February 26, 2021, Friday

पुननिर्माणमा महिलाको सहभागिता बढाउन जोड

ललितपुर । पुननिर्माण प्रक्रियाको अह्म हिंस्सा महिलालाई शिक्षित र सक्षम बनाउन सके पुननिर्माण प्रकृयाले गति लिने सरोकार वालाहरु बताउँछन् । अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा शुक्रबार Housing Recovery and Reconstruction Platform (HRRP) एचआरआरपीले ललितपुरमा आयोजना गरेको कार्यक्रममा उपस्थित सहभागीहरुले यस्तो प्रतिकृया दिएका छन् ।

कार्यक्रममा एचआरआरपी, हेल्भिटास मिलिजुली नेपाली, कमन फिडब्याक प्रोजेक्ट र फेडोले आ–आफ्ना संस्थाले पुननिर्माणमा महिलाहरुको भूमिकामा वृद्धि गर्न गरेका काम कारबाही बारे प्रस्तुती गरेका थिए । प्रस्तुतीको क्रममा एचआरआरपीले महिलाहरुको सहभागिता बढेपनि उनीहरुलाई अझै महिलाको आवश्यकता रहेको बतायो ।

पुननिर्माण अझै महिलामैत्री हुन नसकेकोले यसले गति लिन नसकेको संस्थाको भनाई थियो । त्यसैगरी, कमन फिडब्याक प्रोजेक्टले आएको सर्वेक्षणबाट महिलाहरुले पर्याप्त र समसामयीक सूचना नपाएका देखाएको छ । स्थानीय स्तरका महिलाहरुलाई सरकारले प्रदान गर्ने किस्ताहरु प्राप्त गर्न के–के प्रकृया पूरा गर्नुपर्छ भन्ने कुराको समेत सही जानकारी नभएको उक्त संस्थाको सर्वेक्षणले देखाउँछ । महिला डकर्मीहरुलाई तालिम दिँदै आएको हेल्भिटासले महिला डकर्मीहरुको संख्या न्यून रहेकोले उनीहरुको सहभागिता बढाउन महिला लक्षित डकर्मी तालिमहरु भूकम्प प्रभावित क्षेत्रहरुमा दिँदै आएको जानकारी दियो ।

दलित महिलाहरुको लागि काम गरिरहेको संस्था फेडोले भूकम्पले सबै महिलाहरुलाई प्रभावित बनाएको त्यसमाथि पनि दलित महिलाहरु अझ बढी प्रभावित हुन पुगेका बतायो । स्रोतमा पहुँचको कमीले दलित महिलाहरु अझ बढी प्रभावित हुन पुगेका फेडोले जनायो ।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै राष्ट्रिय पुननिर्माण प्राधिकरणका सह–सचिव नेत्र सुवेदीले पुननिर्माणमा महिला सिमान्तकृत तथा अल्प संख्यकहरुको लागि प्राधिकरणले जेसी (GESI) शाखाको स्थापना गरी काम कारबाही शुरु गरिसकेको जानकारी दिए ।

त्यसैगरी युएन वुमनबाट स्वागत मन्तव्य राख्दै पुननिर्माणमा महिला लगायत हरेक क्षेत्रको समावेशी कार्यले मात्र पुननिर्माणमा टेवा पुग्ने जनाइएको थियो । उक्त अवसरमा काभ्रेकी महिला डकर्मी, ललितपुरकी राष्ट्रिय पुननिर्मामा प्राधिकरणको कार्यालय प्रमुख, ललितपुरको सामाजिक परिचालिका लगायतले पुननिर्माणमा महिला भएर पुननिर्माणको क्रममा अनुभव गरेका विषयवस्तु साटेका थिए । कार्यक्रममा अपस्थित विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले महिला र पुरुषबीच सूचना प्राप्त गर्ने क्रममा देखिएको ‘ग्याप’ लाई कम गर्नुपर्ने बताएका थिए ।

सम्बन्धित समाचार

देउवालाई  प्रधानमन्त्रीकाे लागि प्रस्ताव गर्न  प्रचण्ड-नेपाल बुढानिलकण्ठमा  !
देउवालाई प्रधानमन्त्रीकाे लागि प्रस्ताव गर्न प्रचण्ड-नेपाल बुढानिलकण्ठमा !
  • २०७४ फाल्गुन २८, ०९: २७: १८

नयाँ विकल्पकाठमाडाैं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रचण्ड-नेपाल पक्षका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार...

२१ अंकले ओर्लियो सेयर बजार, निफ्राको मूल्यमा १० प्रतिशत गिरावट
२१ अंकले ओर्लियो सेयर बजार, निफ्राको मूल्यमा १० प्रतिशत गिरावट
  • २०७४ फाल्गुन २८, ०९: २७: १८

नयाँ विकल्पकाठमाडाैं-सेयर बजारको परिसूचक नेप्से मंगलबार २१ अंकले घटेको छ। सो अंकको गिरावटपछि परिसूचक २५८६ अंकमा कायम भएको छ। यस...

फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारीः इजरायली स्वास्थ्य मन्त्रालय
फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारीः इजरायली स्वास्थ्य मन्त्रालय
  • २०७४ फाल्गुन २८, ०९: २७: १८

नयाँ विकल्प एजेन्सी- इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले...

भर्खरै

TOP