May 10, 2021, Monday

पत्रकारिता यात्रामा दैनिक समाज

ब्रजेशराज शर्मा

“दैनिक समाज” २०११ सालमा नेपाल सरकारको काठमाडौं मेजिष्ट्रेट अफिसबाट दर्ता नम्बर ३६ लिएर चार दशक बढी चलेको नेपालको पहिलो दैनिक अखबार । समाजको पहिलो अङ्क वि.सं २०११ साल भाद्र २४ गते बृहस्पपतिबारका दिन पशुपति छापाखानाबाट प्रकाशित भएको थियो । २०१२ साल मार्गमा छापाखाना तथा प्रकाशन ऐन २००८÷०९ अन्त्र्गत रही मख्खन टोल कुलु चोकम खुट्टा र बिजुलीबाट समेत चल्ने ट्रेडल मेसिन राखी, आफ्नै नेशनल प्रिण्टिङ प्रेस नामक छापाखानाबाट निष्कन थालेको हो ।

राष्ट्र, राष्ट्रियता र नेपालीको हितका लागि पत्रकारिताको माध्यमबाट काम गर्ने उद्देश्यले मणिराज उपाध्यायले थाल्नुभएको यो अखबारले सधै राज्य सञ्चालकहरुलाई खबरदारी गरिराख्यो । समाजले आफ्नो पहिलो अङ्कमा नेपाल राष्ट्रबारे बडो गम्भीर विषयमा सम्पादकीय लेखेको थियो । आधुनिक कालमा लगभग विश्व समुदायबाट एक्लिएर रहेको नेपालका बारेमा लेख्यो समाजले । हामीलाई विदेशीले विचित्रको देश र समाजका रुपमा हेर्छन भन्ने दृष्टान्त दिँदै किन यस्तो भयो त भन्ने प्रश्नमाथि विवेचना ग¥यो समाजले, आफ्नो पहिलो सम्पादकीयमा ।

काठमाडौं उपत्यकामा बसोबास गर्ने नेपालीले नै पहाड, तराई, अनि बाहिरको नेपालबारे जानेका थिएनन् । काठमाडौंलाई नेपाल भन्ने चलन थियो । राजधानी बाहिरका नेपालीले काठमाडौं लगायत अन्य क्षेत्रका बारेमा अत्यन्त कम मात्र जानेका थिए । यस्तो एक्लोपनबाट उठाएर समग्र नेपाल र नेपालीलाई आफ््नो राष्ट्रका बारेमा सुचित गर्ने उद्देश्य समेत समाजले राखेको थियो भन्ने यो सम्पदकीयबाट बुझिन्छ । साथै नेपाल राष्ट्रका विषयमा यथार्थ जानकारी, सूचना दिने र हाम्रो राष्ट्रका प्रति विश्व समुदायको धारणा मित्रतापूर्ण तथा सहयोगी बनाउने ध्येय समेत राखेको थियो समाजले ।

अग्रणी भएका नाताले निर्वाह गर्नुपर्ने कठिन र अह्म भूमिका नेपालमा पत्रिका पढ्ने बानी बसाउनु पनि दैनिक समाजकै थियो । कूल जनसङ्ख्याको डेढ–दुई प्रतिशत मात्रै साक्षर रहेको मुलुकमा पत्रिकाका पाठक जन्माउनु आफैंमा एउटा महाभारत जित्नु जस्तै थियो । दैनिक समाज निस्केको एक दशकसम्म पनि नेपालमा पत्रिका पढ्नेको संङ्ख्या प्रति ६ सयमा एक थियो । पाठकलाई आकर्षित गर्न दैनिक साजले २०२१ साल बैशाख २१ गते विश्वभरी पत्रिका पढ्नेको तथ्याङ्क छापेको थियो (अनुसूची ३५ हेर्नुहोस्) । समाज निस्केको दुई दशक बितिसक्दा समेत पाठकमा पत्रिका किनेर पढ्ने बानी नबसेपछि दैनिक समाजले पत्रिकामै पटक–पटक छापेर मागेर पत्रिका पढ्ने बानी हटाउन सार्वजनिक पिल गर्नुपरेको थियो (अनुसूची ३६ हेर्नुहोस्) ।

अग्रणी हुनुको अर्को कर्तव्य थियो, विभिन्न शब्दहरुको नेपाली नामाकरण । विज्ञान तथा बजार उत्पादनसँग सम्बन्धित वस्तु तथा आविष्कारहरु नेपालीमा कसरी लेख्ने भन्ने चुनौती हरेक दिन सम्पादकीय कक्षमा देखापथ्र्या । दैनिक समाजले थुप्रै शब्दहरुलाई नेपालीकरण गरेर पत्रिकामा छाप्ने गरेको थियो । बनस्पति घिउ डाल्डालाई घाँसे घिउको नामाकरण ग¥यो । यसरी नेपाली शब्दहरु निकालेकोमा २०१४ सालमा दैनिक समाजलाई नागरिकको तर्फबाट भनी पुरस्कृत गरिएको थियो । घाँसो घिउ जनस्वाथ्यका लागि हानिकारक छ भनी दैनिक समाजले पटक–पटक समाचार र विचार लेख्यो । यसरी समाचार र विचार लेखेपछि तत्कालीन सत्तारुढ पार्टी नेपाली कांग्रेसका महामन्त्रीले घाँसे घिउ र गण्डकको विरोध गर्नेहरु सबै कम्युनिष्ट हुन् भनी दैनिक समाजलाई समेत कम्युनिष्टको पगरी गुथाइदिएका थिए (अनुसूची ३७ हेर्नुहोस्) ।

