May 19, 2021, Wednesday

माओवादी गाँसिदा ओली झन् कस्सिए

यसरी शक्तिशाली बन्दैछन् ओली

काठमाडौंः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सडकमा जति लोकप्रियता कमाएका छन्, त्यति नै धेरै अधिकार पार्टी र सरकारबाट आफ्नै हातमा लिइरहेका छन् । आमनेपाली नागरिकको नजर र बुझाईमा उनी प्रष्ट वक्ता, उखान तुक्का र अन्तरा मुखडा मिलाएर भाषण छाँट्न जान्ने भनेर पहिचान बनाएका छन, त्यति नैं आफ्ना विरोधी र फरक मत राख्नेहरुलाई पाखा लगाउन सीपालु देखिएका छन् ।

२०४१ सालसम्म तत्कालिन नेकपा एमालेका महासचिवद्वय सीपी मैनाली र झलनाथ खनालले केन्द्रीय सदस्यमा समेत नपत्याएका ओली त्यसयताका दिनमा यति धेरै शक्तिशाली हुँदै गएकी उनको विकल्पमा नेकपा एमालेमा रक्त सञ्चार नैं नहुने जस्तो तर्क गर्न थालिएको छ । आखिर यति धेरै शक्तिशाली र लोकप्रीय बन्न ओली किन सफल भए होलान भनेर बुझ्न जो कोहीलाई अप्ठ्यारो छैन् ।

आफूलाई संकट परेको र आवश्यकता परेको बेला सहयोग गर्ने जुनसुकै व्यक्ति होस वा कार्यकर्ता, उसलाई परिआए जस्तोसुकै सहयोग, भूमिका र जिम्मेवारी दिन पछि पर्दैनन् । त्यस्ता धेरै उदाहरण एमालेका पुराना सबै नेतालाई थाहा छ । भूक्तभोगीहरु ओलीको मन एकपटक कसैले जित्यो भने त्यो व्यक्ति जुनसुकै हालतमा पनि पद र पुरस्कृत भएरै छाड्छ भन्छन् । ओली जति राष्ट्रवादी, समान व्यवहार गर्ने र धेरै ज्ञान भएको जस्तो गरेर बुझ्ने र बुझाउने गरिन्छ त्योभन्दा बढी उनी क्षेत्रियतावादी, चाकडीवाज रुचाउने र हावादारी विचार अभिव्यक्त गर्ने नेताको रुपमा पनि परिचित छन् ।

ओली सँधै चर्चामा आइरहनुको मुख्य कारण भनेको समसामयिक बिषयवस्तु र सन्दर्भमा फरक मत राख्नु नै हो । देश संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरे पनि संघीयतालाई उतिसारो मन नपराउने ओली केन्द्रीकृत राज्य सत्ता र राज्य प्रणालीका अनुयायी नै हुन् । ओलीले आफ्ना च्याप्न र विरोधीलाई पाखा लगाउँदा समेत उनलाई च्यालेन्ज दिने वा खवरदारी गर्ने नेताहरुको शक्ति कमजोर हुँदै गएको छ ।

बारम्बार किन अवसर पाउँछ झापा ५ ले देशव्यापी संगठन भएको एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली नेताको छवि बनाएर सबै जात, धर्म र भूगोलका जनता र कार्यकर्ताको अभिभावक भएको जति छनक दिन खोज्दछन उनी त्यति नै क्षेत्रीयतावादी हुन भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ ।

मधेशकेन्द्रीत राजनीतिक दल राजपा र फोरमले ओलीलाई नश्लवादी सोच भएको व्यक्ति भनेर कुनैवेला आलोचना गर्दथे । आखिर उनको कार्यशैली र जीवनशैली जति फराकिलो, उदार र पारदर्शी छ, त्यति नै व्यवहार भने नियन्त्रित, कृपावाद र क्षेत्रियतावादी छ । त्यसको ज्वलन्त उदाहरणको रुपमा झापा जिल्लाको निर्वाचन क्षेत्र नं.५ र त्यसमा पनि दमक र गौरादह नगरपालिकाका नेता कार्यकर्ता र शुभेच्छुकले वारम्वार अवसर पाउने गरेबाट यो तथ्य छर्लङ्ग हुन्छ ।

