काठमाडौैं । जनता बैंक नेपालले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत लमजुङको दोर्दी गाउँपालिकामा तीन दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । शिविरमा आँखाको निःशुल्क मोतिबिन्दु अपरेशन, महिलाको पाठेघरसँग सम्बन्धित रोग, नाँक÷कान÷घाँटी र सामान्य चिकित्सा सम्बन्धी स्वास्थ्य शिविर राखिएकोमा कूल १२९५ जनाले स्वास्थ्य परीक्षण गराएका बैंकले जानकारी दियो । सोमध्ये ३० जना बिरामीको शिविरस्थलमै मोतिबिन्दूको अपरेशन गरिएको थियो ।
उक्त अपरेशनमा जनता बैंकले आर्थिक सहयोग गर्ने बैंकले जनाएको छ । साथै ५०० जनाभन्दा बढी आँखाको समस्या भएका व्यक्तिहरुलाई निःशुल्क चस्माका साथै सम्पूर्ण बिरामीलाई आवश्यक औषधि वितरण पनि गरिएको थियो । आँखाको अपरेशन गरेका बिरामीको चौथो दिनमा शिविरमै फलोअप राखिएको थियो । उक्त स्वास्थ्य शिविरको समापनको अवसरमा दोर्दी गाउँपालिकाका अध्यक्ष ओमबहादुर गुरुङले गाउँसम्म आई यति धेरै जनताको स्वास्थ्य उपचारमा सहयोग गरेकोमा जनता बैंक तथा सहयोगी संस्थालाई धन्यवाद दिएका थिए ।
नयाँ विकल्प त्रिशूली – नुवाकोटमा निर्माण भइरहेको २५ मेगावाट क्षमताको मुलककै ठूलो सौर्य प्लान्टबाट १० मेगावाट विद्युत् उत्पादन थालिएको छ...
नयाँ विकल्प काटमाडाैं-नेपाल हस्तकला महासङ्घ, महिला उद्यमी विकास समितिको आयोजनामा महिला हस्तकला मेला हुने भएको छ । महिला हस्तकला उद्यमीबाट...
नयाँ विकल्प वेनी- म्याग्दीको बेनी नगरपालिका–९ तोरीपानीका एक कृषकले जडीबुटीको व्यावसायिक खेती गरेर वार्षिक २० लाखभन्दा बढी आम्दानी गर्दै आएका...