May 10, 2021, Monday

अर्थमा व्यापक सरुवा गरे खतिवडाले

काठमाडौं । मन्त्री भएको पहिलो दिन नैं कर चुहावटको मुख्य बिन्दु नै सफा गर्ने घोषणा गरेका यूवराज खतिवडाले अर्थ मन्त्रालयसँग सम्वन्धित महत्वपूर्ण निकायहरूमा नेतृत्व परिवर्तन गरिरहेका छन् ।

यसअघि भन्सार विभाग र ठूला करदाता कार्यालयका प्रमुख परिवर्तन गरेका डा. खतिवडाले आन्तरिक राजश्व विभाग र महालेखा नियन्त्रकको कार्यालयका महानिर्देशक र सहमहालेखा नियन्त्रक परिवर्तन गरेका छन् ।

डा. खतिवडाले मन्त्रिस्तरीय निर्णय गरेर आन्तरिक राजश्व विभागका महानिर्देशक किशोरजंग कार्कीलाई अर्थ मन्त्रालय तानेका छन् । त्यस्तै कार्र्कीको स्थानमा महालेखा नियन्त्रण कार्यालयका सहमहालेखा नियन्त्रक विष्णु नेपाललाई सरुवा गरिएको छ । राजस्वमा सबैभन्दा शक्तिशाली निकाय आन्तरिक राजस्व विभागका महानिर्देशक हुन्छन् ।

तत्कालिन महानिर्देशक चुडामणी शर्मा भ्रष्टाचारको अभियोगमा निलम्बनमा परेपछि तत्कालिन अर्थमन्त्री ज्ञानेन्द्र कार्कीले किशोरजंग कार्कीलाई महानिर्देशक बनाएका थिए । तर, नयाँ अर्थमन्त्रीमा डा. खतिवडा आएसँगै उनी मन्त्रालयमा तानिएका छन् ।

नेपालले विभागका काम सुरु गरिसकेका छन् । अर्थमन्त्रीमा पदबहालीभएसँगै नेपाल राष्ट्र बैंकमा कार्यरत डा. खतिवडाका ज्वाईँ डा. रामशरण खरेललाई प्रमुख सल्लाहकारको रुपमा मन्त्रालयलय भित्र्याइएको थियो । नेपालको स्थानमा भने मन्त्रालयबाट सुशिल पाण्डेलाई पठाइएको छ ।

अर्थमन्त्रालयको प्रशासन शाखामा रहेका पाण्डे सहमहालेखा नियन्त्रकको रूपमा महालेखा नियन्त्रणको कार्यालयमा पुगेका छन् । अर्थमन्त्रीमा पदबहाली भएसँगै नेपाल राष्ट्र बैंकमा कार्यरत डा. खतिवडाका ज्वाईँ डा.रामशरण खरेललाई मन्त्रालयको प्रमुख सल्लाहकारको रूपमा मन्त्रालय भित्र्याइएको थियो । मन्त्रिपरिषद् निर्णयबाट खतिवडा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सचिवमा कार्यरत राजन खनाललाई अर्थ सचिवको रूपमा मन्त्रालय भित्र्याउन सफल भएका थिए ।

मन्त्री डा. खतिवडाले केहीदिन अघिमात्रै भन्सार विभागको महानिर्देशक जगदीश रेग्मीको स्थानमा तोयम रायलाई सरुवा गरेका थिए । त्यस्तै, ठूला करदाता कार्यालयमा गंगाराम गेलालको ठाउँमा धनीराम शर्मालाई सरूवा गरेका थिए । राय अर्थमन्त्रालय अन्तर्गत भन्सार र आन्तरिक राजस्व विभागमा थिए भने शर्मा काठमाडौं महानगरपालिकामा कार्यरत थिए ।

अर्थमन्त्री डा. खतिवडा ठूला करदाता कार्यालय, आन्तरिक राजश्व विभाग तथा भन्सार विभागको कार्य प्रगतिबाट सन्तुष्ट हुन नसकेको कारण नेतृत्व परिवर्तन गरिएको मन्त्रालय श्रोतले बताएको छ । एकातर्फ बजेट घाटामा रहेको र अर्काेतर्फ अपेक्षित राजश्व उठ्न नसेको सन्दर्भमा डा. खतिवडाले महत्वपूर्ण निकायको नेतृत्व नै परिवर्तन गरेका हुन् ।

सम्बन्धित समाचार

नेपाल-खनाल समुह बैठकः   ओलीलाई  विश्वासकाे मत नदिने निर्णय
नेपाल-खनाल समुह बैठकः ओलीलाई विश्वासकाे मत नदिने निर्णय
  • २०७५ बैशाख १०, ०८: २२: २१

नयाँ विकल्प काठमाडाैं- प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासकाे मत लिने बैठकमा नेकपा एमालेकाे माधव कुमार नेपाल- झलनाथ खनाल समुहले बहिस्कार...

एसईई र कक्षा १२ को परीक्षा स्थगित
एसईई र कक्षा १२ को परीक्षा स्थगित
  • २०७५ बैशाख १०, ०८: २२: २१

नयाँ विकल्प, काठमाडाैं-यस वर्षको एसईई र कक्षा १२ को परीक्षा स्थगित भएको छ । राष्ट्रिय परीक्षा बोर्डको सोमबार बसेको भर्चुअल...

नेपाल- खनाल समुहका सांसदहरुको बैठक सिंहदरबारमा सुरु
नेपाल- खनाल समुहका सांसदहरुको बैठक सिंहदरबारमा सुरु
  • २०७५ बैशाख १०, ०८: २२: २१

नयाँ विकल्प, काठमाडाैैं- नेकपा(एमाले) माधव नेपाल–झलनाथ खनाल निकट सांसदहरुको बैठक सुरु भएको छ । संघीय संसद सचिवालय सिंहदरबारमा सुरु भएको...

भर्खरै

TOP