February 28, 2021, Sunday

“सम्बृद्धि र सुुशासनः आम सञ्चारको अभियान” का साथ

आज राष्ट्रिय पत्रकारिता दिवस

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले आगामी भदौ १ गतेदेखि लागू हुने गरी संचार नीति ल्याउने भएको छ । पञ्चायतकालमा राजा महेन्द्र शाहले ल्याएको संचार नीतिले संचारकर्मीलाई अनेकौं बहाना र कारण देखाउँदै थुन्ने दुःख दिने र पत्रिकाको प्रकाशन बन्दसम्मको अधिकार दिएको थियो । त्यही संचार नीतिलाई आधार मान्दै पञ्चायति सरकारले संचारकर्मीहरुलाई दुःख दिने गरेको थियो ।

त्यसैलाई केही परिमार्जन गरेर त्यस्तो नीति ल्याउन लागेकोमा पत्रकारसँग सम्बन्धित संघसंस्था लगायत पत्रकार महासंघले विरोध जनाउन थालेको छ । राष्ट्रिय पत्रकारिता दिवस २०७५ को अवसरमा आइतबार संचार मन्त्रालयमा आयोजित कार्यक्रममा राज्यमन्त्री बास्कोटाले आगामी भदौ १ देखि संचार नीति ल्याउने योजना भइरहेको जनाएपछि सरोकारवालाहरु कान ठाडो भएको छ ।

प्रकाशित गरेका सामग्रीले कसैको इज्जत, प्रतिष्ठा, मानमर्यादामा आँच आयो वा श्री ५ र उनको परिवार वा पञ्चायति व्यवस्था बिरुद्ध हुन गएको बहानामा सरकारले पत्रपत्रिकाको दर्ता खारेजदेखि प्रकाशन बन्द र पत्रकारलाई गिरफ्तार गर्ने सम्मको अधिकार सो नीतिमा थियो । सोही नीतिलाई अनुशरण गर्दै वर्तमान सरकारले पनि प्रेस स्वतन्त्रतालाई संकुचन गर्न नहुने तर्क सम्बन्धित पक्षहरुले राखेका छन् ।

आइतबार छापामाध्यमदेखि डिजिटल मिडियासम्मको कार्यशाला गोष्ठीमा कार्यपत्र प्रस्तुत गर्दै नेपाल टेलिभिजनका पूर्व महाप्रबन्धक लक्ष्मण हुमागाईंले समग्र संचार नीतिमा परिवर्तन गर्नुपर्ने धारणा राखे । कार्यपत्रमाथि टिप्पणी गर्दै नेपाल पत्रकार महासंघका महासचिव रमेश बिष्टले सरकारले समानुपातिक विज्ञापन नीति कार्यान्वयन नगरेका कारण साना लगानीका स्वरोजगारमूूलक संचारमाध्यम धराशायी भएको बताए ।

उनले साना लगानीका सञ्चारमाध्यमले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको स्थापना र संस्थागत गर्नको लागि खेलेको भूमिकाको अवमूल्यन गरेको आरोप लगाए । उनले साना लगानीको सञ्चारमाध्यमको संरक्षण र समृद्धिका लागि बन्दै गरेको सञ्चार नीतिले कुनै सम्बोधन नगरेकोले आफूहरु त्यसको बिपक्षमा रहेको भन्दै त्यस्तो नीति कार्यान्वयन हुन नदिने दृढता व्यक्त गरे । सरकारले हरेक बर्ष बैशाख २४ गतेलाई राष्ट्रिय पत्रकारिता दिवस मनाउँदै आएको छ । आजभन्दा १ सय १८ बर्षअघि स्थापना भएको गोरखा पत्रको प्रकाशनको मितिलाई आधार मान्दै यो दिवस मनाउन लागिएको हो ।

सो अवसरमा राज्यमन्त्री बास्कोटाले यो बर्षको राष्ट्रिय पत्रकारिता पुरस्कारबाट सम्मानित पत्रकारहरुको नाम घोषणा गरेका थिए । यस बर्ष राष्ट्रिय पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुनेहरुमा पत्रकार महासंघका पूर्वअध्यक्ष डा. महेन्द्र बिष्ट, स्वतन्त्र पत्रकार डा. राजेश अहिराजलाई राष्ट्रिय पत्रकारिता पुरस्कारबाट सम्मानित गर्न लागेको बताए । त्यसैगरी बरिष्ठ पत्रकार बबिता बस्नेत, मिनबहादुर बुढाथोकी, कौशल चेम्जोङलाई वरिष्ठ पत्रकार सम्मानबाट सम्मानित गरिने भएको छ । सम्मानित हुनेहरुलाई आजै राष्ट्रपति कार्यालयमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट पुरस्कार प्रदान गरिने राज्यमन्त्री वास्कोटाले बताए ।

सम्बन्धित समाचार

राष्ट्रिय सभाका पूर्वसांसद डाक्टर शंकर उप्रेतिको निधन
राष्ट्रिय सभाका पूर्वसांसद डाक्टर शंकर उप्रेतिको निधन
  • २०७५ बैशाख २४, ०७: ५१: ३६

नयाँ बिकल्प, काठमाडौं – नेपाली कांग्रेसका पुराना नेता तथा राष्ट्रिय सभाका पूर्वसदस्य सांसद डा. शंकरप्रसाद उप्रेतीको शनिबार राती काठमाडौमा निधन...

अदालतले संविधान व्याख्याा गर्ने हो, त्यो जुलुस, नारा र भाषणको व्याख्या गर्ने होइन  –प्रचण्ड
अदालतले संविधान व्याख्याा गर्ने हो, त्यो जुलुस, नारा र भाषणको व्याख्या गर्ने होइन –प्रचण्ड
  • २०७५ बैशाख २४, ०७: ५१: ३६

नयाँ बिकल्प, काठमाडौ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अदालत र न्यायाधीशमाथी...

मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
  • २०७५ बैशाख २४, ०७: ५१: ३६

नयाँ विकल्प तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–२ बुल्दी पुल नजिक गए राति भएको मोटरसाइकल दुर्घटनामा एक युवाको मृत्यु भएको...

भर्खरै

TOP