठमाडौं । फरक विचारधार र एजेण्डा बोकेर हिँडेका दुई पार्टी एकीकरण गर्ने जस्तो गम्भीर विषय हल्का रुपमा लिएर शीर्ष नेतृत्वले मात्रै हस्ताक्षर गरेकोमा नेता तथा कार्यकर्ताले व्यापक असन्तुष्ट भएका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डले वान टु वान वार्ता गर्ने र त्यसैमा अन्यले ताली बजाउने हो भने भोलि कम्युनिष्ट पार्टी नै नरहने तर्क नेताहरुको छ । दुवै अध्यक्षले केन्द्रिय समितिमा समेत छलफल नगरी एक्कासी रातरात अकल्पनिय र अनुचित निर्णय गरेको आरोप कार्यकर्ताले लगाएको छ ।

६० प्रतिशत नेता कार्यकर्तालाई के हुँदैछ भन्ने समते जानकारी नगराएर नेतृत्वले आफू खुसी गरेकोमा कार्यकर्ता आक्रोशित भएका छन् । पार्टीमा अध्यक्षको जायज निर्णयलाई सम्मान गर्नु पर्ने तर छलफल नै नगरी गरिएका मनपरी निर्णयको औचित्य नहुने भन्दै दुवै दलमा आक्रोशको आवाज बलियो हुँदै गएको छ ।

माओवादीका प्रभावशाली नेताहरु गोपाल किराँती, लोकेन्द्र विष्ट र आहुतीले पार्टी पुर्नगठन गर्ने घोषणा समेत गरेका छन् । उनीहरुले माक्र्सवाद, लेनिनवाद र माओवाद पथप्रर्दशक सिद्धान्त मान्दै माओवादी केन्द्रलाई नै पुर्नगठन गर्नुपर्ने बताएका छन् । १० वर्षे जनयुद्ध र शहिदहरुको अपमान हुने गरी पार्टी एकीकरण गरेको भन्दै उनीहरुले अबदेखि प्रचण्ड आफ्नो नेता नभएको घोषणा समेत गरेका छन् । पुष्पकमल दाहाल एण्ड कम्पनीको यो दक्षिणपन्थी काण्डको भण्डाफोर गर्दै अगाडि बढ्ने घोषण समेत गर्न थालेका छन् ।

जनयुद्धबाट आएको पार्टी माओवादीले एमालेसँग गरेको सहमति पत्रमा कहीँ पनि जनयुद्ध र शहिदको बारेमा उल्लेख नगरेकोले १७ हजार जनता मारेर सामाजिक उत्थान र समानताको लागि जन्मिएको पार्टी नेकपा माओवादी भन्दै आएका प्रचण्डले अन्ततःअस्तित्व नै नरहने गरी एमालेमा विलिन गराएपछि शहिद परिवार झनै दुःखी हुन पुगेका छन् ।

यसबाट जनयुद्धका शहिद परिवारले पनि आफ्नो भूमिका र अस्तित्वबारे छलफल सुरु गरेका छन् । पार्टी एकतापछि सहिदको बलिदानीलाई अबमूल्यान हुने डर शहिद परिवारमा बढेको छ । फाल्गुन ७ गते प्रजातन्त्र दिवसको अवसर पारेर पार्टी एकीकरण गर्ने आधार पत्रमा हस्तक्षर गरेका ओली र दाहालले दुवै दलको वैचारिक सिद्धान्तलाई महाधिवेशनमा बहसमा लैजाने बताएका छन् ।

जनताको बहुदलिय जनबाद (जबज) र माओवादीको २१ शौं शताब्दिको जनबाद र माओवादकको सिद्धान्तलाई पार्टी एकीकरणको नामम स्वाह पारेको भन्दै तिव्र असन्तुष्ट चुलिएको हो । माओवादी र एमालेबीच भएको एकीकरण आधारपत्रको २ नम्बर बुँदमा पार्टी निर्देशक सिद्धान्त माओवाद र लेनिनवाद रहने उल्लेख छ । अहिलेसम्म नेकपा एमालेको निर्देशक सिद्धान्त माक्र्सवाद लेनिनवाद थियो भने माओवादी पार्टीको निर्देशक सिद्धान्त माक्र्सवाद लेनिनवाद र माओवाद थियो । तर, सात बुँदे सहमतिपत्रमा एमालेकै मार्ग निर्देशक सिद्धान्तलाई माओवादी नेताहरुले समर्थन जनाएका छन् ।

