May 14, 2021, Friday

उपत्यकाको प्रदूषण कम गर्ने पहिलो दायित्व

काठमाडौं उपत्यकाको हावा यतिखेर अतिनै प्रदूषित भएको छ । १८० देशहरुमा गरिएको सर्वेक्षणले नेपालको हावा सबैभन्दा प्रदूषित भएको देखाउँछ । उपत्यकामा अहिले मापदण्ड विपरित चलाइएका सवारी साधन र निर्माण कार्यले निम्त्याएको प्रदूषणका कारण उपत्यकावासीको स्वाथ्यस्थिति दिनप्रतिदिन निकै जोखिमपूर्ण अवस्थामा पुगेको स्वयम् वातावरणमन्त्री लालबाबु पण्डितले बताए ।

जुन सरकार आए पनि भाषण र उद्घोषमै अधिक समय बिताउने र समस्याको जडसम्म नपुगी कार्यकाल समाप्त हुने गरेको अवस्थाबाट अब मुलुकले निकासा पाउने अपेक्षा गरिएको छ । यस्तो जोखिमपूर्ण अवस्थाबाट गुर्जिरहेका उपत्यकावासीलाई प्रदुषणमुक्त गर्ने काम सरकारबाट तत्काल थालनी हुन जरुरी छ । स्वयम् वातावरणमन्त्रीलेनै उपत्यकामा ठूलो जोखिम छ भनी रहँदा त्यसको उपचार के हुन सक्छ, सम्बन्धित निकायको ध्यान त्यसतर्फ जान जरुरी छ ।
हाल उपत्यकाका लगभग सबै सडक कालोपत्रे छैनन् ।

सडक चौडा पार्ने र सडकलाई व्यवस्थित बनाउन सरकारले काम सुरु गरेको पनि ४ वर्ष बितिसकेको छ । तर कहिले खानेपानी त कहिले ढल निकासाको लागि भनेर जताततै भत्काउने र छोड्ने प्रवृतिका कारण धुलोेधुँवा कम हुन नसकेको हो । उपत्यकाको चक्रपथ चौडा गर्ने कामले पछिल्लो समय तिव्रता पाए पनि पुरा नहुँदा धुलोले अत्याधिक असर पारिरहेको छ । यस्तो सार्वजनिक विषयमा संचार क्षेत्रले जति खबरदारी गरे पनि सरकारको प्राथमिकतामा पर्न भने सकेको छैन । यस्ता ठूला निर्माण कार्यमा निकै चलखेल हुने गरेको थाहा नभएको होइन ।

यद्यपी जनसरोकारका यस्ता विषयमा सरकारको ध्यान तत्काल जानु पर्ने हो । अहिले त्रिपुरेश्वर–कंलकी–नागढुंगा सडकको गाईजात्रातिर सरकारको ध्यान जान सकेको छैन । नागढुंगाबाट कंलकीसम्म आईपुग्न घण्टौं मात्र होइन दिनै बित्ने गरी यात्रुहरुको समय खेर गईरहेको छ । नागढुंगाबाट उपत्यका छिर्ने यात्रुहरुको दैनिकी अत्याधिक कष्टकर हुँदासम्म सरकार चुप लागि रहनु भनेको नेपाली जनताबाट पाएको मतको अपमान गर्नु हो । त्यसैले मुलुकमा यतिखेर वागठबन्धनको सरकारको बाहुल्यताबाट निर्माण भएको सरकारले जनताको स्वास्थ्यमा पर्ने असरबारे तत्काल उचित उपाय निकाल्न जरुरी छ ।

कम्तिमा अबका दिनमा सरकारले स्थायित्व पाउने र आफूले बोलेको कुरा गर्न भ्याउने समय भएको हुँदा जनताका समस्याको समाधान हुने अपेक्षा जनताको छ । तर वामगठबन्धनको सरकार निर्माण भएको पनि करीब ३ हप्ता बितिसक्दा पनि आन्तरिक समस्या मिलाउन नसकेर अलमल्लिएको छ । जनताको प्रत्यक्ष सरोकार रहेको विषयमा सम्बन्धीत विज्ञहरुसँग छलफल गर्नु र ठोस कदम चाल्न नसक्नु सरकारको कमजोरी हो ।

यस्ता जनसरोकारको विषयमा प्रत्यक्ष जनतासँग छलफल गरेर कसैसँग पनि राजनैतिक प्रतिसोध नलिई काम गर्न सकेको खण्डमा मात्र मुलुक र मुलुकवासीले साँच्चै नै सरकारको अनुभूति गर्लान नत्र गफ र भाषणमा मात्र विकासको र सम्वृद्धिको नारा सिमित हुनेछ । त्यसैले वामगठबन्धनका प्रधानमन्त्रीदेखि मन्त्रीहरुले चर्चामा आउन सस्तो नारा र भाषण गर्ने होइन साँच्चिकै काम गरेर देखाउने अवसर पनि हो । आन्तरिक कलह नभए अबको पाँच वर्षका लागि देश र जनताको जिम्मेवारी वामगठबन्धनको सरकारको काँधमा आएको छ । त्यसैले यसको सुरुवात काठमाडौंको वातावरण सुधारबाटै गर्न सकिन्छ । स्वासप्रस्वास सम्बन्धि रोगदेखि लिएर क्यान्सरका कारण समेत रहेको भनिएको उपत्यकाको हावाको प्रदूषण कम गर्नुनै अहिलेका प्रमुख दायित्व हो ।

सम्बन्धित समाचार

नयाँ विकल्प अब डिजिटल संस्करणमा पनि
नयाँ विकल्प अब डिजिटल संस्करणमा पनि
  • २०७४ फाल्गुन २८, ०९: ०७: ३५

काठमाडौं । नेपाली पत्रकारिताको क्षेत्रमा विगत तीन दशकदेखि अनवरत रुपमा प्रकाशित नेपालको राष्ट्रिय साप्ताहिक नयाँ विकल्प अब डिजिटल संस्करण सहित...

असारे विकासले ओझेलमा परेको विपद् व्यवस्थापन
असारे विकासले ओझेलमा परेको विपद् व्यवस्थापन
  • २०७४ फाल्गुन २८, ०९: ०७: ३५

वर्षायाम सुरु भएसँगै देशका विभिन्न स्थानहरुमा बाढी पहिरो र डुबान पनि सुरु भइसकेको छ । गत साता बिहिबारबाट भएको अबिरल वर्षाका...

नेपालमा लकडाउनको १०० दिन र विश्व बैंकको प्रतिवेदन
नेपालमा लकडाउनको १०० दिन र विश्व बैंकको प्रतिवेदन
  • २०७४ फाल्गुन २८, ०९: ०७: ३५

विश्व बैंकले गत साता प्रकाशित गरेको प्रतिवेदनको अनुसार नेपाल निम्न आय भएको मुलुकबाट निम्न मध्यम आय भएको मुलुकको सूचीमा उक्लिएको...

भर्खरै

TOP