तेह्रथुममा जन्मिएर पहिले झापाको शरणामति र पछि पृथ्वीनगर वसाईं सरेका ओली २०४८ सालदेखि दमक नगरपालिकामा बसाईंसरेका थिए । धेरै जसो भक्तपुरको बालकोटको दुई वटा महलमा बस्ने ओली गतबर्षदेखि भक्तपुरकै स्थायी वासिन्दा बनेका छन । झापाको क्षेत्र नम्वर पाँचबाट राजनीतिमा सफलता कमाएका ओलीले आफू सत्तामा जाँदा वा नजाँदा समेत यही क्षेत्रका कार्यकर्ता र शुभेच्छुकलाई मात्र अवसर दिने गरेका छन् । त्यस्ता केही पात्र जसको चर्चा यहाँ गरिन्छ ।

अग्नीप्रसाद खरेल
२०५० सालतिर काठमाडौमा वकालती पेशामा जमेका खरेलले अर्का कानुन व्यवसायी सुभाषचन्द्र नेम्वाडमार्फत २०५्९ सालदेखि राजनीतिको सिँढी चढेका हुन् । तीन दशकदेखि आफ्नो पुरानो घर गौरादह नगरपालिका कोहवरा नफर्किएका खरेलले एक दशकयता ओलीको निगाहमा अवसरै अवसर पाएका छन् । ओलीकै कृपाले २०६३ सालमा पुनस्र्थापित प्रतिनिधिसभाको सदस्य बन्ने अवसर पाएका कानुन व्यवसायी खरेलले २०६३ सालमै अन्तरिम संविधानको मस्यौदा समितिमा बस्ने अवसर पाए ।

२०६४ सालको संविधानसभाको पहिलो निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीबाट सांसद भएका खरेल दोहोरिएर २०७० सालको संविधानसभामा मन्त्रिपरिषद्को सिफारिसमा सांसद हुन पाउने एमालेका एक मात्र भाग्यमानि ठहरिए । उनै भाग्यमानी खरेल एमालेका सारा सांसदलाई उछिन्दै संसदीय दलको प्रमुख सचेतक भए । २०७२ सालमा केपी ओली नेतृत्वमा सरकार गठन हुनासाथ खरेल कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री बन्न सफल भए ।

कसैलाई खातमाथि खात कसैलाई भने पुर्पुरोमा हात भने झैं एकै व्यक्तिलाई दोहोर्याएर समानुपातिकमा सांसद नबनाउने एमालेले निर्णय गरेपछि खरेल २०७४ सालको प्रदेश र प्रतिनिधिसभा कतै पनि उम्मेदवार बन्न पाएनन् । कसै गरी पनि सांसद बन्न अवसर नपाएका खरेललाई अन्तत ओलीको कृपाबाट प्रधानमन्त्रीको कानुनी सल्लाहकारको रुपमा महान्यायाधिवक्ता बनाई छाडियो ।

डा. युवराज खतिवडा
झापाको गौरादह नगरपालिका वार्ड नं. ९ बैगुनधुराका स्थायी वासिन्दा खतिवडा नेपाल राष्ट् बैंकको डिपुटी गभर्नर नहुँदै (नवौं तहबाट) राष्ट् बैंकको गभर्नर हुन पाउने अर्का भाग्यमानी हुन् । ओलीको निर्वाचन क्षेत्रका स्थायी वासिन्दा हुनुको नाताले खतिवडाले गभर्नरको पाँचबर्षे कार्यकाल समाप्त भए पनि निवृत्त भएर बस्नु परेन ।

ओलीको कृपाले उनी ओली नेतृत्ववको सरकारमा राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बन्ने अवसर पाए । उनलाई ओली प्रधानमन्त्रीमा नियुक्त भएको पर्सीपल्टै राष्ट्यि सभाको सांसद बनाउन सिफारिस गरिएको थियो । तर सो निर्णय कार्यान्वयन नगर्न सर्वोच्चले अन्तरिम आदेश दिए पनि पछि सपथ गराउने वाटो खुला गरिदिएको थियो । पार्टीमा दुुई पटक महामसचिवमा निर्वाचित भएको इश्वर पोखरलेको बाटो छेकेर आफै अर्थमन्त्री हुन सफल खतिवडा पार्टीको केन्द्रीय तहमा नभए पनि ओलीका विश्वास पात्र हुन् ।

