May 19, 2021, Wednesday

सरकार संयमित भएर अघि बढ्छः अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले प्रतिपक्षी दलका सांसदहरुले बारम्बार दुई तिहाईको सरकार भएकोले निरंकुस हुन खोजेको भनेर आशंका नगर्न आग्रह गरेका छन् । आगामी आर्थिक बर्षको बजेटका बिषयमा राष्ट्रिय सभाका सांसदहरुले राखेको प्रश्नको जवाफ दिँदै सरकार दुई तिहाईको भए पनि आफूहरु संयमित भएर दुई तिहाईलाई उपयोग गर्ने तर्फ लागेका बताए । उनले प्रष्ट, दिगो र भरपर्दो बिकासको पथमा सरकार अघि बढ्दै गरेकोले कसैको उक्साहटमा गएर काम नगर्ने वताए ।

‘विकासको लागि केही गर्नु परेको खण्डमा हिरा पनि फोर्न पछि पर्दैनौं’, अर्थमन्त्री खतिवडाले भने ‘हामी कालो धनको पक्षमा छैनौं । कर छलि गर्नेहरु वित्तिय अपराधको कानुनको अधिनमा पर्छन् ।’ उनले विद्यालय र स्वास्थ्य संस्थाको शुल्क र प्राथमिकताको बिषयमा दिएका सुझावलाई मनन गरेको वताए ।

अर्थमन्त्री खतिवडाले प्रधानमन्त्री कार्यालयमा राष्ट्रिय पुननिर्माण प्राधिकरणको एक खर्ब ५१ अर्ब खर्च नभएर बसेको रकम रहेको र त्यो रकम प्रधानमन्त्री नै प्राधिकरणको निर्देशक समितिको अध्यक्ष र परिषद्को अध्यक्ष हुने भएकोले रहेको बताए । उनले प्रधानमन्त्री कार्यालय मातहतको महान्यायाधीवक्ताको कार्यालय, राजश्व अनुसन्धानको कार्यालय र सम्पति शुद्धिकरण विभाग पनि पर्ने भएकाले ति सबै निकायको बजेट देखिएको जनाए ।

सरकारलाई वायूपंखि भनेर कसैले उक्साएको भरमा हावामा उड्ने वा कछुवा गतिमा जाने पक्षमा सरकार नरहेको भन्दै बजेटको आकार ठूलो भएको र यसले ७ सय ६१ वटा सरकारलाई समेत बजेट व्यवस्था गर्नु परेकोले बजेट विगतको भन्दा ठूलो भएको छ । संघीयतामा वित्तिय प्रणालीको बारेमा आफूहरु सिक्दै गरेको उनले वताए ।

उनले राष्ट्रिय उद्योगहरुलाई सुविधा दिने पहिलो नीति बजेटले लिएको बताए । २०४८ सालदेखि कसैले बजेटमा उद्योगलाई संरक्षण दिइने छ भनेर आफूले कतै नपढेको र पहिलो पटक उद्योगलाई संरक्षण दिने र उद्योगहरुलाई पारदर्शी व्यवहार देखाउन भनेर आग्रह मात्र स्पष्ट पारे । धेरै कमाउने व्यक्तिलाई कर लगाइयो भनेर चिन्ता गर्न नहुने भन्दै व्यक्तिगत रुपमा आम्दानी गर्नेहरुलाई अलिक बढी कर लगाइएकै बताए मन्त्री खतिवडाले भने ‘बढी आम्दानी गर्नेले बढी कर तिर्ने भने त लक्ष्य हासिल गर्न सकिदैन ।’ उनले संविधानले असिमित सम्पति कमाउने अधिकार दिएको र त्यो सम्पतिमा कर लगाउने अधिकार पनि सरकारलाई दिएको वताए ।

गत बर्ष प्रदेशलाई दिएको बजेट खर्च हुन नसकेर २ अर्ब रुपैयाँ रहेको र त्यो खर्च नभएको पैशा स्थानीय तह र प्रदेशको भएको बताए । अर्थमन्त्रीले कानुनले दिएको अधिकार भित्र रहेर राजश्वको फाँडफाँट गरेको र आगामी दिनमा संसदले राजश्व वाँडफाँटको ५० प्रतिशत स्थानीय र प्रदेशलाई दिने भनेर कानुन बनाए त्यही अनुसार गर्ने स्पस्ट पारे ।

सम्बन्धित समाचार

देश भित्रै हवाई उडान ठप्प हुँदा नेपाली बिचल्ली तर विदेशीलाई तेस्रो देश उडाउँदै सरकार
देश भित्रै हवाई उडान ठप्प हुँदा नेपाली बिचल्ली तर विदेशीलाई तेस्रो देश उडाउँदै सरकार
  • २०७५ जेष्ठ २१, ०९: २८: १४

नयाँ बिकल्प,काठमाडौं । कामकुरो एकातिर कुम्लो बोकी ठिमी तिर भने झैं देशमा कोरोना संक्रमणको महामारीबाट दैनिक दुई सयको हाराहारीमा नेपाली...

उपेन्द्रको असहमति हुँदाहुँदै ठाकुरले जसपा दलको नेतामा महतो नियुक्त गरे
उपेन्द्रको असहमति हुँदाहुँदै ठाकुरले जसपा दलको नेतामा महतो नियुक्त गरे
  • २०७५ जेष्ठ २१, ०९: २८: १४

नयाँ बिकल्प,काठमाडौं । सत्तारुढ केपी शर्मा ओली नेतृत्वको सरकारलाई बिस्वासको मत दिने र नदिने विषयमा चर्किएको विपक्षी जनता समाजबादी पार्टी...

जसपा नेतृत्व नपाए सरकारमा नजानेः ओली सरकारले बहुमत नपाउने निश्चित
जसपा नेतृत्व नपाए सरकारमा नजानेः ओली सरकारले बहुमत नपाउने निश्चित
  • २०७५ जेष्ठ २१, ०९: २८: १४

नयाँ बिकल्प,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गत वैशाख २७ गते प्रतिनिधि सभाबाट विश्वासको मत लिने प्रस्तावको विपक्ष र तठस्थमा...

भर्खरै

TOP