May 19, 2021, Wednesday

राष्ट्रिय सेवा दलको दीक्षान्त समारोह सम्पन्न

गत साता फाल्गुन १६ गते राष्ट्रिय सेवा दलद्वारा उपत्यका भित्रका १३ वटा विद्यालयहरु सम्मिलित गराई संचालित सिनियर डिभिजन १३ औं ब्याच तालिमको दीक्षान्त समारोह राष्ट्रिय सेवा दलका प्रमुख संरक्षक एवम् कार्यक्रमका प्रमुख अतिथि प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा लगनखेल स्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा सम्पन्न भयो ।

उक्त दीक्षान्त समारोहमा काठमाण्डौं, भक्तपुर तथा ललितपुर जिल्लाका १३ विद्यालयहरुका ५४० जना छात्र÷छात्राहरुले दीक्षान्त कवाज प्रदर्शन गर्नुका साथै खुकुरी ड्रिल, तेक्वान्दो पि.टी., एरोविक्स, मास पि.टी., आईकिदो तथा सामुहिक नृत्यहरु उत्कृष्ट ढंगले प्रदर्शन गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि प्रधानमन्त्री ओलीले वार्षिक सामुहिक क्याम्पमा सर्वोत्कृष्ट हुने छात्रा सैनिक आवासीय महाविद्यालय भक्तपुरका क्याडेट बेली लामा र सर्वोत्कृष्ट छात्र सोहि महाविद्यालयका विकास खाँण ठकुरी तथा वार्षिक सामुहिक क्याम्पमा सर्वोत्कृष्ट हुने से.मु. सैनिक आवासीय महाविद्यालको “क” गुल्मको नं.१ से.मु.लाई पुरस्कार प्रदान गर्नुका साथै सर्वोत्कृष्ट छात्र÷छात्राहरुलाई दज्र्यानी चिन्ह, शिल्ड तथा प्रमाण–पत्र प्रदान गरेका थिए । त्यसैगरी उनले राष्ट्रिय सेवा दलद्वारा प्रकाशित ूऋयााभभ त्बदभि द्यययपू को समेत विमोचन गरेका हुन् । कार्यक्रमकै क्रममा उहाँले उक्त कार्यक्रमलाई सफल बनाउन योगदान पु¥याएका विद्यालयहरुलाई प्रशंसा पत्र समेत प्रदान गरिएको थियो ।

उक्त दीक्षान्त समारोहलाई सम्बोधन गर्ने क्रममा प्रमुख अतिथी सम्माननीय प्रधानमन्त्री ओलीले राष्ट्रिय सेवा दलको तालिममा छनौट भई १०० दिन अवधिको तालिम सफलतापूर्वक सम्पन्न गरी दिक्षित हुनुहुने क्याडेट छात्रछात्राहरुलाई हार्दिक बधाई दिँदै सर्वोत्कृष्ट समाजको निर्माणको लागि युवा अबस्थामा आफ्नो मनोवल उच्च राख्दै कुशल नेतृत्वको बिकास, नैतिक आचरण र अनुशासनको पालना गर्दै, आफ्नो समाज र राष्ट्रप्रतिको कर्तव्य बुझ्ने र सोलाई पुरा गर्न सबल नागरिक बन्ने कार्यमा यस तालिम फलदायी हुने विश्वास व्यक्त गरे ।

सोही क्रममा उनले नेपाली सेनाको निरन्तर प्रयासबाट सेवा दलको तालिमको दायरा भविष्यमा अझै फराकिलो र तालिमको स्तर अझै उत्कृष्ट हुंदै जानेमा आफु विश्वस्त रहेको बताए । सम्बोधनकै सिलसिलामा समस्त युवावर्गलाई राष्ट्र विकास र देशभक्तिको पाठ सिकाउने तथा विपद्को समयमा उद्धार एवं सामाजिक सेवामा समर्पित युवा तयार गर्ने अभिप्रायले सञ्चालित यस किसिमको फलदायी तालिम उत्कृष्ट रुपमा सञ्चालन गर्दै आएकोमा नेपाली सेना, स्थानिय निकाय, बिद्यार्थीहरु सहभागि गराउने बिद्यालयहरु तथा आप्mना छोरा÷छोरीहरुलाई तालिममा सहभागि गराउने अभिभावकहरुलाई धन्यवाद समेत दिए ।