हिक्मत कार्की
झापाको गौरादह नगरपालिकाका स्थायी वासिन्दा कार्की एमाले अखिलको राजनीति ल क्याम्पसको स्ववियू सभापतिबाट महासचिव हुँदै अध्यक्ष हुन पाउने एमालेका कार्यकर्ता हुन् । उनलाई प्रदेशसभाको सदस्यमा उम्मेदवार मात्र बनाइएन कि एक नम्वर प्रदेशको गृह मन्त्री समेत बनाइयो ।

यूवराज दाहाल
दमकका स्थायी वासिन्दा दाहाल एमाले कार्यकर्ता होइनन् तर उनी कार्यकर्ताभन्दा कम पनि छैनन् । दमक नगरपालिकाको कार्यकारी अधिकृत भएर झण्डै डेढ दशकदेखि काम गर्दै आएका दाहाललाई नगरपालिकाबाट हटाउन दमकमा स्थानीय सबै राजनीतिक दलहरुले आन्दोलनसमेत गरेका थिए । उनै दाहाल यतिवेला प्रधानमन्त्री बनेका ओलीको निवास बालुवाटारको नीजि सचिवालयमा कार्यरत छन् ।

देवेन्द्र दाहाल
पहिले झापाको गौरादहका स्थायी वासिन्दा दाहाल पछि दमक बसाईं सरेका थिए । दाहाललाई केपी ओलीले २०५६ सालको उपनिर्वाचनमा एमालेको तर्फबाट उम्मेदवार बनाए तर उनी पराजित भए । संसदीय निर्वाचनमा पराजित दाहाललाई ओलीले झापा जिल्ला कमिटी सचिवमा उठाए तर रविन कोइरालाले पराजित गरे । ओली २०७२ मा प्रधानमन्त्री हुँदा निजी सचिवालयमा अवसर पाएका दाहाललाई ओलीले हालै सरकारद्धारा गठित एक आयोगको सदस्य बनाएका छन ।

चेतन अधिकारी
ताप्लेजुडमा जन्मिएर झापाको गौरादह बसाईं सरेको अधिकारी पत्रकारितामार्फत ओली निकट भएर विश्वास जित्ने थोरै पत्रकारहरुमा गनिनु हुन्छ । नेपाल पत्रकार महासंघको अध्यक्ष भइसकेका शिव गाउँले कुनैं अवसर नपाए पनि अधिकारीले ओली प्रधानमन्त्री हुँदा प्रेस विज्ञको अवसर पाएका थिए भने हालै प्रधानमन्त्रीमा नियुक्त भएपछि पुन सोही भूमिकामा निजी सचिवालयमा कार्यरतछन् ।

गोविन्द थापा
दमकका स्थायी वासिन्दा थापाको भूमिका ओली दमक जाँदा अघिपछि मोटरसाईकल र्याली गर्ने नै हो । उनी पार्टीको खास भूमिकामा छैनन् तर यूवा दस्ता परिचालनमा उनको भूमिकाबाट ओली प्रभावित छन्, त्यसैले ओलीले उनलाई बन्न लागेको ग्रिन इण्डष्ट्यिल पार्क निर्माण समितिको अध्यक्ष नैं बनाई दिएका छन् ।

विमला पौडेल राई
झापाको दमकमा आफन्त भएकै कारण ओलीसँग सम्वन्ध बनाएकी पौडेललाई ओलीले अघिल्लो सरकारको पालामा राष्ट्यिा योजना आयोगको सदस्य भएका थिए । उनै पौडेललाई ओलीले हालै प्रधानमन्त्री हुनासाथ राष्ट्यिसभा सदस्यमा मनोनित गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेश गरिएको थियो । उनी राष्ट्रपति विद्यादेवी भण्डारीको भनसुनमा सांसद हुन पाउने भाग्यमानी हुन् ।