तथापि सहमतिपत्रको अर्को बुँदामा माओवाद र एक्काइशौं शताब्दिको जनवाद र बहुदलीय जनवादका विषयमा पनि छलफल चलाइने बताइएको छ । तर, महाधिवेशनसम्म जति नै छलफल चले पनि पार्टीको मार्गनिर्देशक सिद्धान्त चाहिँ एमालेकै रहने सहमतिको दोस्रो नम्बर बुँदाले किटानी गरेको छ ।

संगठनात्मक मोडालिटी
दूवै दलबीच भएको सहमतिपत्रमा एकता पछिको पार्टी अध्यक्ष को हुने भन्नेबारे उल्लेख गरेको छैन । स्रोतका अनुसार ओली र प्रचण्ड दुबै एकीकृत पार्टीको अध्यक्ष हुने भद्र सहमति भएको छ । ओली र प्रचण्ड द्वि–अध्यक्ष वा सहध्यक्ष हुने भन्नेबारे निक्र्याैल भईसकेको छैन । साथै ५ वर्षे सरकारको कार्यकालमा ३ वर्ष ओली र २ वर्ष माओवादीले सरकारको नेतृत्व गर्ने बताइएपनि सम्झौतापत्रमा त्यो उल्लेख छैन । सरकारमा हुने अध्यक्ष सेरेमोनियल अध्यक्ष र सरकार बाहिर रहेका अध्यक्ष कार्यकारी रहने चर्चा पनि चलेको थियो ।

दुवै पार्टीबाट संसदीय दलको नेतामा प्रचण्ड र ओली दुवै चयन भईसकेका छन् । यस अवस्थामा एकीकृत पार्टीको संसदीय दलको नेता को हुने गम्भीर प्रश्न उठेको छ । हाल माओवादीको केन्द्रीय समितिमा ४ हजार सदस्य छन् भने एमालेमा २ सयको हारहारीमा छन् । अब बन्ने केन्द्रीय समिति सानो आकारको हुने बताइएता पनि कुन दलबाट कति भनेर तय भईसकेको छैन । एकीकृत केन्द्रीय समितिमा माओवादीका नेताहरु ठूलो संख्यामा छाँटिने छन् ।

यसो गर्दा माओवादीका हजारौँ केन्द्रीय सदस्यहरु घटुवा हुनेछन् । एकीकृत पार्टीको संगठनात्मक डिजाईन तीन तहको बनाइने भएको छ । अध्यक्षमा ओली र प्रचण्ड दुबैजना रहनेछन् । त्यसपछि सानो आकारको स्थायी कमिटी बनाइने छ । स्थायी कमिटीभन्दा केही ठूलो आकारको पोटिब्यूरो कमिटी बनाइनेछ । पोलिटब्यूरो भन्दा मुनि केन्द्रीय कमिटी रहने बताइएको छ ।

एकता महाधिवेशन कहिले ?
आगामी एक वर्षको अवधिमा दुवैतर्फका पार्टी सदस्यहरु र देशैभरिका कमिटीहरुको समायोजन एवं अभिलेखीकरण गरिने र एक वर्षपछि एकता महाधिवशेन गरिने सहमति भएको नेताहरुले जनाएका छन् । यसबीचमा दुई दलीय कार्यदलले अन्तरिम विधान बनाउनेछ । साथै जबज र माओवाद अनि एक्काइशौं शताब्दीको जनवादको भावनालाई समेटेर राजनीतिक प्रतिवेदन तयार पारेर तलसम्म छलफलका लागि पठाइने छ । सो दस्तावेजमाथिको छलफलपछि आगामी महाधिवेशनले मार्कसवाद लेनिनवादको निर्देशक सिद्धान्तका आधारमा पार्टीको राजनीतिक कार्यदिशा निश्चित गरिने बताएका छन् ।

एकता महाधिवेशन अघि पार्टी एकीकरण सम्भव छ ?
एउटै सिद्धान्त र नीति बोकेको गिरिजा प्रसाद कोइराला नेतृत्वको तत्कालिन नेपाली कांग्रेस र शेरबहादुर देउवा नेतृत्वको नेपाली कांग्रेस प्रजातान्त्रिक एकीकरण गर्न त एकता महाधिवेशन आह्वान गरेर एकता गरिएको थियो । यहाँ एमाले र माओवादी फरक फरक विचारधार र परिस्थितिबाट आएको पार्टी हो । एमाले शान्तिपूर्ण संघर्षबाट आएको पार्टी हो भने माओवादी केन्द्र १० वर्षे जनयुद्धबाट आएको पार्टी हो । त्यो भन्दा ठूलो कुरा त बैचारिक र सैद्धान्तिक रुपमै पनि यी दूई निकै फरक छन् ।

