June 21, 2021, Monday

मेरो रक्षक जीवन धन सत् गुरुदेव कृपालु

कविः माधव साधक परियार

आरती र अन्नपूर्ण सोनु माधव चार ।
ध्यानमा लागेँ बिर्सिदिएँ बाहिरी संसार ।।

चितवनको नारायणघाट तपोभूमि महा ।
ध्यानमा डुब्यौं आनन्दले मस्त भयौं त्यहाँ ।।

हामीहरु पाँच जना मनका पनि थिइन् ।
पाँच पाण्डव भयौं हामी उनले साथ दिइन् ।।

अनकन्टार जङ्गलमा सुनसान राती ।
तेत्तीस कोटी देवता नै भए हाम्रा साथी ।।

ध्यान तपस्या गर्न थाल्यौ हामी विन्द्रा वनमा ।
आनन्दले उन्माद हुन थाल्यो हाम्रो भित्री मनमा ।।

सोचेँ मैले हामी साह्रै परम भाग्यमानी ।
ब्रम्हज्ञानी आत्मज्ञानी हामी दिब्य ज्ञानी ।।

तपोभूमि बृन्दावन हो लिला गर्ने ठाउँ ।
श्रीकृष्ण र गोपिनीको धेरै के बताउँ ।।

श्रीकृष्ण र हामीहरुमा फरक छैन केही ।
नाम मात्र विभिन्न हो फरक प¥यो यही ।।

दुई हजार चौहत्तर साल फागुन १३ थियो ।
सम्झनाको क्षण यत्रालाई कविता बनाइदियो ।।

त्यो यात्रामा अनिता र सीमा पनि थिए ।
जीवन विज्ञानका मित्रहरुले सक्दो साथ दिए ।।

जीवन विज्ञानका मित्रहरु सबै थिए साथमा ।
माधवलाई महसुस भयो गुरुदेव परमात्मा ।।

जिन्दगीमा अनन्त शान्ति त्यो यात्रामा पाएँ ।
हरि गुरु चिन्तन गर्दै आँशु नै बहाएँ ।।

सत् गुरुदेव कृपालुलाई भन्छु जय जय ।
मेरो रक्षक जीवनधनले गर्नुहुन्छ दय ।।

सम्बन्धित समाचार

साहित्यमा विद्यावारिधी गर्ने पहिलो महिला डा. बानिरा गिरीको निधन
साहित्यमा विद्यावारिधी गर्ने पहिलो महिला डा. बानिरा गिरीको निधन
  • २०७४ फाल्गुन २१, ०८: ३५: २८

नयाँ बिकल्प, काठमाडौं । नेपाली साहित्यमा विद्यावारिधी गर्ने पहिलो नेपाली महिला तथा लेखिका डा. बानिरा गिरीको आइतबार राति ७५ वर्षको...

अग्रज पत्रकार आचार्यको निधन
अग्रज पत्रकार आचार्यको निधन
  • २०७४ फाल्गुन २१, ०८: ३५: २८

नयाँ बिकल्प,काठमाडौं । विगत छ दशकदेखि जनकपुरधाममा केन्द्रीत भई निरन्तर पत्रकारिता पेशामा क्रियाशिल बरिष्ट पत्रकार, लोकतान्त्रिक आन्दोलनका योद्धा माधव आचार्यको...

समालोचक सुवेदीको कोरोना संक्रमणबाट निधन
समालोचक सुवेदीको कोरोना संक्रमणबाट निधन
  • २०७४ फाल्गुन २१, ०८: ३५: २८

नयाँ बिकल्पकाठमाडौं — बरिष्ठ समालोचक राजेन्द्र प्रसाद सुवेदीको कोरोना भाइरसको संक्रमणबाट सोमबार बिहान शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा निधन भएको...

भर्खरै

TOP