May 18, 2021, Tuesday

६ वर्षपछि मलाला पाकिस्तानमा

नोबेल शान्ति पुरस्कार विजेता मलाला युसुफजाइ तालेबान लडाकुहरूले उनीमाथि गोली प्रहार गरेको ६ वर्षपछि पटक पाकिस्तान फर्केकी छिन् । हाल २० वर्ष पुगेकी युसुफजाइ शिक्षाको लागि का मगर्दै आएकी छिन् ।

बालिका शिक्षाको पक्षमा अभियान चलाएको भन्दै सन् २०१२ मा एक बन्दुकधारीले उनको टाउकोमा गोली हानेका थिए । सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै युसुफजाइको भ्रमणसम्बन्धी विस्तृत विवरण गोप्य राखिएको छ यद्यपी उनी चार दिनका लागि पाकिस्तान पुगेको बताइन्छ । युसुफजाइले प्रधानमन्त्री शाहिद खकान अब्बासीसँग भेटवार्ता गर्ने अनुमान गरिएको छ ।

कडा सुरक्षाबीच इस्लामाबादस्थित बेनजिर भुट्टो अन्तर्राष्ट्रिय विमानस्थलमा आफ्ना आमाबुबासँग उनले बिहिबार भेट गरिन् । ११ वर्षकै उमेरमा युसुफजाइले तालेबान विद्रोहीको शासनमा उत्तर–पश्चिमी पाकिस्तानमा आफ्नो जिन्दगीबारे बीबीसी उर्दूका लागि अज्ञात डायरी लेख्न शुरू गरेकी थिइन् । लडाकुहरूको दमनका माझ बालिका शिक्षाकी एक प्रखर अभियानकर्मी युसुफजाइमाथि १५ वर्षकी छँदा उनी चढेको स्कूल बसमाथि आक्रमण गरिएको थियो । त्यसपछि उनको कथा अन्तर्राष्ट्रिय स्तरमा चर्चाको विषय बनेको हो ।

उनीमाथि गोली प्रहार गरिएपछि उपचारका लागि ब्रिटेनको बर्मिङघम पु¥याइएको थियो । पछि उनको परिवार त्यहीँ बस्न थालेको हो । सन् २०१४ मा नोबेल शान्ति पुरस्कार जितेपछि युसुफजाइले अक्सफोर्ड विश्वविद्यालयमा अध्ययनसँगै शिक्षासम्बन्धी अभियान पनि जारी राखेकी छन् । सन् २०१४ मा बीबीसीसँगको एउटा अन्तर्वार्तामा उनले आफ्नो अध्ययन सकेपछि पाकिस्तानको राजनीतिमा प्रवेश गर्ने र देशको प्रधानमन्त्री बन्ने उद्देश्य राखेको बताएकी थिईन् ।

सम्बन्धित समाचार

भारतले बनाएको कोरोना विरूद्धकाे औषधि के हाे ?
भारतले बनाएको कोरोना विरूद्धकाे औषधि के हाे ?
  • २०७४ चैत्र १९, ०९: ४२: २१

नयाँ विकल्प, काठमाडाैं- भारतका रक्षामन्त्री राजनाथ सिंह र स्वास्थ्य मन्त्री हर्ष वर्द्धनले सोमबार भारतमा उत्पादित कोभिड विरुद्धको औषधि टु–डिजी अर्थात्...

जर्मनीसहित ५ देशले प्रतिवन्ध लगाए नेपालसँगको यात्रा
जर्मनीसहित ५ देशले प्रतिवन्ध लगाए नेपालसँगको यात्रा
  • २०७४ चैत्र १९, ०९: ४२: २१

नयाँ बिकल्प,काठमाडौं । नेपालमा अनियन्त्रित ढंगले बढी रहेको नयाँ किसिमको कोरोना भाइरसको संक्रमण नियन्त्रणमा आउन नसकेको भन्दै युरोपियन मुलुक जर्मनीले...

चीन सरकारले दिएका अक्सिजन सिलिण्डर ताताेपानी आइपुग्दै
चीन सरकारले दिएका अक्सिजन सिलिण्डर ताताेपानी आइपुग्दै
  • २०७४ चैत्र १९, ०९: ४२: २१

नयाँ विकल्पकाठमाडाैं- नेपाल सरकार र निजी क्षेत्रले ल्याएका अक्सिजनलगायत स्वास्थ्य सामग्री बोकेका गाडी तातोपानी भन्सारतर्फ आउँदैछन्। चीन सरकारले नेपालमा काेराेना...

भर्खरै

TOP