May 19, 2021, Wednesday

ग्वाटेमालामा ज्वालामुखी विस्फोट ः१०० भन्दा बढीको मृत्यु

ग्वाटेमालामा ज्वालामुखी विस्फोट हुँदा एकसय भन्दा बढीको ज्यान गइसक्यो भने २०० भन्दा बढी बेपत्ता भएका छन् । सोकी स्थानमा फेरी ज्वालामुखी विस्फोट हुन थालेपछि आपत्कालीन सेवाका अधिकारीहरूले वरपरका मानिसहरूलाई सुरक्षित स्थानमा सारिरहेका छन् । फोएगो नामक ज्वालामुखीबाट ताजा लाभा वरपरका घरहरु खरानी बनेको छ । गत साता आइतवार ज्वालामुखी विस्फोट भएयता कम्तीमा १० जनाको ज्यान गएको छ भने अन्य कैयौँ हराइरहेका छन् । ग्वाटेमालाका अधिकारीहरूका अनुसार ज्वालामुखी विस्फोटका कारण १७ लाख मानिस प्रभावित भएका छन् ।

तीन हजारभन्दा बढी मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ भने धेरै मानिसहरूले अस्थायी रूपमा आश्रय लिइरहेका छन् । ज्वालामुखी पर्वतको भीरमा रहेका गाउँहरू खरानी र हिलोले पुरिएका छन् । ज्वालामुखीसम्बन्धी विज्ञहरूले शुरूमा १० किलोमिटर माथिसम्म खरानी फालेको ज्वालामुखी निकट भविष्यका लागि समाप्त भएको मंगलवार बताएका थिए । ग्वाटेमालाको राष्ट्रिय भूगर्भ केन्द्रका प्रमुख एड्डी सान्चेसले आगामी केही दिनसम्म ज्वालामुखी विस्फोट नहुने बताएका थिए । तर मंगलवार नयाँ विस्फोट भइरहँदा आपत्कालीन सेवाका अधिकारीहरूले शवको खोजी गरिरहेका थिए ।
ग्वाटेमालाको विपद् नियन्त्रण निकायका प्रमुखले आइतवार ज्वालामुखी विस्फोट हुनुअघि कुनै चेतावनी जारी नगरिएको बताएका छन् । स्थानीय बासिन्दाहरूले आपत्कालमा बच्ने उपायबारे प्रशिक्षण लिए पनि एकदम छिटो ज्वालामुखी विस्फोट भएकोले उनीहरूले सिकेका कुरा लागु गर्न नसकेको उनको भनाइ छ । उता ग्वाटेमालाका प्रतिपक्षी दलले ज्वालामुखी विस्फोटबारे स्थानीय पूर्व जानकारी नदिएको भन्दै सूचना दिने संस्था कनरेडको खारेजीको माग समेत गरेका छन् । पुनः विस्फोट नहुने बताएपनि फेरि ज्वालामुखी विस्फोट हुँदा संयौको ज्यान गएको हो ।

सम्बन्धित समाचार

भारतले बनाएको कोरोना विरूद्धकाे औषधि के हाे ?
भारतले बनाएको कोरोना विरूद्धकाे औषधि के हाे ?
  • २०७५ जेष्ठ २८, ०५: २२: ०५

नयाँ विकल्प, काठमाडाैं- भारतका रक्षामन्त्री राजनाथ सिंह र स्वास्थ्य मन्त्री हर्ष वर्द्धनले सोमबार भारतमा उत्पादित कोभिड विरुद्धको औषधि टु–डिजी अर्थात्...

जर्मनीसहित ५ देशले प्रतिवन्ध लगाए नेपालसँगको यात्रा
जर्मनीसहित ५ देशले प्रतिवन्ध लगाए नेपालसँगको यात्रा
  • २०७५ जेष्ठ २८, ०५: २२: ०५

नयाँ बिकल्प,काठमाडौं । नेपालमा अनियन्त्रित ढंगले बढी रहेको नयाँ किसिमको कोरोना भाइरसको संक्रमण नियन्त्रणमा आउन नसकेको भन्दै युरोपियन मुलुक जर्मनीले...

चीन सरकारले दिएका अक्सिजन सिलिण्डर ताताेपानी आइपुग्दै
चीन सरकारले दिएका अक्सिजन सिलिण्डर ताताेपानी आइपुग्दै
  • २०७५ जेष्ठ २८, ०५: २२: ०५

नयाँ विकल्पकाठमाडाैं- नेपाल सरकार र निजी क्षेत्रले ल्याएका अक्सिजनलगायत स्वास्थ्य सामग्री बोकेका गाडी तातोपानी भन्सारतर्फ आउँदैछन्। चीन सरकारले नेपालमा काेराेना...

भर्खरै

TOP