May 18, 2021, Tuesday

महामारीको त्रासः १० घातक रोगहरु

सन् २०१५ देखि विश्व स्वास्थ्य सङ्गठनले ‘प्राथमिकता’ दिइएका घातक संक्रात्मक रोगहरूको सूची प्रकाशित गर्दै आएको छ।ती रोगबारे थप अनुसन्धान आवश्यक रहेको बताइन्छ । महामारीको रूपमा फैलिने सक्ने तिनको क्षमताका कारण र रोकथाम गर्न औषधि र खोप नभएकाले गर्दा ती रोगले जनस्वास्थ्यमा ठूलो जोखिम पार्ने मानिएको छ । भरखरै अफ्रिका र भारतमा फैलिएका इबोला र निपा भाइरसको संक्रमण अन्य आठ रोगहरूसँगै त्यो सूचीमा समावेश छन् ।

निपा भाइरस
निपा भाइरस फ्रूट ब्याट भनिने एक किसिमको चमेरोबाट घरपालुवा जनावर र मानिसमा सर्छ । निपा भाइरसको सङ्क्रमण हुँदा ज्वरो आउने, बान्ता हुने, टाउको दुख्ने जस्ता लक्षण देखिन्छ । त्यसपछि मस्तिष्क सुन्निन्छ । निपा भाइरसका कारण भारतको केरलामा १० जना मानिसको मृत्यु भइसकेको छ निपा भाइरस विरुद्ध कुनै खोप बनेको छैन । संक्रमित व्यक्तिमा ७० प्रतिशत मृत्युदर देखिएको छ ।
सन् १९९८ मा मलेशियाली नगर निपामा पालिएका सुँगुरहरूमा यो भाइरस पहिलो पटक भेटिएको थियो । त्यसैले यसको नाम नै निपा भाइरस राखियो । संक्रमित पशुबाट झन्डै तीन सय मानिसहरूमा यो भाइरस सरेको पाइएको छ । रोग फैलिएपछि एक सयभन्दा बढी मानिसको मृत्यु भएको विवरण प्राप्त भएको छ ।

निपा भाइरस चमेरोबाट सर्ने रोगहरूको वर्ग ‘हेनिपाभाइरल डिजिजेज’ अन्तर्गत पर्छ । पहिलो चोटि अस्ट्रेलियामा पत्ता लागेको हेन्ड्रा भाइरसलाई पनि यही वर्गमा राखिएको छ । अस्ट्रेलियामा हेन्ड्रा भाइरसका कारण मानिस र घोडाहरूको मृत्यु भएको छ यो फ्रूट ब्याटमा पाइन्छ । यसको संक्रमण हुँदा घोडा र मानिसहरूको मृत्यु हुनसक्छ । सन् १९९४ मा पहिलो चोटि ब्रिस्बेनको हेन्ड्रास्थित एउटा तबेलामा यसको महामारी फैलिएको थियो। यसबाट ७० वटा घोडाको मृत्यु भइसकेको छ भने रोग सरेका सातमध्ये चार मानिसको पनि ज्यान गएको छ ।

सीसीएचएफ
क्राइमिएन–कङ्गो हेर्मयाजिक फिभर (सीसीएचएफ) किर्नाबाट सर्छ । यसले मानिसमा गम्भीर महामारी फैलाउन सक्छ । यसबाट मृत्यु हुने अनुपात ४० प्रतिशतसम्म छ । सन् १९४४ मा पटक चोटि क्राइमियामा र पछि कङ्गोमा पनि भेटिएको यो भाइरस पूरै अफ्रिका, बाल्कन प्रायस्द्वीप र मध्यपूर्व एवम् एशियाका केही भागमा पाइन्छ । यो रोग अकस्मात् सुरु हुन्छ । टाउको दुख्ने, धेरै ज्वरो आउने, ढाड दुख्ने, जोर्नी दुख्ने, पेट दुख्ने र बान्ता हुने जस्ता लक्षण देखिन्छ। सीसीएचएफ नियन्त्रण गर्न गाईगोठहरूलाई किर्नामुक्त राख्नुपर्छ ।
यो भाइरस मुख्यतः किर्नाले टोक्दा वा संक्रमित गाईवस्तुबाट मानिसमा सर्छ । संक्र्रमित मानिसको रगत वा शरीरबाट उत्पन्न हुने अन्य तरल पदार्थबाट पनि अर्को मानिसमा सर्छ । मानिस वा पशु कसैका लागि पनि यो रोगको उपचार गर्न खोप उपलब्ध छैन् ।

इबोला भाइरस
इबोला भाइरस पनि फ्रूट ब्याटबाट नै उत्पन्न भएको विश्वास गरिन्छ। सन् १९७६ मा प्रजातान्त्रिक गणतन्त्र कङ्गोको इबोला नदीनजिकै फैलिएको महामारीमा यो भाइरस पत्ता लागेको थियो । इबोला भाइरस जङ्गली जनावरबाट मानिसमा सर्छ । मानिसबाट मानिसमा पनि सर्नसक्छ। इबोला भएको मानिसको घाउ भएको छाला, मुख वा नाकबाट अथवा रगत, बान्ता, मल र शरीरको तरल पदार्थ छोइँदा पनि सक्रमण सर्छ । यो भाइरस मू्त्र र वीर्यमा सर्न सक्छ । (बीबीसीबाट)

सम्बन्धित समाचार

भारतले बनाएको कोरोना विरूद्धकाे औषधि के हाे ?
भारतले बनाएको कोरोना विरूद्धकाे औषधि के हाे ?
  • २०७५ जेष्ठ १४, ०९: २४: २५

नयाँ विकल्प, काठमाडाैं- भारतका रक्षामन्त्री राजनाथ सिंह र स्वास्थ्य मन्त्री हर्ष वर्द्धनले सोमबार भारतमा उत्पादित कोभिड विरुद्धको औषधि टु–डिजी अर्थात्...

जर्मनीसहित ५ देशले प्रतिवन्ध लगाए नेपालसँगको यात्रा
जर्मनीसहित ५ देशले प्रतिवन्ध लगाए नेपालसँगको यात्रा
  • २०७५ जेष्ठ १४, ०९: २४: २५

नयाँ बिकल्प,काठमाडौं । नेपालमा अनियन्त्रित ढंगले बढी रहेको नयाँ किसिमको कोरोना भाइरसको संक्रमण नियन्त्रणमा आउन नसकेको भन्दै युरोपियन मुलुक जर्मनीले...

चीन सरकारले दिएका अक्सिजन सिलिण्डर ताताेपानी आइपुग्दै
चीन सरकारले दिएका अक्सिजन सिलिण्डर ताताेपानी आइपुग्दै
  • २०७५ जेष्ठ १४, ०९: २४: २५

नयाँ विकल्पकाठमाडाैं- नेपाल सरकार र निजी क्षेत्रले ल्याएका अक्सिजनलगायत स्वास्थ्य सामग्री बोकेका गाडी तातोपानी भन्सारतर्फ आउँदैछन्। चीन सरकारले नेपालमा काेराेना...

भर्खरै

TOP