May 19, 2021, Wednesday

पाकिस्तानी प्रधानमन्त्री अब्बासी नेपाल आउँदै

पाकिस्तानका प्रधानमन्त्री शाहीद खाकान अब्बासी आज नेपाल आउदै छन् । अब्बासी दुई दिने नेपाल भ्रमणमा आउन लागेका हुन् । अब्बासी प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाइ दिन नेपाल आउन लागेको बालुवाटार स्रोतले जनाएको छ । दुई दिने नेपाल बसाइका क्रममा प्रधानमन्त्री अब्बासीले उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । लामो समय पछि नेपालले स्थायी सरकार पाउने भएपछि अन्तराष्ट्रिय समुदायले पनि निकै महत्वका साथ हेरिरहेका छन् ।

काठमाडौंस्थित पाकिस्तानी दूतावासले प्रधानमन्त्री अब्बासी नेपाल आउन लागेको पुष्टि गरेको छ । दक्षिण एसियलाी सहयोग संगठन (सार्क) को अध्यक्षताका रुची देखाएको पाकिस्तानका प्रधानमन्त्री नेपाल आउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । १८ औं शिखर सम्मेलन आयोजना गरेकाले हालसम्म नेपालले सार्कको अध्यक्षता गर्दै आएको छ । अब १९औं शिखर सम्मेलन भएमा पाकिस्तानले अध्यक्षता गर्ने बताईरहेको छ ।

पाकिस्तानी प्रधानमन्त्री सहीद खाकान अब्बासी सरकारी निमन्त्रणा नभई उनी आप्mनो इच्छाले नेपाल आउन लागेको भएता पनि सार्कशिखर सम्मेलनको बैठक राख्न नेपाल सरकारका तर्फबचाट पाकिस्तानी प्रधानमन्त्रीलाई दबाब दिने बुझिएको छ । यदी पाकिस्तानमा बैठक राख्न भारतले नचाहेमा अन्य देशमा भएपनि सार्क शिखर सम्मेलनको बैठक गर्नुपर्ने जोड प्रधानमन्त्री के.पी. शर्माले दिने बुझिएको छ ।

सम्बन्धित समाचार

देश भित्रै हवाई उडान ठप्प हुँदा नेपाली बिचल्ली तर विदेशीलाई तेस्रो देश उडाउँदै सरकार
देश भित्रै हवाई उडान ठप्प हुँदा नेपाली बिचल्ली तर विदेशीलाई तेस्रो देश उडाउँदै सरकार
  • २०७४ फाल्गुन २१, ०८: ४३: ०२

नयाँ बिकल्प,काठमाडौं । कामकुरो एकातिर कुम्लो बोकी ठिमी तिर भने झैं देशमा कोरोना संक्रमणको महामारीबाट दैनिक दुई सयको हाराहारीमा नेपाली...

उपेन्द्रको असहमति हुँदाहुँदै ठाकुरले जसपा दलको नेतामा महतो नियुक्त गरे
उपेन्द्रको असहमति हुँदाहुँदै ठाकुरले जसपा दलको नेतामा महतो नियुक्त गरे
  • २०७४ फाल्गुन २१, ०८: ४३: ०२

नयाँ बिकल्प,काठमाडौं । सत्तारुढ केपी शर्मा ओली नेतृत्वको सरकारलाई बिस्वासको मत दिने र नदिने विषयमा चर्किएको विपक्षी जनता समाजबादी पार्टी...

जसपा नेतृत्व नपाए सरकारमा नजानेः ओली सरकारले बहुमत नपाउने निश्चित
जसपा नेतृत्व नपाए सरकारमा नजानेः ओली सरकारले बहुमत नपाउने निश्चित
  • २०७४ फाल्गुन २१, ०८: ४३: ०२

नयाँ बिकल्प,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गत वैशाख २७ गते प्रतिनिधि सभाबाट विश्वासको मत लिने प्रस्तावको विपक्ष र तठस्थमा...

भर्खरै

TOP