June 19, 2021, Saturday

मूल्यवृद्धिको बिरोध गर्नेहरु प्रहरी खोरमा?

काठमाडौं । सरकारको पेट्रोलियम पदार्थको मुल्यवृद्धी गरेको विरोधमा उत्रिएकाहरु बिद्यार्थीहरुलाई प्रहरी हिरासतमा लिएर विरोध गर्नेहरुकै यस्तै हालत हुन्छ भनेर त्रास फैल्याउन खोजको छ । पेट्रोलियम पदार्थमा मुल्य बृद्धी गरेर जनताको ढाड सेकेको भन्दै नेविसंघ कंचनपुर जिल्लाले गरेको शान्तिपूर्ण आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको हो । प्रहरीले विद्यार्थीहरुलाई गिरफ्तार गरि हिरासतमा समेत लिएको थियो । प्रहरीले नेविसंघका सहमहामन्त्री अच्युत राज कलौनी, केन्द्रीय सदस्य प्रकाश थापा, नेविसंघ कञ्चनपुरका अध्यक्ष टेक पाण्डे, गोरख राउले, केशवराज जोशी, तेज साउद, किशोर प्रसाद जोशी, विवेक पन्त, गणेश उपाध्याय, मदनराज मिश्रा, एस पि कोइराला, जया साउद, यज्ञराज जोशी, करबहादुर महता, प्रेम महता, मदनराज पन्त , प्रकाश धामी, दिनेश जोशी, लक्षमण धामी, राम महरा, हिमान्सु भट्ट , हितेस साउद , लोकेन्द्र भण्डारी, सरोज रोकाए, भुवन अवस्थीलाई हिरासतमा राखि छोडेको छैन शनिबार पनि छोडेको थिएन । विद्यार्थीहरुलाई हिरासतमा लिएको घटनाको नेविसंघका उपाध्यक्ष पुष्प कुमार शाहीले विज्ञप्ती निकाली विरोध गर्दै सरकारको अनुदार चरित्र उदाङगो भएको जनाएका छ ।
पेट्रोलियम पदार्थको मूल्यबृद्धिको विरोधमा कांग्रेस निकटको विद्यार्थी संगठन नेविसंघले देशभर विरोध प्रदर्शन गरेको थियो । शुक्रबार महामन्त्री कुन्दन काफ्लेको नेतृत्वमा आयल निगममा घेराउ भएको थियो भने विभिन्न क्याम्पस अगाडी पनि प्रदर्शन भएको थियो ।

सम्बन्धित समाचार

प्रदेश २ का ७ जिल्लाको पार्टी समायोजनबिरूद्ध उजुरी परेपछि कांग्रेस क्रियाशिल सदस्यता अड्कियाे
प्रदेश २ का ७ जिल्लाको पार्टी समायोजनबिरूद्ध उजुरी परेपछि कांग्रेस क्रियाशिल सदस्यता अड्कियाे
  • २०७५ जेष्ठ ७, ०६: १२: १५

नयाँ बिकल्प, काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म १४ औं महाधिवेशन काठमाडौंमा गर्ने घोषणा गरे...

ढुंगा, गिटी निकासी नगर्न सर्वोच्चको अन्तरिम आदेश
ढुंगा, गिटी निकासी नगर्न सर्वोच्चको अन्तरिम आदेश
  • २०७५ जेष्ठ ७, ०६: १२: १५

नयाँ विकल्प काठमाडौं – सर्वोच्च अदालतले ढुंगा, गिटी बालुवा निकासी गर्ने गरी सरकारले आर्थिक वर्ष २०७८–७९ को बजेट वक्तव्यमा गरेको...

गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेलले पाए प्रदेशसभाबाट विश्वासको मत
गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेलले पाए प्रदेशसभाबाट विश्वासको मत
  • २०७५ जेष्ठ ७, ०६: १२: १५

नयाँ बिकल्प, काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीले गण्डकी प्रदेशसभाबाट विश्वासको मत पाएका छन्।नेपाली कांग्रेस गण्डकी प्रदेश सभा...

भर्खरै

TOP