May 10, 2021, Monday

मलेसियामा ९२ वर्षका प्रधानमन्त्री

मलेसियाका नेता महाथीर मोहमदले ९२ वर्षको उमेरमा प्रधानमन्त्रीका रुपमा बिहीबार सपथ लिएका छन् । गत साता बुधबार भएको आम चुनावमा ६२ वर्षदेखि मलेसियामा शासन गरिरहेको दल बारिसान नेसनल पराजित भएपछि मोहमदले बिहीबार पद तथा गोपनीयताको सपथ लिएका हुन् । उनले यसअघि, सन् १९८१ देखि २००३ सम्म चौथो प्रधानमन्त्रीका रुपमा मलेसियाको सत्ता सम्हालेका थिए । मलेसियाको इतिहासमा उहाँको कार्यकाल सबैभन्दा लामो थियो ।

सन् १९७६ मा उप–प्रधानमन्त्री हँुदै १९८१ मा प्रधानमन्त्री बनेका महाथिरको कार्यकाल मलेसियाको इतिहासमा समृद्धि र आर्थिक विकासको स्वर्णयुगका रुपमा लिइन्छ । बारिसान सन् १९५७ मा मलेशिया स्वतन्त्र भएदेखि नै सत्तामा थियो । यही पार्टीबाट निर्वाचित भएर २२ वर्ष मलेशियाको विकासको सपना देख्ने प्रधानमन्त्रीका रुपमा शासन गरेका महाथिरले सन् २०१६ मा आफ्नै नेतृत्वमा मलेशियन युनाइटेड इन्डिजेनस पार्टीको स्थापना गरेका थिए ।

निवर्तमान प्रधानमन्त्री नजीब रञ्जाकले पराजय स्वीकार गर्दै मोहमदलाई कार्यकालको शुभकामना दिनुभएको छ । मलेसियाका राजा सुल्तान मुहम्मद पञ्चमले उनलाई मन्त्रिपरिषद् गठनबारे छलफल गर्न शाही महलमा डाकेका थिए ।

सम्बन्धित समाचार

मुम्बईमा अक्सिजन ट्यांक लिक हुँदा भेन्टिलेटरमा रहेका २२ बिरामीको मृत्यु
मुम्बईमा अक्सिजन ट्यांक लिक हुँदा भेन्टिलेटरमा रहेका २२ बिरामीको मृत्यु
  • २०७५ बैशाख ३१, ०८: ३८: ३८

नयाँ विकल्प, एजेन्सी- भारतको महाराष्ट्र राज्यस्थित एक अस्पतालमा अक्सिजन ट्यांक लिक हुँदा भेन्टिलेटरमा उपचाररत् २२ जनाको मृत्यु भएको छ। नासिक...

फर्जी मतदाता बनाएर चुनाव गराउन खाेजेपछि एनआरएन अमेरिका विघटन गर्ने आईसिसिको चेतावनी
फर्जी मतदाता बनाएर चुनाव गराउन खाेजेपछि एनआरएन अमेरिका विघटन गर्ने आईसिसिको चेतावनी
  • २०७५ बैशाख ३१, ०८: ३८: ३८

नयाँ बिकल्प,काठमाडौं –गैरआवासीय नेपाली संघ राष्ट्रिय कार्यसमिति अमेरिका फेरि अप्रमाणित मतदाता तयार गरी जवर्जस्ती चुनाव गराउन खोजेपछि विघटनको संघारमा पुगेको...

महामारीबिरुद्ध लड्न भारतले ८० बढी देशमा खोप दिएको दाबी
महामारीबिरुद्ध लड्न भारतले ८० बढी देशमा खोप दिएको दाबी
  • २०७५ बैशाख ३१, ०८: ३८: ३८

नयाँ बिकल्प, काठमाडौं – विश्वभर महामारीको रुपमा फैलिएको कोभिड १९ संक्रमणको बिरुद्ध भारत सरकारले विश्वका सिंगो समुदायलाई खोप बितरण गरेको...

भर्खरै

TOP