May 10, 2021, Monday

पार्टीबाट पनि ‘आउट’ भए शरीफ

पाकिस्तानको सर्वाेच्च अदालतको फैसला पछि प्रधानमन्त्रीबाट राजिनामा दिएका नवाज शरीफ पार्टीको नेतृत्व समेत अयोग्य ठहरिएका छन् । सर्वाेच्चले शरीफलाई पार्टीको नेतृत्व गर्न अयोग्य ठहर गरेको हो । पार्टी अध्यक्ष पदमा रहँदा नवाज शरीफले गरेका निर्णयहरु पनि अमान्य रहेको सर्वोच्चले ठहर गरेको छ । नवाज शरीफ सत्ताधारी पाकिस्तान मुस्लिम लीग–नवाज (पीएमएल–एन) का संस्थापक हुन् ।

पार्टीको अध्यक्ष पदमा अहिले उनी छन् । सर्वोच्चले पनामा पेपर लिक्स प्रकरणमा दोषी ठहर गर्दै सरकारको नेतृत्व गर्न अयोग्य रहेको फैसला गरेपछि गत वर्ष जुलाई महिनामा नवाज शरीफले प्रधानमन्त्री पद त्यागेका थिए । तर, उनले पार्टीको नेतृत्व भने त्यागेका थिएनन् । सर्वोच्चको पछिल्लो फैसलाले आगामी महिनामा हुन लागेको संसदीय चुनावलाई लिएर अनिश्चयको वातावरण बनेको बताइएको छ ।

शरीफले आफूविरुद्ध राजनीतिक षडयन्त्र भइरहेको दावी गर्दै आएका छन् । तल्लो सदन नेशनल एसेम्ब्लीमा नवाजको पार्टीको बहुमत छ । आगामी चुनावबाट पनि संसदमा उनकै पार्टीले बहुमत ल्याउने अनुमान गरिँदै आएको बेला सर्वोच्चको पछिल्लो फैसलाले आगामी चुनावलाई लिएर अन्यौलता बढेको छ ।

सम्बन्धित समाचार

मुम्बईमा अक्सिजन ट्यांक लिक हुँदा भेन्टिलेटरमा रहेका २२ बिरामीको मृत्यु
मुम्बईमा अक्सिजन ट्यांक लिक हुँदा भेन्टिलेटरमा रहेका २२ बिरामीको मृत्यु
  • २०७४ फाल्गुन १४, ०८: २६: ५२

नयाँ विकल्प, एजेन्सी- भारतको महाराष्ट्र राज्यस्थित एक अस्पतालमा अक्सिजन ट्यांक लिक हुँदा भेन्टिलेटरमा उपचाररत् २२ जनाको मृत्यु भएको छ। नासिक...

फर्जी मतदाता बनाएर चुनाव गराउन खाेजेपछि एनआरएन अमेरिका विघटन गर्ने आईसिसिको चेतावनी
फर्जी मतदाता बनाएर चुनाव गराउन खाेजेपछि एनआरएन अमेरिका विघटन गर्ने आईसिसिको चेतावनी
  • २०७४ फाल्गुन १४, ०८: २६: ५२

नयाँ बिकल्प,काठमाडौं –गैरआवासीय नेपाली संघ राष्ट्रिय कार्यसमिति अमेरिका फेरि अप्रमाणित मतदाता तयार गरी जवर्जस्ती चुनाव गराउन खोजेपछि विघटनको संघारमा पुगेको...

महामारीबिरुद्ध लड्न भारतले ८० बढी देशमा खोप दिएको दाबी
महामारीबिरुद्ध लड्न भारतले ८० बढी देशमा खोप दिएको दाबी
  • २०७४ फाल्गुन १४, ०८: २६: ५२

नयाँ बिकल्प, काठमाडौं – विश्वभर महामारीको रुपमा फैलिएको कोभिड १९ संक्रमणको बिरुद्ध भारत सरकारले विश्वका सिंगो समुदायलाई खोप बितरण गरेको...

भर्खरै

TOP