राष्ट्र र राष्ट्रिय एकता ः

पत्रकारिताका माध्यमबाट नेपाल राष्ट्र र यहाँका सम्पूर्ण नागरिकलाई एकताको सूत्रमा बाँधेर देश हितको भावना जागृत गराउन भरमग्दूर प्रयास ग¥यो दैनिक समाजले । वि.सं २०११ साल भदौ २४ मा प्रकाशन शुरु भएको समाजका वर्षौ–वर्षका विभिन्न अङ्कहरुमा छापिएका सामग्रीले यो अखबार राष्ट्रिय एकताका लागि निरन्तर लागिपरेको प्रष्ट देखाउँछन् । नेपालको एक भागमा भएका घटना वा अवस्थालाई समग्र देशवासीले थाहा पाऊन् भनेर समाजले अनगिन्ति सामग्री प्रकाशन गरेको पाइन्छ । आजभन्दा आधा शताब्दीभन्दा बढी समयअघिको नेपालमा एउटा छापा पत्रिकाले यति गर्नु भनेको ठूलो उपलब्धि थियो ।

आम नेपाली नागरिकका मनमा राष्ट्रप्रतिको प्रेम जागृत गराउन समाजले नागरिकभन्दा राष्ट्र ठूलो भन्ने सन्देश लगातार प्रवाह गरिराख्यो । विदेशीले नेपाली भूभाग मिच्न खोज्दा होस् वा नेपाली राजनीतिकज्ञले वा कसैले पनि नेपाली–नेपालीबीच फाटो ल्याउने दुष्प्रयास गर्दा होस्, समाज जहिल्यै पनि त्यस्ता प्रवृतिका विरुद्ध आक्रामक रुपमा प्रस्तुत भयो ।

विकासमा सहायक ः
राष्ट्रको भौतिक, आर्थिक, पूर्वाधार जस्ता विकासका सन्दर्भमा दैनिक समाजले सकारात्मक सन्देश प्रवाह गरेको पाइन्छ । यसका पुराना अङ्गहरुमा छापिएका सामग्रीले देश विकासका लागि हामीले स्वदेशका साथै विदेशी मित्रहरुबाट पनि सहयोग लिनुपर्छ भन्ने धारणा राखेको पाइन्छ । तर, विकासका नाममा विदेशका अनुचित शर्त चाहिँ हामीले स्वीकार्नु हुन्न भनेर समाजले सधैं खबरदारी गरिराख्यो । कोशी र गण्डक सम्झौताका विषय हुन् वा कल–कारखाना खोल्ने सन्दर्भ होस्, समाजले जहिले पनि राष्ट्रलाई के–कस्तो दूरगामी असर पर्छ भन्ने विश्लेषण गरेर सामग्री प्रकाशित गरेको भेटिन्छ, यसका पुराना फाइलमा समाजले राष्ट्रलाई दूरगामी नकारात्मक असर पार्ने कोशी सम्झौताको, अनेकौं वैज्ञानिक आधार समेत प्रस्तुत गर्दै, विरोध ग¥यो ।

नेपाल राष्ट्र र नेपाली नागरिकको हितभन्दा विदेशीको स्वार्थका लागि काम गर्ने नेपाली राजनीतिक दलका नेताहरुले कोशी, गण्डक जस्ता सम्झौता गर्दा समाज दैनिकले जनतालाई सचेत पार्न भरमग्दूर प्रयास ग¥यो । यसको बदला राजनीतिज्ञहरुले समाजप्रति शत्रुताको व्यवहार गरे । तैपनि समाज आफ्नो राष्ट्रहितको अभियानमा अविचित लागिरह्यो ।

२०४६ सालको राजनीतिक परिवर्तनपछि स्थापित बहुदलीय प्रणालीमा समेत दलहरुले नदी सम्बन्धी सम्झौतामा गलत काम गरेपछि दैनिक समाजले जनतालाई सचेत गराइराख्यो । भारतसँग गरिएको महाकाली सन्धिले राष्ट्रलाई नोक्सान हुन्छ, यस्तो सन्धि गर्नुहुन्न भनेर समाजले व्यापक अभियान नै चलाउँदा समेत राजनीतिक दल, राजसंस्था र अन्य पक्ष समेत कसैले पनि वास्ता नगरी जानाजान महाकाली सन्धिमा राष्ट्रघात गरेकोले निरास भएर मणिराज उपाध्यायले ‘यो राष्ट्र राजा समेत कसैलाई नचाहिने रहेछ’ भन्दै अखबार नै बन्द गर्नुभयो ।

