बेलायतले २३ जना रुसी कुटनीतिज्ञलाई देश निकाला गर्ने निर्णय गरेको छ । बेलायती प्रधानमन्त्री थेरेसा मेले उक्त निर्णय गरेसँगै संयुक्त राष्ट्र संघको सुरक्षा परिषदको आपतकालीन बैठक पनि बोलाइएको थियो ।
बेलायतले रुसमाथि रासायनिक हतियारमाथि लगाइएको प्रतिबन्धको उल्लंघन गरेको आरोप लगाएको छ । बेलायतले एक हप्ताभित्र निष्कासित रुसी कुटनीतिज्ञहरुले बेलायत छाड्न निर्देशन दिएको छ ।
मार्च चारमा बेलायतमा एक रुसी जासुस र उनकी छोरीलाई रुसले विष दिएको आरोप लागेको थियो । उनीहरुको अवस्था गम्भीर थियो । उनी एक दोहोरो जासुुस भएको बताइन्छ । रुसको जासुस भनिए पनि उनी बेलायतका लागि काम गर्ने गरेका बताइन्छ ।
बेलायती प्रधानमन्त्री थेरेजा मेले बेलायतका भएका सबै रुसी सरकारी सम्पत्ति जफत गर्ने चेतावनी दिँदै अहिलेलाई रुससँगको सबै सम्वन्ध तोडिएको बताएकी छिन् । यही वर्ष रुसमा हुने विश्वकप फुटबलमा समेत बेलायती शाही परिवारका सदस्य सहभागी नहुने प्रधानमन्त्री मेले बताएकी छिन् ।
संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा बेलायती अधिकारी जोनाथन एलेनले रुसले रासायनिक हतियार प्रयोग गरेको बताएकी छिन् । युद्धमा समेत प्रयोग गर्न प्रतिबन्ध लगाइएको अमेरिकी राजदूत निकी हेलीले पनि बेलायतको समर्थन गरेकी छिन् ।
नयाँ बिकल्पकाठमाडौँ – प्रतिनिधि सभा पुनःस्थापना भएपछि नयाँ सरकार गठनको चर्चा चलिरहेका बेला नेपालको उत्तरी छिमेकी देश चीन र दक्षिणी...
नयाँ बिकल्प,काठमाडौं । प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णयसँगै दुुई समूहमा बिभाजित सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई मिलाउन...
काराकास–भेनेजुएलाले बुधबार युरोपेली युनियनका राजदूतलाई राजधानी काराकास ७२ घण्टाभित्र छाड्न आदेश दिएको छ । युरोपेली युनियनले भेनेजुएला विरुद्ध प्रतिबन्धको घोषणा...