May 14, 2021, Friday

आगोलागीमा मृत्यु भेनेजुएलामा ६८, रुसमा ३७ को मृत्यु

भेनेजुएलाको भ्यालेन्सिया शहरस्थित प्रहरी चौकीमा भएको दङ्गा र आगलागीको घटनामा कम्तीमा ६८ जनाको ज्यान गएको छ । राज्यका प्रमुख अभियोजनकर्ता तारेक साबले घटनाबारे तत्काल छानबिन शुरू गरिने जानरकाी दिए । बुधवार थुनुवाहरूले भाग्ने प्रयासमा म्याट्रेसहरूमा आगो लगाएपछि आगलागी शुरू भएको बताइएको छ भने आगलागीको खबरपछि प्रहरी चौकीको चारैतिर भेला भएका थुनुवाका आफन्तहरूलाई तितरबितर पार्न प्रहरीले अश्रु ग्यास समेत प्रहार गर्नुपरेको थियो ।

घटना भएको काराबोबोमा आगलागीको घटनापछि एक प्रहरीलाई गोली हानिएको बताइन्छ । थुनुवाका आफन्तहरूको धूँवामा निसासिएर धेरैजनाको ज्यान गएको जनाइएको छ । मृत्यु हुनेमा थुनुवाहरूलाई भेट्न पुगेका महिला तथा बालबालिका समेत रहेका बताइन्छ । त्यसैगरी, रूसको एक ब्यापारिक भवनमा आगलागी हुँदा कम्तिमा ३७ जनाको मृत्यु भएको छ ।

साइबेरियाको केमेरोफोस्थित एक शपिङ सेन्टरमा सोमबार भएको आगलागीमा थुप्रै मानिसहरु हराएका समेत थिए । विन्टर चेरी मलको चौथो तलाबाट आगो सल्किएको जनाइएको छ । भवनमा मनोरञ्जन कम्प्लेक्स, सिनेमा हललगायत रहेको भवनमा रुसको मारिनेमा धेरेजसो सिनेमा हलका दर्शक रहेको बताइएको छ ।

राजधानी मस्कोदेखि २२ सय माइल टाढा उक्त शहर कोइला उत्पादनका लागि प्रसिद्ध छ । स्थानीयबासीका अनुसार सन् २०१३ मा बनाइएको सो शपिङ मल निकै चर्चित छ । रुसको चाँच समितिले उक्त घटनालाई आपराधिक क्रियाकलाप हुनसक्ने आशंका गर्दै अनुसन्धान शुरु गरेको बीबीसीले जनाएको छ ।

सम्बन्धित समाचार

मुम्बईमा अक्सिजन ट्यांक लिक हुँदा भेन्टिलेटरमा रहेका २२ बिरामीको मृत्यु
मुम्बईमा अक्सिजन ट्यांक लिक हुँदा भेन्टिलेटरमा रहेका २२ बिरामीको मृत्यु
  • २०७४ चैत्र १९, ०९: ३९: ०६

नयाँ विकल्प, एजेन्सी- भारतको महाराष्ट्र राज्यस्थित एक अस्पतालमा अक्सिजन ट्यांक लिक हुँदा भेन्टिलेटरमा उपचाररत् २२ जनाको मृत्यु भएको छ। नासिक...

फर्जी मतदाता बनाएर चुनाव गराउन खाेजेपछि एनआरएन अमेरिका विघटन गर्ने आईसिसिको चेतावनी
फर्जी मतदाता बनाएर चुनाव गराउन खाेजेपछि एनआरएन अमेरिका विघटन गर्ने आईसिसिको चेतावनी
  • २०७४ चैत्र १९, ०९: ३९: ०६

नयाँ बिकल्प,काठमाडौं –गैरआवासीय नेपाली संघ राष्ट्रिय कार्यसमिति अमेरिका फेरि अप्रमाणित मतदाता तयार गरी जवर्जस्ती चुनाव गराउन खोजेपछि विघटनको संघारमा पुगेको...

महामारीबिरुद्ध लड्न भारतले ८० बढी देशमा खोप दिएको दाबी
महामारीबिरुद्ध लड्न भारतले ८० बढी देशमा खोप दिएको दाबी
  • २०७४ चैत्र १९, ०९: ३९: ०६

नयाँ बिकल्प, काठमाडौं – विश्वभर महामारीको रुपमा फैलिएको कोभिड १९ संक्रमणको बिरुद्ध भारत सरकारले विश्वका सिंगो समुदायलाई खोप बितरण गरेको...

भर्खरै

TOP