May 13, 2021, Thursday

नीति, नियम र भावी कार्यदिशा विहिन बैठकले कार्यकर्ता आक्रोसित

कांग्रेस बैठक आरोप—प्रत्यारोपमा सीमित

काठमाडौं । चुनाव सकिएको झण्डै चार महिनापछि चुनावको समीक्षा गर्न सुरु भएको नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक पार्टीले व्यहोरेको पराजयको कारण खोज्ने र आगामी दिनमा कसरी अघि बढ्ने भन्दा पनि आरोप प्रत्यारोपमै बढी केन्द्रित भएको छ । पार्टीले व्यहोरेको हारको समीक्षा गर्दै अब पार्टीको अवस्थालाई बलियो बनाएर जानुपर्नेमा केन्द्रीत हुनुपर्नेमा एकअर्काको आलोचनामै बढी केन्द्रित हुँदा बैठक अनावश्यक दिशातर्पm लम्बिरहँदा बाहिर कार्यकर्ता भने आक्रोशित हुन पुगेका छन् ।

चैत्र ९ गतेबाट सुरु बैठकमा अभैm १५ जना केन्द्रीय सदस्यहरुले आप्mनो धारणा राख्न बाँकी छ । ४१ जना केन्द्रीय सदस्यले शुक्रबारसम्म आप्mनो धारणा दिइसकेका छन् । आफ्नो धारणा राखिसकेका अधिकांश नेताहरुले पार्टी नेतृत्वको आलोचना मात्र गरेनन् नेतृत्व परिवर्तनको माग समेत राखेका छन् । केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीले नीति भन्दा नेता, संस्था भन्दा गुट र गुटभन्दा बढी गिरोह निर्णायक भएकोले पार्टीले निर्वाचनमा पराजय भोग्नुपरेको बताए ।

उनले “झुण्ड बलियो बनाउने कि पार्टी ?” भन्दै नेतृत्वलाई प्रश्न गरेका थिए । नेता केसीले पार्टीभन्दा “पार्ट” र “पार्ट” भन्दा गिरोह ठूलो मान्ने प्रवृत्तिले पार्टी कहिल्यै सुदृढ र सशक्त हुन नसक्ने धारणा व्यक्त गरेका थिए । अझै पनि जनताले कांग्रेसलाई विश्वास गरेकाले पार्टी सुधारका लागि छिटो भन्दा छिटो पहल गर्नुपर्नेमा उनले जोड दिए । बल्ल बल्ल बसेको केन्द्रीय समितिको बैठकमा आरोप प्रत्यारोप गरेर समय खेर फाल्न नहुने भन्दै बैठकलाई चिन्तनतर्पm अघि बढाउनुपर्नेमा जोड दिए । उनले भने, “यस वर्षको निर्वाचनमा पार्टीको असामान्य पराजयका कारक दोषहरुको समीक्षा सहितका समाधानको मात्र यो बैठकको औचित्य सिद्ध गर्नेछ ।”

नयाँ मतदातालाई आकर्षण र विश्वास सिर्जना गर्ने खालका गतिला कार्यक्रम दिन नसक्नु, संवैधानिक प्रावधान र संघीय संरचना अनुरुप पार्टी संगठन निर्माण गर्न नसक्नु, हचुवा र हैकमी कार्यशैलीले पार्टी संचालन हुनु, नेतृत्वको स्वेच्छाचारी गतिविधि निर्वाचनमा हारको मुख्य कारण भएको केसीको भनाई छ ।

त्यसैगरी बैठकमा नेतृत्वको बचाऊमा पनि थुप्रै स्वरहरु गुञ्जिएक थिए । केन्द्रीय सदस्य रमेश रिजालले निर्वाचनपछिको परिणामलाई लिएर नेतृत्वतर्फ मात्र औंला ठड्याउनु जायज नहुने बताए । उनले संसदीय समिति र कार्यसम्पादन समितिमा बसेर टिकट बाँड्नेहरुले पनि हारको जिम्मेवारी लिनुपर्ने बताए । पार्टी सभापति शेरबहादुर देउवाको बचाऊमा जति नै आवाज उठे पनि उनको आलोचनाका आवाज नै बुलन्द देखिन्थे । प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा नेतृत्वकै संरक्षणमा टिकट किनबेचका कारण अधिकांश उम्मेदवारले हार व्यहोर्नुपरेको भन्दै नेतृत्वको आलोचना गरिएको थियो ।

स्थानीय तहदेखि प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनसम्मको समीक्षाका लागि भन्दै गत ९ चैतबाट जारी बैठकमा नेताहरूले पक्ष–विपक्ष सहित आरोप–प्रत्यारोपको शृंखला कायम राख्दा मंगलबारको बैठक टिकट किनबेच सम्म पुगेको थियो । केन्द्रीय सदस्य धनराज गुरुङले टिकट वितरण गर्दा किनबेच भएको भन्दै छानबिन गर्नुपर्ने माग समेत गरे  ।

‘टिकट वितरणका क्रममा कमजोरी भएका छन्, किनबेच भएको भन्ने गुनासो व्यापक छ, कतैकतै लिलाम बिक्रीसमेत भयो भन्ने सुनिन्छ,’ गुरुङले बैठकमा धारणा राख्दै सत्यतथ्य बाहिर ल्याइनुपर्ने माग गरे । बैठकमा डा. रामशरण महतले टिकट वितरणका बेला आर्थिक अनियमितताका गुनासो व्यापक आएको बताए  । ‘टिकट वितरणका क्रममा साथीहरूबाट आर्थिक अनियमितताका कुराहरू व्यापक रूपमा बाहिर आएकोले छानबिन गर्नुपर्नेमा जोड दिए । उनीहरूले निर्वाचनको समयमा पैसाको चलखेल गरेर उम्मेदवार बनाइएका कारण धेरै स्थानमा जित्ने उम्मेदवारहरू हुँदाहुँदै पनि हार्नेलाई टिकट दिइएको आरोप लगाए । जारी बैठकबाटै न्यायिक समिति गठन गरेर छानबिन गर्नुपर्ने माग उनीहरूले गरेका छन्  ।

