May 14, 2021, Friday

सुरक्षित आकाशको अपेक्षा

विश्वमा सबैभन्दा छिटो र विश्वासिलो विमानको यात्रा भएको हुँदा जुनसुकै राष्ट्रबाट उडान भर्ने विमानहरु अति संवेदनशील तरिकाबाट सञ्चालन भएका हुन्छन् । हवाई यात्रा गर्दा जो कोही पनि आफुलाई सुरक्षित यात्राको महसुस गरिराखेका हुन्छन३ । तर यसरी पटकपटक विमान दुर्घटना हुँदा विश्वभरी यात्रा गरिरहने जो कोहीलाई पनि डर र त्रास उब्जनु स्वभाविक नै हो ।

यस्तै भयो नेपाली आकाशमा फागुन २८ गते दिउँसो २ बजे त्यस दिन त्रिभुवन विमानस्थलमा यू.एस. बंगाल विमान दुर्घटनामा उक्त विमानबाट नेपाल आएका स्वदेशी तथा विदेशी गरी ५१ जनाको ज्यान गयो । बंगला देशको ढाकाबाट काठमाडौंको लागि उडेको यू.एस. बंगला एयरलाइन्सको विमान त्रिभुवन विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटना हुँदा नेपाली आकाश माथि गम्भीर प्रश्न उठेको छ ।

जुन विमानमा ७१ जन यात्रु रहेकोमा ५१ जनाको ज्यान गएको र अन्य बल्लबल्ल बाँचेको हुँदा नेपाली आकाश तथा विमानस्थलको सुरक्षालाई विषेश चुनौति थपिएको छ । नेपाली आकाशमा आएको अन्तर्राष्ट्रिय जगतका जुनसुकै विमानहरुलाई सुरक्षित अवतरण गराई यात्रुको सुरक्षार्थ तैनाथ नागरिक उड्डयन प्राधिकरण शंकाको घेरामा परेको छ ।

ढाकाबाट आएको उक्त विमानले त्रिभुवन विमानस्थलको धावनमार्गमा जर्बजस्ती अवतरण गर्दा जुन किसिमको क्षति बंगलादेश विमानले व्यहोर्नुप¥यो त्यसले बंगलादेशलाई मात्र दःुखी बनाएन् सारा विश्वलाई नै स्तब्ध बनायो । किनकी उक्त विमानबाट डाक्टरहरु आफ्नो अध्ययन पूरा गरेर नेपालमा टेक्नै नपाउँदै यो संसारबाट बिदा लिनुप¥यो । यस्तो संवेदनशील क्षेत्रको बारेमा सरकार र सम्बन्धित क्षेत्रको विशेष ध्यान जानुपर्दछ ।

नेपालमा यसरी ठूला जहाजहरु दुर्घटना पर्दा एक त पर्यटन क्षेत्रमा ठूलो असर पर्ने देखिन्छ भने अर्कोतर्फ अन्तर्राष्ट्रिय स्तरका विमान नेपाल नआउन सक्छन् । त्यसले गर्दा हवाई क्षेत्र निकै ठूलो मारमा पर्न जाने सक्दछ । त्यस्तै कहाली लाग्दो हवाई दुर्घटनाले नेपाली आकाश सुरक्षित छैन भन्ने अन्तर्राष्ट्रिय क्षेत्रमा प्रभाव पर्ने देखिएको हुँदा यस्तो संवेदनशीलता माथि सम्बन्धित क्षेत्रको ध्यान केन्द्रीत हुन जरुरी छ ।

सन् १९९२ मा २ वटा ठूला ठूला जहाजहरु नेपालमा दुर्घटना भए । जसअनुसार थाई एयरलाईन्सबाट नेपाल आएका ११३ जना र पाकिस्तानी विमान पि.आई.ए बाट १५७ जना, गरी २७० जनाको ज्यान गएको थियो । त्यसैगरी सन् १९९९ मा लुप्mथान्सा एयरलाईन्सको जहाज दुर्घटना हुँदा ५ जना र हाल यू.एस बंगला एयर लाईन्सबाट ५१ जनाको ज्यान गएबाट हवाई क्षेत्रमा ठूलो त्रास निम्तिएको छ । यस्ता दुर्घटनाहरुबाट अन्तर्राष्ट्रिय हवाई जगत नै नेपाली आकाशबाट विश्वस्त हुन सक्दैन ।