यस्तो पूर्व र पश्चिमको अवस्थामा कसरी पार्टी एकता सम्भव हुन्छ ? राजनीतिक विश्लेशकहरुको तर्क छ । पार्टी एकता नै भएपनि एकता महाधिवेशन नभएसम्म हुनै नसक्ने दाबी गरेका छन् । यो सरासर जनतालाई अन्धो बनाइएको छ, संसारमै कहीँ यस्तो व्यवस्था छैन । कमल थापा नेतृत्वको राप्रपा र पशुपति शमशेर राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिक पार्टीबीच एकता हुँदा पनि एकता महाधिवेशन मार्फत गरिएको थियो । एमाले र माओवादीबीच कार्यगत एकता भएपनि पार्टी एकीकरण एकता महाधिवेशन अघि कानूनत ः सम्भव नभएको चर्चा शुरु भएको छ । संसारमा कहीँ पनि नभएको जात्रा देखाएर ओली र प्रचण्डले कार्यकर्ताको भावना माथि खेलबाड गरेको राजनीतिक विश्लेषकहरु बताउँछन् ।

एकीकृत पार्टी कांग्रेसकै बाटोमा
बहुदलिय प्रतिस्पर्धात्मक व्यवस्थालाई स्वीकार्दै आएको एमालेलाई कम्युनिष्ट भन्न छाडिसकेका छन् । उसले कम्युनिष्टको नाममा भोट मागेर समाजवादलाई नै अपनाएकोले एमालेलाई कन्युनिष्ट कांग्रेस भन्नेहरुको जमात पनि निकै ठूलो भईसकेको छ । समाजवादलाई खतम पारेर साम्यवाद लाद्ने बताएको माओवादीले पनि एमालेकै सिद्धान्तलाई अपनाएपछि अब नेपालबाट कम्युनिष्ट नै नरहेको स्वयं माओवादीका असन्तुष्ट नेताहरुले बताएका छन् ।

माओवादी नेता लोकेन्द्र विष्टले भनेका छन्, एकीकृत पार्टी कम्युनिष्ट विचारधाराको पार्टी होइन । यो सोसल डेमोक्रयाट हो । उनले एमाले र माओवादी केन्द्र वैचारिक रुपमा फरक थिएनन् भन्ने कुरा प्रमाणित भएको र अब आम जनतालाई पनि प्रष्ट भएको बताए । प्रचण्ड नेतृत्वको माओवादी केन्द्रको बिर्सजन भयो, उनले भने, मेरो दृष्टिकोणबाट भन्दा दुःखद् अबसान हो । दोस्रो पक्षले अब माओवादीहरु एक हुन सहज भएको छ । यसले अहिलेसम्म रहेको भ्रमको अन्त्य गरेको बताईरहेका छन् ।

सम्बन्धित समाचार

नेपाल-खनाल समुह बैठकः   ओलीलाई  विश्वासकाे मत नदिने निर्णय
नेपाल-खनाल समुह बैठकः ओलीलाई विश्वासकाे मत नदिने निर्णय
  • २०७४ फाल्गुन १४, ०७: ५५: १७

नयाँ विकल्प काठमाडाैं- प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासकाे मत लिने बैठकमा नेकपा एमालेकाे माधव कुमार नेपाल- झलनाथ खनाल समुहले बहिस्कार...

एसईई र कक्षा १२ को परीक्षा स्थगित
एसईई र कक्षा १२ को परीक्षा स्थगित
  • २०७४ फाल्गुन १४, ०७: ५५: १७

नयाँ विकल्प, काठमाडाैं-यस वर्षको एसईई र कक्षा १२ को परीक्षा स्थगित भएको छ । राष्ट्रिय परीक्षा बोर्डको सोमबार बसेको भर्चुअल...

नेपाल- खनाल समुहका सांसदहरुको बैठक सिंहदरबारमा सुरु
नेपाल- खनाल समुहका सांसदहरुको बैठक सिंहदरबारमा सुरु
  • २०७४ फाल्गुन १४, ०७: ५५: १७

नयाँ विकल्प, काठमाडाैैं- नेकपा(एमाले) माधव नेपाल–झलनाथ खनाल निकट सांसदहरुको बैठक सुरु भएको छ । संघीय संसद सचिवालय सिंहदरबारमा सुरु भएको...

भर्खरै

TOP