May 14, 2021, Friday

टिकट वितरणमा घोटाला भयोः महादेव

कास्की । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री महादेव गुरुङले गत बर्ष सम्पन्न स्थानीय तह, प्रदेश र संघीय निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवार बनाउँदा आर्थिक चलखेल भएको आशंका व्यक्त गरेका छन् ।

कांग्रेसको कास्की जिल्ला सम्मेलनको विहीबार उद्घाटन समारोहमा गुरुङले भने ‘टिकट वितरणमा आर्थिक चलखेलको कुरा किन चर्चित रह्यो ? भनेर पार्टी नेतृत्वसँग प्रश्न गरे । उनले पार्टीमा पदाधिकारीहरुको चयन समयमा किन हुन सकेन ? नातावाद र गुटवन्दी किन वनमारा झार जस्तो फैलियो ?, कांग्रेस नेतृत्वमा निर्वाचन भएपनि जस हामीले किन पाएनौ ? किन सिँगो पार्टीपंत्ति प्रतिरक्षात्मक स्थितिमा पुग्यो ? जस्ता प्रश्नको उत्तर कांग्रेस कार्यकर्ताले खोजिरहेको बताए ।

जिल्ला विकास समित काश्कीका सभापति, नेपाल तरुण दलका अध्ययक्ष, प्रतिनिधिसभाको सदस्य हुँदै राज्यमन्त्रीको समेत अनुभव लिएका गुरुङले शुद्ध कांग्रेस भएर कांग्रेसमा वाँच्न किन सकिन्न ? भनेर प्रश्न गर्दै कुनै न कुनै नेताको दौराको फेर नसमाति वैतरणी तर्न सकिन्न भन्ने मान्यता स्वंय पार्टीको लागि हलाहल विष समान भएको तथ्यका प्रति नेता गणको आँखा चिम्ल्याई रहस्यमय वनेको भनी तिखो टिप्पणी गरे । निर्वाचनमा भएको अन्तर्घात जस्तो अक्षम्य कार्य पनि आज क्षम्य वनेको वताए ।

‘मेरो क्रियाशील राजनैतिक जीवनको ५० वर्षमा कांग्रेस आज जस्तो कमजोर अवस्थामा कहिल्यै पुगेका थिएनौं । गुरुङले भने, ‘संविधान निर्माण कांग्रेसको नेतृत्वमा भयो, तर संविधानमा रहेका कतिपय प्रावधानहरु हाम्रो आर्दश अनुकुल भयो÷भएन भन्नेमा हामी कति सचेत हुन सक्यौ ?”
उनले चिन्ता र चिन्तन गर्न छोडेर चाकडीमा लाग्ने वेला अहिले नभएको जनाउँदै आरोप र प्रत्यारोपको संकिर्णतामा डुवेर वस्नु भन्दा गम्भीर समीक्षा सहितको भविष्यको मार्ग प्रशस्त गर्न गृहकार्य गर्नुपर्नेमा जोड दिए ।

‘दरवार हत्याकाण्डपछि राजसंस्था प्रति जनआस्था अत्यन्त कम भयो । त्यसमाथि चिठ्ठा परेर राजा भएका ज्ञानेन्द्रको मुर्खताले गणतन्त्र मुलुक कै एजेण्डा वन्न गयो’ गुरुङले भने ‘तर संघियता र धर्मनिरपेक्षताको पक्षमा उभिनु अघि पार्टीले गंभिरतापूर्वक सोच्नै पथ्र्यो । संविधानमा समाजवाद उन्मुख भनेर कसका पक्षमा हामीले आत्मसमर्पण गरेको हो ? उनले प्रश्न गर्दै प्रजातन्त्रको सौन्दर्य भनेको विचारको वहुलता भएको बताए ।’ उनले अहिले कांग्रेस गर्विलो ईतिहास र धुमिल वर्तमान भएको पार्टीमा रुपान्तरण भएको आरोप लगाए ।

सम्बन्धित समाचार

शुक्रबार थपिए काेराेनाका ८ हजार ५२० जना नयाँ संक्रमित, २०३ को मृत्यु
शुक्रबार थपिए काेराेनाका ८ हजार ५२० जना नयाँ संक्रमित, २०३ को मृत्यु
  • २०७५ जेष्ठ २१, ०८: ५९: ३९

नयाँ विकल्प, काठमाडाैं- शुक्रबार थप ८ हजार ५२० जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४...

जसपाकाे संसदीय दलकाे नेतामा राजेन्द्र महतो चयन
जसपाकाे संसदीय दलकाे नेतामा राजेन्द्र महतो चयन
  • २०७५ जेष्ठ २१, ०८: ५९: ३९

नयाँ विकल्प, काठमाडाैं- जनता समाजवादी पार्टी (जसपा) महन्थ ठाकुर पक्षले राजेन्द्र महतोलाई संसदीय दलको नेता चयन गरेको छ । बिहीबार...

देउवाको दनक ओली वा नेपाललाई, भोट बादल कि देवकोटालाई ?
देउवाको दनक ओली वा नेपाललाई, भोट बादल कि देवकोटालाई ?
  • २०७५ जेष्ठ २१, ०८: ५९: ३९

नयाँ बिकल्प,काठमाडौं । पार्टीको आन्तरिक जीवन र बहुदलिय प्रतिष्पर्धात्मक राजनीतिमा समेत आफ्ना सहयात्री र कार्यकर्तालाई भन्दा अन्य दलका नेतासँग सम्वन्ध...

भर्खरै

TOP