यसरी पटक पटक भएको विमान दुर्घटनाले नेपालको पर्यटन क्षेत्रमा निकै ठूलो असर पर्छ भने नेपाली आकाश र नेपालको विमान स्थलको विश्वास माथि अन्तर्राष्ट्रिय जगतले हेर्ने दृष्टिकोण समेत फरक पर्न जाने हुन्छ । त्यसैले अहिले हाम्रो अन्तर्राष्ट्रिय विमानस्थलको स्तर उन्नतीमा सम्बन्धित क्षेत्रको ध्यान जरुरी छ । विषेशगरी विमान दुर्घटनाका विभिन्न कारण भएता पनि अन्य विभिन्न पक्षहरु सबल बनाउन जरुरी छ । प्राविधिक कमीकमजोरी, पाईलटको कमीकमजोरी, विमानमा खराबी आदि कारण हुन सक्छन् ।

तर यी बाहेक अन्य पक्षहरु जस्तै क्ष्लतचबकतचगअतगचभ हरु बलियो बनाउन सकिन्छ । अहिले विषेशगरी नेपालको आकाशबाट जहाज अवतरण हुन निकै कठिन भएको देखिन्छ । विमानस्थलमा आन्तरिक र बाह्य उडान भर्ने जहाजहरु लाइट बाल्नु पर्ने बाध्यता र एयर ट्राफिकका कारण अन्तर्राष्ट्रिय क्षेत्रबाट नेपालको विमानस्थलमा अवतरण गर्न घण्टौंसम्म नेपाली आकाशमा होल्ड गरिरहनु पर्ने समस्या दिनानुदिन बढ्दो छ ।

त्यसले गर्दा आन्तरिक विमानस्थल र अन्तर्राष्ट्रिय विमानस्थल छुट्टाछुट्टै बनाइए पनि यो समस्या केही हदसम्म कम हुने देखिन्छ । त्यसैले नयाँ सरकारले अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नतीर ध्यान केन्द्रित गर्न सके आगामी दिनमा नेपाली आकाशप्रति हवाई यात्रु विस्वस्त हुन सक्ने आधार हुन सक्छ ।

सम्बन्धित समाचार

नयाँ विकल्प अब डिजिटल संस्करणमा पनि
नयाँ विकल्प अब डिजिटल संस्करणमा पनि
  • २०७४ चैत्र ५, ०९: १७: १०

काठमाडौं । नेपाली पत्रकारिताको क्षेत्रमा विगत तीन दशकदेखि अनवरत रुपमा प्रकाशित नेपालको राष्ट्रिय साप्ताहिक नयाँ विकल्प अब डिजिटल संस्करण सहित...

असारे विकासले ओझेलमा परेको विपद् व्यवस्थापन
असारे विकासले ओझेलमा परेको विपद् व्यवस्थापन
  • २०७४ चैत्र ५, ०९: १७: १०

वर्षायाम सुरु भएसँगै देशका विभिन्न स्थानहरुमा बाढी पहिरो र डुबान पनि सुरु भइसकेको छ । गत साता बिहिबारबाट भएको अबिरल वर्षाका...

नेपालमा लकडाउनको १०० दिन र विश्व बैंकको प्रतिवेदन
नेपालमा लकडाउनको १०० दिन र विश्व बैंकको प्रतिवेदन
  • २०७४ चैत्र ५, ०९: १७: १०

विश्व बैंकले गत साता प्रकाशित गरेको प्रतिवेदनको अनुसार नेपाल निम्न आय भएको मुलुकबाट निम्न मध्यम आय भएको मुलुकको सूचीमा उक्लिएको...

भर्खरै

TOP