May 18, 2021, Tuesday

कांग्रेसमा चाकडीवाजको श्रृंखला देखिएको छः सिटौला

काठमाडौ । नेपाली कांग्रेसका नेता तथा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले संरचनागत बिषयमा पार्टी भित्र त्रुटि रहेको बताएका छन् । उनले कांग्रेसकै नेतृत्वमा संघीय लोकतान्त्रिक गणतन्त्र, संविधान आएर मुलुक संघीयतामा गएपनि पार्टी संघीय संरचनामा नजाँदा नीतिगत रुपमै कमजोर भएको बताए ।

शनिबार राजधानीमा केही सञ्चारकर्मीसँगको छलफलमा नेता सिटौलाले भने, ‘कांग्रेस अभैm केन्द्रिय संरचनामै चलिरहेको छ । पार्टीले यसपटक वडाको निर्णय गर्दा खेरी समेत कतिपय केन्द्रले गरेको छ । हामी मानसिकतामा केन्द्रिकृत भयौं । यो बैचारिक मुद्धा हो ।’

कांग्रेसको संरचना संघीयता बमोजिम नभएको भन्दै केन्द्रीकृत भएर पार्टी रहँदा कमजोर भएको उनको भनाई थियो । कांग्रेसमा निर्णय प्रक्रिया नै गलत रहेको भन्दै उनले कुरा सुन्ने सुन्ने अनि सभापतिले टिकट दिने बेलामा कसलाई दिनु भयो, थाहा नहुने संस्कारप्रति पार्टी भित्र सबैभन्दा बढी गुनासो रहेको बताए । उनले भने, ‘हाम्रो निर्णय प्रक्रिया नै लोकतान्त्रिक भएन । हामी सामन्ती ढर्रामा नै गयौं ।

व्यवस्था चाहीँ हामीले लोकतान्त्रिक ल्यायौं । सामन्ती राणा शासन पनि फाल्यौं, सामन्ति भूमि व्यवस्था फाल्यौं भन्छौं, बीपीकै पालामा बिर्ता उन्मुलन, भूमिसुधार व्यवस्था घोषणा र जसको जोत उसको पोत र छुवाछुत अन्त्य गर्ने कांग्रेस नै हो ।” कांग्रेसजस्तो ठूलो क्रान्तिकारी बिचार बोकेको पार्टी आज निर्णय प्रक्रिया र व्यवहारमा भने सामन्ती संस्कार भएको कार्यकर्ताकै आरोप रहेको उनले वताए । सिटौलाले कार्यकर्ताहरुलाई पनि चाकडी नगर्न आग्रह गरे । उनले भने, “तपाईँ आफैले चाकडी नगरी मनमा लागेको कुरा सिधा भन्न सक्नु पर्छ, मलाई केही भन्न मन लागेको छ भने मलाई नै सामुन्नेमा भन्नुस् । राम्रो कामको प्रशंसा गर्नुस्, नराम्रो कामप्रति खबरदारी गर्नुस् ।”

चाकडी प्रथा भनेकै सामन्ती संस्कार भएको भन्दै उनले चाकडीवाजहरुको श्रृङ्खला पार्टीमा तलदेखि माथिसम्म रहेको वताए । उनले तलकाले माथि गर्ने र मुनीकालाई पनि चाकडी गराई हाल्ने । प्रचलन हाम्रो पार्टीमा हावी भएको छ । अनि चाकडीबाजहरुको संस्था जस्तो देखिएको नेता सिटौलाको भनाई छ । चाकडीबाजहरुको संगठन एकैछिनमा कसैले पनि ध्वस्त गरिदिन सक्छ भन्दै चाकडी गर्नेहरुको ताकत र स्वभिमान नहुने उनले बताए । सिटौलाले भने, “ति सबै लम्पसार परेको जमात मात्र हुन्छ । जसरी एउटा ढुंगा हान्दा सबै चरा उड्छन्, त्यसरी नै एउटा चाकडीबाजलाई थप्पद हान्यो भने सबै भाग्छन्, उनले भने ।

“कांग्रेस स्वाभिमानहरुको पार्टी हो । जो स्वाधिन र स्वाभिमान छ, उसले आफ्नो बाबु छोडेर, बाबुसँग बिद्रोह गरेर कांग्रेस भएको छ भन्दै निरंकुसताबिरुद्ध लड्न र जेल जान सच्चा कांग्रेसीहरु नडराउने भने । कांग्रेसको पहिचान नै स्वाभिमान हो । तर कांग्रेसमा स्वाभिमान नै म¥यो भने कांग्रेस कहाँ पुग्छ ? सिटौलाले प्रश्न गरे । ‘स्वाभिमान जोगाउ, चाकडी छोड’ भन्दै उनले कार्यकर्ताहरुलाई सुझाव दिए । कांग्रेसले निर्वाचनको समयमा लिएको नीति र रणनीति नै गलत भएको भन्दै सिटौलाले जुन जुन राजनीतिक दलसँग कांग्रेसले निर्वाचनमा गठबन्धन गर्ने भन्यो, ति दलहरुले हामीलाई सहयोग नगरेका आरोप लगाए ।