राष्ट्र र समाजको पहरेदार ः सत्ताको कोपभाजन
राज्यको चौथो अङ्गका रुपमा दैनिक समाजले सत्ता सञ्चालकहरुलाई सधै सचेत गराइराख्यो । सरकारले राष्ट्र तथा जनताको अहित गर्ने खालको कुनै काम गर्नासाथ समाज आक्रामक रुपमा त्यसका विरुद्धमा जाइलागेको भेटिन्छ । नागरिक अधिकारका लागि अडिग समाजले प्रधानमन्त्री, मन्त्री, उच्च पदस्थ नीति–निर्माता, नेता, जोसुकैका गलत क्रियाकलापप्रति पनि आंैला ठड्यायो । सरकारले कुनै देशसँग सन्धि, सम्झौता गर्न लाग्दा राष्ट्रहित यसो गर्दा हुन्छ भनेर समाजले सल्लाह दिएको पाइन्छ । र, गलत ढङ्गले, विदेशीको थिचोमिचो हुने सम्भावना देख्नासाथ समाजले विरोध गरेको थियो ।

यसरी राष्ट्र तथा नागरिकको सर्वोत्तम हितका पक्षमा कलम चलाए वापत् समाज र यसका सम्पादक मणिराज उपाध्याय अनगिन्ति पटक सत्ताको कोपभाजनमा पर्नुप¥यो । अखबारमा प्रकाशित सामग्रीका विषयमा प्रश्न उठाउँदै सम्पादकलाई पक्राउ गरी थुनामा राख्ने मात्र होइन, पत्रिका छापिने छापाखानामा अक्षर मिलाउने (कम्पोजिटर) कामदारलाई समेत पक्राउ ग¥यो कैयौं पटक सरकारले । सरकार र यसका पदाधिकारीहरुले गरेका गलत कामको विरोध गर्दा, नागरिकका पक्षमा लेख्दा स्पष्टिकरण, तारिख, थुना, मुद्दा जस्ता यातना खप्नुप¥यो समाजका सम्पादक मणिराज उपाध्यायले ।

समाज दैनिक विरुद्ध सरकारले आर्थिक नाकाबन्दी समेत ग¥यो । सरकारी विज्ञापन नदिने, गैरसरकारी विज्ञापन समेतलाई दवावमा पारेर रोक लगाउने जस्ता अनेक हथकण्डा अपनाएर समाजलाई धराशयी बनाउने प्रयास राज्य सञ्चालकहरुले गरे । तर पनि राष्ट्र हितको ध्येयबाट अलिकति पनि विचलित नभई समाजले लगातार पहरेदारको काम गरिराख्यो । (साभारः मणिराज उपाध्यायद्वारा लिखित पत्रकारिताका सतिसाल नामक पुस्तकबाट मिति २०७५ साल बैशाख २३ गते राष्ट्रिय पत्रकारिताको पूर्वसन्ध्यामा सूचना तथा सञ्चार राज्य मन्त्री गोकूल प्रसाद बाँस्कोटाले एक समारोहकाबीच विमोचित गर्नुभएको पुस्तकबाट)

सम्बन्धित समाचार

सरकारी तथा गैह्रनाफामूलक संघ–संस्थालाई भारत सरकारको एम्बुलेन्स तथा स्कुल बस उपहार
सरकारी तथा गैह्रनाफामूलक संघ–संस्थालाई भारत सरकारको एम्बुलेन्स तथा स्कुल बस उपहार
  • २०७५ बैशाख ३१, ०८: ३४: १४

नयाँ विकल्पकाठमाडौं–काठमाडौंस्थित भारतीय राजदूतावासले स्वास्थ्य तथा शिक्षाको क्षेत्रमा काम गरिरहेका नेपालका विभिन्न सरकारी तथा गैरनाफामूलक संघ– संस्थाहरुलाई यही बैशाख ९...

काभ्रेमा भारत सरकारको सहयोगमा दुई वटा विद्यालयको निर्माण गरिँदै
काभ्रेमा भारत सरकारको सहयोगमा दुई वटा विद्यालयको निर्माण गरिँदै
  • २०७५ बैशाख ३१, ०८: ३४: १४

नयाँ विकल्पकाठमाडौं–राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव मणिराम गेलाल, भारतीय राजदूतावासको राजनीतिक प्रभागकी प्रथम सचिव सौम्या सी र रोशी गाउँपालिकाका मेयरको उपस्थितिमा...

भारतको सहयोगमा कुमारी छेँ र कुमारी निवास पुनर्निर्माण सुरु
भारतको सहयोगमा कुमारी छेँ र कुमारी निवास पुनर्निर्माण सुरु
  • २०७५ बैशाख ३१, ०८: ३४: १४

काठमाडौं । भारत सरकारको सहयोगमा ललितपुरको पाटनस्थित कुमारी छेँ र कुमारी निवासको पुनर्निर्माण हुने भएको छ । नेपालका लागि भारतीय...

भर्खरै

TOP