May 10, 2021, Monday

विन म्यिन म्यानमारका नयाँ राष्ट्रपति

म्यानमारको नयाँ राष्ट्रपतिमा विन म्यिनलाई निर्वाचित भएका छन् । गत हप्ता राष्ट्रपति टिन च्वले राजीनामा दिएपछि उनको उत्तराधिकारी छान्न बुधवार निर्वाचन भएको थियो । म्यिन सन् २०१२ देखि म्यानमारको तल्लो सदनको सभामुख थिए भने उनलाई नेतृ आङ सान सुचीको विश्वासिलो पात्रको रुपमा हेरिन्छ ।

च्वले स्वास्थको कारण राजीनामा दिएपछि संसद्ले सात दिनभित्र उनको उत्तराधिकारीको निर्वाचन गर्नुपर्ने राष्ट्रपतिको निर्वाचन गराइएको थियो ।
निर्वाचनमा तीन जना उपराष्ट्रपतिहरू प्रतिस्पर्धामा थिए ।

च्वले गत हप्ता राजीनामा दिएका थिए । राष्ट्रपति पद पाउने सङ्केतस्वरूप ६६ वर्षीय म्यिनलाई गत हप्ता नै उपराष्ट्रपति बनाइएको थियो । उनी लामो समयदेखि सू चीको नेश्नल लिग फर डेमोक्रेसी पार्टीसँग आबद्ध छन् । सू चीलाई सैनिक शासकहरूले लामो समय थुनामा राखेका थिए । उनलाई नै लक्षित गरेर म्यानमारको संविधानमा विदेशीसँगको सम्बन्धबाट सन्तान भएका नागरिकले राष्ट्रपति बन्न नपाउने प्रावधान राखिएको मानिन्छ । उनका दिवङ्गत पति ब्रिटिश थिए र उनीहरूका दुई सन्तान छन् ।

सम्बन्धित समाचार

मुम्बईमा अक्सिजन ट्यांक लिक हुँदा भेन्टिलेटरमा रहेका २२ बिरामीको मृत्यु
मुम्बईमा अक्सिजन ट्यांक लिक हुँदा भेन्टिलेटरमा रहेका २२ बिरामीको मृत्यु
  • २०७४ चैत्र १९, ०९: ४०: ४४

नयाँ विकल्प, एजेन्सी- भारतको महाराष्ट्र राज्यस्थित एक अस्पतालमा अक्सिजन ट्यांक लिक हुँदा भेन्टिलेटरमा उपचाररत् २२ जनाको मृत्यु भएको छ। नासिक...

फर्जी मतदाता बनाएर चुनाव गराउन खाेजेपछि एनआरएन अमेरिका विघटन गर्ने आईसिसिको चेतावनी
फर्जी मतदाता बनाएर चुनाव गराउन खाेजेपछि एनआरएन अमेरिका विघटन गर्ने आईसिसिको चेतावनी
  • २०७४ चैत्र १९, ०९: ४०: ४४

नयाँ बिकल्प,काठमाडौं –गैरआवासीय नेपाली संघ राष्ट्रिय कार्यसमिति अमेरिका फेरि अप्रमाणित मतदाता तयार गरी जवर्जस्ती चुनाव गराउन खोजेपछि विघटनको संघारमा पुगेको...

महामारीबिरुद्ध लड्न भारतले ८० बढी देशमा खोप दिएको दाबी
महामारीबिरुद्ध लड्न भारतले ८० बढी देशमा खोप दिएको दाबी
  • २०७४ चैत्र १९, ०९: ४०: ४४

नयाँ बिकल्प, काठमाडौं – विश्वभर महामारीको रुपमा फैलिएको कोभिड १९ संक्रमणको बिरुद्ध भारत सरकारले विश्वका सिंगो समुदायलाई खोप बितरण गरेको...

भर्खरै

TOP