सिटौलाले भने, “राजपाका अध्यक्ष महन्थ ठाकुरलाई हामीले निर्विरोध छोड्यौं, महोत्तरीमा तर त्यहीँ धनुषामा राजपाका राजेन्द्र महतो बाम गठबन्धनकै भोटबाट जित्नु भयो, निधिजी हार्नु भयो । कमल थापालाई जोड तोडले हामीले जिताउन कोशिस ग¥यौं तर उहाँहरुले बाम गठबन्धनको समर्थनमा आफ्नै महामन्त्रीलाई मेरो बिरुद्ध उठाउनु भयो ।” हाम्रो नेतृत्व तह, कांग्रेसमा सभपातिलाई हामी नेतृत्व नै मान्छौं, उहाँले निर्णय गरेपछि हामी कांग्रेसकै निर्णय भनेर मान्छौं । सभापतिले बोलेपछि त्यो कांग्रेसको बोली भयो । जबसम्म पार्टीको निर्णय हुँदैन, आधिकारिक रुपमा वाहिर आउँदैन, त्यस अवस्थामा सभापतिले बोलेको कुरा नै आधिकारिक हुन्छ ।

हामीले त्यसरी नै बुझ्छौं”, उनले भने । कांग्रेस लोकतान्त्रिक पार्टी भएको नाताले कांग्रेसका नेता र कार्यकर्ताको हैसियत, मान, इज्जत, प्रतिष्ठा सबै समान रहेको भन्दै नेता सिटौलाले, हामी समाजवादी पार्टीका कार्यकर्ता पनि हौं, तर हाम्रो व्यवहार कस्तो छ ? एक अर्कालाई हामीले सम्मान र आदर गरेका छौं कि छैनौं ? एक अर्काको सुख दुःख र राजनीतिक यात्रामा साथ छौं कि छैनौं” भन्दै छैनौं भने हामी परिवर्तित हुनु पर्यो । म खाई रहन्छु । तँ हेरिराख भन्दा त समानता नहुने उनको भनाई थियो । कांग्रेस भित्रै रहेर नयाँ संस्कारको विकास गर्नुपर्ने बताउँदै युवाहरुले अन्य पार्टीमा लिडरसीप लिन खोजिरहेको बताए । त्यसैले कांग्रेसले विगतको संघर्षको गाथा मात्र गाएर कहीँ पुग्न नसक्ने भन्दै, संघर्ष हाम्रो जग हो, त्यसलाई हामीले बिर्सनु नहुने उनको भनाई थियो । सिटौलाले भने, “इतिहासले हामीलाई मार्गदर्शन गराउँछ तर गर्नु त आजको समयलाई संवोधन गर्नु पर्छ । यसको लागि पुरानो विचार बोकेर मात्र सम्भाव हुँदैन । यस्तै बिषयमा महासमितिले ठोस निष्कर्ष निकाल्छ ।”

सम्बन्धित समाचार

बुटवलमा थप चारजना कोरोना संक्रमितको मत्यु
बुटवलमा थप चारजना कोरोना संक्रमितको मत्यु
  • २०७५ जेष्ठ १४, ०८: ४१: ४१

नयाँ विकल्पबुटबल- लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत चारजना कोरोना संक्रमितको मृत्यु भएको छ । चार जनामध्ये तीनजना रुपन्देहीका र एकजना अर्घाखांचीका...

भारतले बनाएको कोरोना विरूद्धकाे औषधि के हाे ?
भारतले बनाएको कोरोना विरूद्धकाे औषधि के हाे ?
  • २०७५ जेष्ठ १४, ०८: ४१: ४१

नयाँ विकल्प, काठमाडाैं- भारतका रक्षामन्त्री राजनाथ सिंह र स्वास्थ्य मन्त्री हर्ष वर्द्धनले सोमबार भारतमा उत्पादित कोभिड विरुद्धको औषधि टु–डिजी अर्थात्...

कोरोना संक्रमणबाट सप्तकोशी नगरपालिकाकी उपमेयर चाैधरीको निधन
कोरोना संक्रमणबाट सप्तकोशी नगरपालिकाकी उपमेयर चाैधरीको निधन
  • २०७५ जेष्ठ १४, ०८: ४१: ४१

नयाँ विकल्प, काठमाडाैं-सप्तरीको सप्तकोशी नगरपालिकाकी उपप्रमुख आशा चौधरीको कोरोना संक्रमणले मृत्यु भएको छ। विराटनगरस्थित विराट नर्सिङहोममा उपचाररत उनको अस्पतालमै आज...

भर्खरै

TOP