May 10, 2021, Monday

कामचोर ठेकेदारलाई गृहमन्त्रीले कारबाही गर्ने हिम्मत गर्लान् ? घरबेटी नै कारबाहीमा पर्ने भएपछि प्रचण्ड आक्रोशित

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका घरधनी शारदा अधिकारीको निर्माण कम्पनी शैलुङ कन्स्ट्रक्सनसहितलाई कारबाही गर्न गृहमन्त्री रामबहादुर थापा बादलले स्थानीय प्रशासन र प्रहरी युनिटलाई निर्देशन दिएपछि प्रचण्ड र बादलको सम्बन्ध बिग्रिएको छ ।

प्रचण्डले बादललाई ठेकेदारलाई कारबाही गर्ने नाममा भारतीय सिंघम बन्न खोजेको भन्दै आक्रोस पोखेका छन् । उनले चर्चा कमाउने काम गर्दा बादलको पद समेत धरापमा परेको छ । प्रचण्डको कमजोरीमाथि नै बादलले प्रहार गरेपछि प्रचण्ड बादलसँग बिच्किएका हुन् । अधिकारीले एक महिना अघि मात्र प्रचण्डका २ छोरीहरुलाई घर उपहार दिएका थिए । पार्टीको वरिष्ठ नेता भएर पार्टी निर्णय र अध्यक्षको भावना विपरित बोल्दा तत्कालिन माओवादी नेता नारायणकाजी श्रेष्ठलाई प्रचण्डले काजीलाई पाजी बनाइदिन्छु भनेका थिए । प्रचण्डले १० बर्षअघिको घटना स्मरण गर्दै, “बादललाई सेनामाथि हात नहाल्नुस भन्दा मेरो पद गुम्यो, तपाईंको कारणले आज मेरै सहयोगी र विश्वास पात्र शारदालाई कारबाही गर्न खोजेपछि मेरो घरमै अप्ठ्यारो पार्ने” भनेर क्रोधित भएका हुन् । प्रचण्डको क्रोधलाई मथ्थर गर्ने उपाय जति रचे पनि बादल भने पछि परेका छैनन् । भक्तपुर जिल्ला प्रशासनले अधिकारीको शैलुङ कन्ट्रक्सनलाई कारवाही सिफारिस गरेको हो । भक्तपुर प्रशासनले अधिकारीसहित समयमा काम सम्पन्न नगर्ने १० ठेकेदारहरुको पहिचान गरेकोछ ।

अधिकारीको शैलुङ कन्स्ट्रक्सनले दुई वर्षभित्र सम्पन्न गर्ने गरी २०७१ जेठमा कमल विनायक–नगरकोट सडक निर्माणको जिम्मा लिएको थियो । ठेकेदार अधिकारीले नेकपाका दोस्रो अध्यक्ष प्रचण्डलाई ललितपुरको खुमलटारमा बस्न घर दिएका छन् । गृहमन्त्री रामबहादुर थापालाई प्रचण्डले अधिकारीलाई कारबाही नगर्न यसअघि नै दवाव दिएका थिए । चार वर्षमा ३ पटक म्याद थपे पनि ४३ प्रतिशत मात्रै काम सकिएको छ । तेस्रोपटक थपिएको म्याद पन यहि असार मसान्तमा सकिँदै छ । गृह मन्त्रालयले समयमै विकास निर्माणका काम सम्पन्न नगर्ने कम्पनीहरूको नाम पठाउन निर्देशन दिएपछि प्रशासन कार्यालयले सो विवरण पठाएको हो । ठेकेदारले समयमा काम नसक्दा सडकमा हिलो, धुलो र खाल्डाखुल्डीका कारण विदेशी पर्यटकसहित यात्रुले कष्टपूर्ण यात्रा गर्नुपरेको छ ।
अधिकारीकै कम्पनीले कलंकी नागढुंगासम्मको सडक निर्माणको ठेक्का पाए पनि ९ बर्षसम्म निर्माण नगरी बसेका छन् । जसले गर्दा राजधानी भित्रने र बाहिरिने यात्रुले बर्षौंदेखि सास्ती खेप्दै आएका छन् ।

सम्बन्धित समाचार

नेपाल-खनाल समुह बैठकः   ओलीलाई  विश्वासकाे मत नदिने निर्णय
नेपाल-खनाल समुह बैठकः ओलीलाई विश्वासकाे मत नदिने निर्णय
  • २०७५ जेष्ठ २८, ०५: ०८: २९

नयाँ विकल्प काठमाडाैं- प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासकाे मत लिने बैठकमा नेकपा एमालेकाे माधव कुमार नेपाल- झलनाथ खनाल समुहले बहिस्कार...

एसईई र कक्षा १२ को परीक्षा स्थगित
एसईई र कक्षा १२ को परीक्षा स्थगित
  • २०७५ जेष्ठ २८, ०५: ०८: २९

नयाँ विकल्प, काठमाडाैं-यस वर्षको एसईई र कक्षा १२ को परीक्षा स्थगित भएको छ । राष्ट्रिय परीक्षा बोर्डको सोमबार बसेको भर्चुअल...

नेपाल- खनाल समुहका सांसदहरुको बैठक सिंहदरबारमा सुरु
नेपाल- खनाल समुहका सांसदहरुको बैठक सिंहदरबारमा सुरु
  • २०७५ जेष्ठ २८, ०५: ०८: २९

नयाँ विकल्प, काठमाडाैैं- नेकपा(एमाले) माधव नेपाल–झलनाथ खनाल निकट सांसदहरुको बैठक सुरु भएको छ । संघीय संसद सचिवालय सिंहदरबारमा सुरु भएको...

भर्खरै

TOP