May 19, 2021, Wednesday

मुक्तिनाथको नयाँ शाखा कुलेश्वरमा

मुक्तिनाथ विकास बैंकले कुलेश्वरमा नयाँ शाखा विस्तार गरेको छ । बुधबार नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले उद्घाटन गरेका हुन् । कार्यक्रमको सभापतित्व बैंकका सञ्चालक समितिका सदस्य नारायणकुमार श्रेष्ठले गरेका थिए ।

उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत भरतराज ढकालले स्वागत मन्तव्यसहित बैंकको अवस्था र भावी योजनाका बारेमा मन्तव्य राखेका थिए भने आफ्नो मन्तव्यको क्रममा उनले मुक्तिनाथ विकास बैंकलाई वर्तमान अवस्थासम्म ल्याउन सहयोग गर्ने सम्पूर्ण सरोकारवालाहरूलाई धन्यवाद व्यक्त गरे ।

त्यसैगरी, उनले बैंकले अवलम्बन गरेको आदर्श र समावेशी वित्तीय सेवा हाल देशको आवश्यकता भएको र आगामी दिनमा उत्पादनमूलक क्षेत्रमा थप लगानी विस्तार गरी अग्रणी बैंकको रुपमा स्थापित गर्ने प्रतिबद्धता व्यत्त गरे । उक्त अवसरमा प्रमुख अतिथि दीपेन्द्रबहादुर क्षेत्रीले बैंकिङ क्षेत्रमा आफूले कार्य गर्दा सिकेका अनुभवहरूलाई आजको वित्तीय क्षेत्रको विकाससंग तुलना गर्दै देश विकासमा बैंकिङ र वित्तीय क्षेत्रको योगदानको बारेमा चर्चा गरेका थिए ।

सम्बन्धित समाचार

सेयर बजारमा अर्काे नयाँ रेकर्ड : हाइड्रोपावरमा बढी आकर्षण
सेयर बजारमा अर्काे नयाँ रेकर्ड : हाइड्रोपावरमा बढी आकर्षण
  • २०७४ फाल्गुन २१, ०९: ००: ५०

नयाँ विकल्प काठमाडौं : सेयर बजारमा सोमबार पनि उत्साह जारी छ । नेप्से सूचकका साथमा खरिदबिक्री रकममा पनि राम्रो छ...

तराई-मधेश द्रुत मार्गः  सुरूङ बनाउने ठेक्का चिनियाँ कम्पनीलाई
तराई-मधेश द्रुत मार्गः सुरूङ बनाउने ठेक्का चिनियाँ कम्पनीलाई
  • २०७४ फाल्गुन २१, ०९: ००: ५०

नयाँ विकल्प, काठमाडाैं- काठमाडौं-तराई-मधेश द्रुत मार्ग(फास्ट ट्रयाक)को सुरुङ निमार्णका लागि नेपाली सेनाले दुई चिनियाँ कम्पनीसँग सम्झौता गरेको छ। द्रुत मार्गमा...

सिंगापुर बेभरेजका शर्मालाई युरोपको विश्वविद्यालयबाट बिद्याबारिधी उपाधि
सिंगापुर बेभरेजका शर्मालाई युरोपको विश्वविद्यालयबाट बिद्याबारिधी उपाधि
  • २०७४ फाल्गुन २१, ०९: ००: ५०

नयाँ बिकल्प,काठमाडौं । फ्रान्सको पेरिसस्थित युरोपियन इन्टरनेसनल युनिभर्सिटीले सिंगापुर बेभरेजेज नेपाल प्रालिका संस्थापक तथा म्यानेजिङ डाइरेक्टर आशिष शर्मालाई इन्टरनेसनल बिजनेस...

भर्खरै

TOP