May 19, 2021, Wednesday

२३ चैत्रबाट आउँदै पूर्णिमाको ‘हिरोज’

काठमाडौ । नायिका पूर्णिमा लामाले चलचित्र हिरोज निर्माण गरेकी छिन् । हिरोज’को प्रदर्शन मिति तय गरिएको छ । एनबि महर्जनको निर्देशनमा बनेको फिल्म चैत्र २३ गतेदेखि देशब्यापी प्रदर्शनमा आउने निर्माता एवं अभिनेत्री पूर्णिमाले बताएकी छिन् । फिल्मको द्धन्द्ध शंकर महर्जनले निर्देशन गरेका हुन् ।
नयाँ बर्षको उपहार स्वरुप दर्शकमाझ ल्याउन लागीएको फिल्मप्रति आफू निकै आशावादी रहेको पूर्णीमाले दाबी गरिन् ।

महिला हिंसा, राजनैतिक बिकृति, बेरोजगारीको पीडा, अन्याय बिरुद्धको आवाजका साथै प्रेमकथा प्रस्तुत गरिएको बताइने फिल्ममा करिश्मा मानन्धर, जयकिसन बस्नेत, पूर्णिमा लामा, मुकेश ढकाल,संजोग राणा, दिलकृष्ण श्रेष्ठ, सहिन प्रजापति, दिनेश डिसीलगायतका कलाकारले अभिनय गरेका छन् ।

‘हिरोज’ को प्रस्तुतकर्ता लक्ष्मी लामा छिन् भने निर्मातामा युवराज लामा, शेखर लामा र संजोग राणा छन् । जयलक्ष्मी फिल्मस्को ब्यानरमा निर्मित हिरोजलाई शिब ढकाल र रामशरण उप्रेतीले खिचेका हुन् । यो फिल्म कमल राई, कबिराज गहतराज र रामजी लामीछानेको कोरियोग्राफी छ । हिरोज मनोरञ्जनका भरपुर खजानाले भरिएको निर्देशक महर्जनको दावी छ । ‘हिरोज’ को बितरण श्रीराम बालाजी फिल्म्स्का सुनील मानन्धरले गर्दैछन् ।

सम्बन्धित समाचार

‘माया बैगुनी’ नामक भिडियो सार्वजनिक
‘माया बैगुनी’ नामक भिडियो सार्वजनिक
  • २०७४ फाल्गुन १४, ०८: १३: ५५

काठमाडौं । न्युयोर्क निवासी गायिका उर्मिला लाम्गादेले ‘मायाँ बैगुनी’ नयाँ म्युजिक भिडियो सार्वजनिक गरेकी छिन् ।उक्त गीतमा बसन्त सापकोटाको शब्द,...

‘फिदा’ बोलको म्युजिक भिडियो सार्वजनिक
‘फिदा’ बोलको म्युजिक भिडियो सार्वजनिक
  • २०७४ फाल्गुन १४, ०८: १३: ५५

काठमाडौँ । गीतकार सुमन योञ्जनको शब्द, गायिका दिपा लामा र गायक सुमन केसीको युगल स्वरमा रहेको ‘फिदा’ बोलको म्युजिक भिडियो...

डिजिटल बजारमा ‘मैना’
डिजिटल बजारमा ‘मैना’
  • २०७४ फाल्गुन १४, ०८: १३: ५५

काठमाडौं–प्रतिभाशाली युवा कलाकार बिज्ञान र मोडेल गरिमा शर्माको दमदार अभिनय रहेको बिल्कुलै नयाँ म्युजिक भिडियो ‘ुमैना’ डिजिटल बजारमा सार्वजनिक भएको...

भर्खरै

TOP