त्यसैगरी केन्द्रीय सदस्य बलबहादुर केसीले आर्थिक लेनदेनका आधारमा टिकट वितरण गरिएको भन्दै नेतृत्वको आलोचना गरेका थिए  । उता केन्द्रीय सदस्य एनपी साउदले पार्टीलाई प्राप्त परिणाममा एक जना नेतालाई मात्र दोषी देखाउन नमिल्ने भन्दै निर्वाचनपछिको परिणामबाट पार्टीलाई बलियो बनाएर जाने दिशातर्फ सोच्नुपर्ने बेला आएको बताए  । छैटौं दिनको बैठकसम्म आइपुग्दा तत्काल महासमिति बैठक बोलाएर विधान संशोधन गर्नुपर्ने माग समेत उठेको छ  । तर कांग्रेस नेता खुमबहादुर खड्काको असामहिक निधनका कारण तत्कालका लागि बैठक स्थगित गरिएको छ । शनिबार सूचना टाँस गरी बैठक स्थगित भएको जानकारी दिइएको हो ।

देशकै पहिलो पार्टी बनिराखेको कांग्रेस आप्mनै नेतृत्वमा भएका सम्पूर्ण निर्वाचनमा पराजित हुनुपर्दा पार्टी नेतृत्वको सक्षमतामाथि नै प्रश्न चिन्ह खडा भएको छ । राम्रालाई भन्दा हाम्रालाई छानी छानी टिकट दिइएको कारण यस्तो अवस्था आएको अधिकांश नेताहरुको ठम्याई छ । आप्mनो काविलियत भन्दा पनि कांग्रेसमा विद्यमान बेथिति र नेतृत्वको मनपरीका कारण कम्यूनिष्टहरुले चुनाव जितेको कांग्रेस नेताहरुको निष्कर्ष छ । १३औं महाधिवेशनपछि गुट उपगुटको पसल खोल्दै आएका अधिकांश नेताहरुलाई अभैm पनि चेत नआएको हुँदा कार्यकर्ता भने निरास हुँदै गएको अवस्था छ । निर्वाचनपछि बल्ल बल्ल बसेको केन्द्रीय समितिको बैठकमा गुट उपगुटमा कुनै कमी नआएको एक केन्द्रीय सदस्यले नयाँ विकल्प साप्ताहिकलाई बताए ।

उता सधैं जस्तो केन्द्रीय बैठक बसिरहँदा पनि कार्यालयमा उपस्थित भएका इमान्दार कार्यकर्ता भने केन्द्रीय नेताहरुसँग आक्रोशित हुँदै गएका छन् । यो आक्रोशलाई नेताहरुले सुझबुझका साथ सम्हाल्न नसके कुनै अप्रिय घटना पनि हुन सक्ने अनुमान संचारकर्मीहरुले गर्न थालेका छन् । आक्रोशित कार्यकर्तालाई साम्य पार्ने र निरास कार्यकर्तालाई उर्जाशील बनाउन केन्द्रीय समिति एक ढिक्का नभए सम्भव देखिंदैन । यसैबीच बैठकले सरकारले विभिन्न धार्मिक बिदाहरु कटौती गरेकोमा आपक्ति जनाएको छ भने हालै इयुले सरकारलाई बुझाएको प्रतिबेदनमाथि पनि इयुप्रति आक्रोस व्यक्त गर्दै सरकारलाई सचेत समेत गराएको छ ।

सम्बन्धित समाचार

सत्ता संकटमा परेपछि माधव नेपालकाे शरणमा पुगे ओली पक्षीय नेताहरू
सत्ता संकटमा परेपछि माधव नेपालकाे शरणमा पुगे ओली पक्षीय नेताहरू
  • २०७४ चैत्र १९, ०९: १०: ३७

नयाँ विकल्प, काठमाडाैं- प्रधानमन्त्री केपी शर्मा ओलीकाे सत्ता संकटमा परेपछि माधव नेपाललाइ फकाउन ओली निकट नेताहरू नेपाल निवासमा पुगेका छन्...

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा एमालेका गुरुङ पुनः मुख्यमन्त्रीमा नियुक्त
गण्डकी प्रदेशको मुख्यमन्त्रीमा एमालेका गुरुङ पुनः मुख्यमन्त्रीमा नियुक्त
  • २०७४ चैत्र १९, ०९: १०: ३७

नयाँ बिकल्प,पोखरा । गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले प्रदेश सभामा सबैभन्दा ठूलो दलको नेताको हैसियतमा एमाले संसदीय दलका नेता पृथ्वीसुब्बा...

गण्डकी प्रदेशको मुख्य मन्त्री बन्न कांग्रेसका नेपालीको दाबी, प्रदेश प्रमुखले बनाईन एमालेका गुरुङलाई
गण्डकी प्रदेशको मुख्य मन्त्री बन्न कांग्रेसका नेपालीको दाबी, प्रदेश प्रमुखले बनाईन एमालेका गुरुङलाई
  • २०७४ चैत्र १९, ०९: १०: ३७

नयाँ बिकल्प,पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीको लागि प्रदेश प्रमुख सीताकुमारी पौडेलले आव्हान गरे बमोजिम समय सीमा भित्रै तीन दलको समर्थनमा...

भर्खरै

TOP