उक्त अवसरमा राष्ट्रिय सेवा दलका प्रमुख सल्लाहकार मानार्थ उपरथी रमीन्द्र क्षत्री (पी.एच.डी.) ले राष्ट्रिय सेवा दलको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । सो क्रममा उनले देशभरका युवाहरूलाई समयानुकूल व्यावहारिक र वैज्ञानिक ढाँचाको तालिम दिएर ‘स्मार्ट यूथ’ बनाउने र तिनै ‘स्मार्ट यूथ’हरूको बल र विवेकका आधारमा राष्ट्रको गरिमा र विकासलाई माथि उठाउने बृहत्तर लक्ष्य हासिल गर्नका लागि राष्ट्रिय सेवा दलको थप क्षमता विस्तारको आवश्यकता रहेको कुरा बताउँदै दीक्षान्त समारोहमा गरिमामय उपस्थिति जनाउनु भएका राष्ट्रिय सेवा दलका प्रमुख संरक्षक एवम् प्रमुख अतिथि लगायत उपस्थित सम्पूर्णलाई धन्यबाद दिएका थिए ।

युवा शक्तिको महत्व तथा आवश्यकतालाई मनन गरि वि.सं.२०२२ साल कार्तिक ७ गते नेपाली सेनाको मातहतमा रहने गरि स्थापना भएको राष्ट्रिय सेवा दलले हालसम्म ३५,९६८ जना छात्र÷छात्राहरुलाई सफलतापूर्वक तालिम प्रदान गरिसकेको छ । उक्त कार्यक्रममा सह–संरक्षक तथा माननीय रक्षामन्त्री श्री ईश्वर पोखरेल, प्रधानसेनापति महारथी श्री राजेन्द्र क्षत्री, विभिन्न मन्त्रालयका सचिवहरू, रथीबृृन्दहरु, सशस्त्र प्रहरी बलका महानिरिक्षक, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक, नेपाल सरकारका अधिकृतहरु, विभिन्न विद्यालयका प्रधानाध्यापकहरू, शिक्षकहरु, संचारकर्मीलगायत अभिभावकहरुको समेत उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

भारतले बनाएको कोरोना विरूद्धकाे औषधि के हाे ?
भारतले बनाएको कोरोना विरूद्धकाे औषधि के हाे ?
  • २०७४ फाल्गुन २१, ०८: ३९: ००

नयाँ विकल्प, काठमाडाैं- भारतका रक्षामन्त्री राजनाथ सिंह र स्वास्थ्य मन्त्री हर्ष वर्द्धनले सोमबार भारतमा उत्पादित कोभिड विरुद्धको औषधि टु–डिजी अर्थात्...

पत्रकार कार्कीको उपचारको क्रममा निधन
पत्रकार कार्कीको उपचारको क्रममा निधन
  • २०७४ फाल्गुन २१, ०८: ३९: ००

नयाँ बिकल्प,ललितपुर । नेपाल प्रेस युनियन ललितपुर जिल्ला समितिका संस्थापक अध्यक्ष तथा अग्रज पत्रकार बटुकृण कार्कीको सोमबार धापाखेलस्थित समेरु अस्पतालमा...

मदन-आश्रितकाे रहस्यमय मृत्युः   गुपचुपमै विते २८ बर्ष
मदन-आश्रितकाे रहस्यमय मृत्युः गुपचुपमै विते २८ बर्ष
  • २०७४ फाल्गुन २१, ०८: ३९: ००

नयाँ विकल्प काठमाडाैं- नेपाल कम्युनिष्ट आन्दाेलनका शिखर पुरूष मदन भण्डारी तथा जिवन आश्रितकाे चितवन स्थित दासढुङ्गामा कार दुर्घटनामा मत्यु भएकाे...

भर्खरै

TOP