May 14, 2021, Friday

ह्यारी र मार्कल विवाह बन्धनमा बाँधिए

संयुक्त अधिराज्यका राजकुमार ह्यारी र अमेरिकी अभिनेत्री मेगन मार्कलबीच एउटा भव्य समारोहमाझ विवाह सम्पन्न भएको छ । विन्ड्सर क्यासलस्थित सेन्ट जोर्जेज च्यापलमा उनीहरूको विवाह भएको हो । मार्कल आफ्नी आमासहित रोल्स रोयस गाडीमा विवाहस्थलमा पुगेकी थिइन् ।

सेन्ट जोर्जेज च्यापलमा पुगेलगत्तै ह्यारीका पिता युवराज चार्ल्सले मार्कलको हात र्डोयाएर भित्र लगेका थिए । महारानी एलिजावेथ र उनका पति ड्युक अफ एडिन्बरा पनि विवाह समारोहमा उपस्थित भए । ह्यारी भने आफ्ना दाजु विलियमसँगै विवाहस्थलमा पुगेका थिए । वैवाहिक समारोहमा छ सय जना पाहुना उपस्थित थिए । मेगनको परिवारतर्फबाट उनकी आमा डोरिया मात्र उपस्थित भइन । ती पाहुनामा एल्टन जन, ओप्रा विन्फ्रे, जर्ज क्लुनी र सेरेना विलियम्स लगायत थिए । वैवाहिक कार्यक्रम हेर्न सडकको दुईतिर हजारौँ मानिस लामबद्ध भएर उभिएका थिए । नाम चलेका कलाकार र टीभी कार्यक्रम प्रस्तोताहरू पनि निम्ता मान्न विन्ड्सर पुगेका थिए । कतिपयले राम्रो दृश्य देख्न सकियोस् भनेर केही दिनअगाडि देखि नै त्यस्ता सम्भावित स्थलमा पाल टाँगेर बसेका थिए ।

यसअघि विवाहपछि ह्यारी र मार्कलको जोडी ससेक्सका ’ड्युक र डचेस’का रुपमा चिनिने घोषणा गरिएको थियो । समारोहमा सहभागी हुन नेताहरू निमन्त्रणा दिइएको थिएन । प्रधानमन्त्री टरिजा मेले राजकुमार ह्यारी र मर्कललाई सामाजिक सञ्जाल ट्विटरमार्फत् शुभकामना दिएकी छिन् ।

सम्बन्धित समाचार

मुम्बईमा अक्सिजन ट्यांक लिक हुँदा भेन्टिलेटरमा रहेका २२ बिरामीको मृत्यु
मुम्बईमा अक्सिजन ट्यांक लिक हुँदा भेन्टिलेटरमा रहेका २२ बिरामीको मृत्यु
  • २०७५ जेष्ठ ७, ०६: ०५: ०५

नयाँ विकल्प, एजेन्सी- भारतको महाराष्ट्र राज्यस्थित एक अस्पतालमा अक्सिजन ट्यांक लिक हुँदा भेन्टिलेटरमा उपचाररत् २२ जनाको मृत्यु भएको छ। नासिक...

फर्जी मतदाता बनाएर चुनाव गराउन खाेजेपछि एनआरएन अमेरिका विघटन गर्ने आईसिसिको चेतावनी
फर्जी मतदाता बनाएर चुनाव गराउन खाेजेपछि एनआरएन अमेरिका विघटन गर्ने आईसिसिको चेतावनी
  • २०७५ जेष्ठ ७, ०६: ०५: ०५

नयाँ बिकल्प,काठमाडौं –गैरआवासीय नेपाली संघ राष्ट्रिय कार्यसमिति अमेरिका फेरि अप्रमाणित मतदाता तयार गरी जवर्जस्ती चुनाव गराउन खोजेपछि विघटनको संघारमा पुगेको...

महामारीबिरुद्ध लड्न भारतले ८० बढी देशमा खोप दिएको दाबी
महामारीबिरुद्ध लड्न भारतले ८० बढी देशमा खोप दिएको दाबी
  • २०७५ जेष्ठ ७, ०६: ०५: ०५

नयाँ बिकल्प, काठमाडौं – विश्वभर महामारीको रुपमा फैलिएको कोभिड १९ संक्रमणको बिरुद्ध भारत सरकारले विश्वका सिंगो समुदायलाई खोप बितरण गरेको...

भर्खरै

TOP