डा. शीवमायाँ तुम्वाहाम्फे
तेह्रथुममा जन्मिएकी शिवमायाँ तुम्बाहाम्फे झापा गौरादहकी स्थायी वासिन्दा हुन् । विवाह गरेर मोरङको उर्लावारी स्थायी ठेगाना वताए पनि उनका माइति (दाजुु÷भाई) झापाको गौरादहमै छन् । ओली नेतृत्वको सरकारले २०७३ सालमा राजदूतमा उनको नाम सिफारिस गरेको थियो तर उनको नाम पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले फिर्ता लिएको थियो । उनै तुम्वाहाम्फे यो पटक भने प्रतिनिनिधिसभाको समानुपातिकतर्फ सांसद भएकी छन् । ओलीको जन्मिएको जिल्ला र राजनीतिक क्षेत्र भएको गौरादह भएका ओलीले तुम्वाहाम्फेलाई प्रतिनिधि सभाको उपसभामुख बनाई छाडेका छन् ।

यूवराज कार्की
झापा गौरादहका यूवराज कार्कीले भक्तपुरबाट संसदीय निर्वाचनमा प्रतिष्पर्धा गरेका थिए । ओली नेतृत्वको सरकारले गत २०७३ सालमा कार्कीको नाम राजदूतमा सिफारिस गरेको थियो । झलनाथ खनाल नेतृत्वको सरकारमा मन्त्रीको लागि मनोनित गरिएपनि उनले पद भने अश्विकार गरेका थिए ।

भेषराज अधिकारी
प्रधानमन्त्री ओलीको निर्वाचन क्षेत्र झापा ५ नम्वर क्षेत्रमा पर्ने कमल गाउँपालिकास्थित तोपगाछीका स्थायी वासिन्दा अधिकारी ओलीकै सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख स्वकिय सचिवमा दोहो¥याएर नियुक्ति पाउने भाग्यमानी हुन् ।

महेश बस्नेत
नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघमा लागेर आफूले भनेबमोजिमको जिम्मेवारी नपाएर असन्तुुष्ट बनेका भक्तपुर गुण्डुु निवासी लडाकुु स्वभावका यूवा बस्तेतको स्वभावबाट प्रभावित ओलीले युूवा संघको महासचिव भएकै अवस्थामा यूुथ फोर्स नामक लडाकु दस्ता खडा गरी माओवादीको वाईसीएल बिरुद्ध प्रतिकारमा उत्रिए पछि ओलीबाट सँधै आशिर्वाद पाएका छन् । २०७० सालको संविधानसभा सभा निर्वाचनमा भक्तपुरबाट निर्वाचन हारेपनि बस्नेतले मन्त्री हुनृ अवसर पाएका थिए ।

सम्बन्धित समाचार

देश भित्रै हवाई उडान ठप्प हुँदा नेपाली बिचल्ली तर विदेशीलाई तेस्रो देश उडाउँदै सरकार
देश भित्रै हवाई उडान ठप्प हुँदा नेपाली बिचल्ली तर विदेशीलाई तेस्रो देश उडाउँदै सरकार
  • २०७४ चैत्र १२, ०९: ११: ४१

नयाँ बिकल्प,काठमाडौं । कामकुरो एकातिर कुम्लो बोकी ठिमी तिर भने झैं देशमा कोरोना संक्रमणको महामारीबाट दैनिक दुई सयको हाराहारीमा नेपाली...

उपेन्द्रको असहमति हुँदाहुँदै ठाकुरले जसपा दलको नेतामा महतो नियुक्त गरे
उपेन्द्रको असहमति हुँदाहुँदै ठाकुरले जसपा दलको नेतामा महतो नियुक्त गरे
  • २०७४ चैत्र १२, ०९: ११: ४१

नयाँ बिकल्प,काठमाडौं । सत्तारुढ केपी शर्मा ओली नेतृत्वको सरकारलाई बिस्वासको मत दिने र नदिने विषयमा चर्किएको विपक्षी जनता समाजबादी पार्टी...

जसपा नेतृत्व नपाए सरकारमा नजानेः ओली सरकारले बहुमत नपाउने निश्चित
जसपा नेतृत्व नपाए सरकारमा नजानेः ओली सरकारले बहुमत नपाउने निश्चित
  • २०७४ चैत्र १२, ०९: ११: ४१

नयाँ बिकल्प,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गत वैशाख २७ गते प्रतिनिधि सभाबाट विश्वासको मत लिने प्रस्तावको विपक्ष र तठस्थमा...

भर्खरै

TOP