May 14, 2021, Friday

पहाडमा विप्लव र तराईमा सीकेको आतंक बढ्न सक्ने सैनिक रिपोर्ट

काठमाडौ । तराईमा सीके राउत र पहाडमा विप्लव माओवादीको साइज बढेको रिपोर्ट नेपाली सेनाको जंगीअड्डाले सरकारलाई बुझाएको छ ।
राजनीतिक तहको सतर्कता र सरोकारको अपेक्षासहित सेनाले रिपोर्ट बुझाएपछि राजनीतिक नेतृत्व तरंगित भएको छ । सेनाको यो रिपोर्ट रक्षा मन्त्रालयमार्फत प्रधानमन्त्री, राष्ट्रपति र राष्ट्रिय सुरक्षा परिषद्मा पनि पुगेको छ । प्रधानसेनापति राजेन्द्र क्षत्रीले प्रधानमन्त्री र राष्ट्रपतिलाई भेटेर यसबारेमा ब्रिफिङ्ग गरिसकेका छन् । दुई दिनसम्म जंगीअड्डामा गत साता चलेको जर्नेल सम्मेलनमा प्रस्तुत देशभरको सुरक्षा अवस्था र छलफलका आधारमा सेनाले रिपोर्ट तयार गरेको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले गत साता आइतबार अचानक मुख्य दलका नेताहरूलाई शीतल निवास डाक्नुको पछाडिको पृष्ठभूमि सेनाको त्यही रिपोर्ट र ब्रिफिङ थियो । साँझतिर शीतलनिवास पुगेका नेताहरूलाई राष्ट्रपतिले गम्भीर मुद्रामा अतिवादीहरूले टाउको उठाउन लागेको भन्दै त्यसमा सचेत हुन आग्रह गरेकी थिइन् । खासगरी, तराईमा सीके राउत समूहको गतिविधि र पहाडी भेगमा विप्लव माओवादीको सक्रियतालाई संकेत गर्दै उनले यस्तो चिन्ता व्यक्त गरेकी हुन् ।

सेनाले सरकारले बुझाएको रिपोर्टमा अतिवादी तथा विखण्डनकारीहरूको सक्रियताले सुरक्षा थ्रेट बढाउने चिन्ता व्यक्त गर्दै यसलाई बेलामै सम्बोधन गर्न सुरक्षा रणनीति र राजनीतिक तहमा विमर्श हुनुपर्ने सुझाव दिएको छ । विप्लव र राउतबीचको कनेक्सन र त्यसमा हुनसक्ने बाह्य र आन्तरिक घुसपैठबारे पनि राजनीतिक तहमा अध्ययन र विश्लेषण हुनुपर्ने सेनाको निश्कर्ष छ । राउतको आफ्नै संगठन र प्रभाव कमजोर भए पनि विप्लवसँगको कनेक्सनले त्यो चुनौतीपूर्ण हुनसक्ने देखिएको छ ।

यसमा हिन्दुवादी तथा राजावादीहरू पनि जोडिन सक्ने आशंका गरिएको छ । स्रोतका अनुसार आगामी दिनमा राजनीतिक स्थिरता तथा राष्ट्रिय सुरक्षाका लागि अति हिन्दुवादी, उग्र वामपन्थी र क्रिस्चियन सक्रियता चुनौतीपूर्ण हुनसक्ने विश्लेषण सेनाले गरेको छ । यी तीन वटा आवरणमा अतिवाद मौलाउने खतरातर्फ सेनाले पहिलेदेखि नै राजनीतिक नेतृत्वलाई सूचित एवं सचेत पनि गराउँदै आएको छ । हिन्दुत्वमा दक्षिणी छिमेकीको सद्भाव छ भने क्रिस्चियानिटीको कभरमा पश्चिमा स्वार्थ हावी भएको छ । नेपालमा क्रिस्चियानिटी विस्तारप्रति चीनले पनि पटक पटक चिन्ता र चासो व्यक्त गर्दै आएको छ ।

सेनापतिले कुनै पनि आवरणमा विखण्डनकारी र अतिवादी सक्रियता सह्य नहुने भन्दै पटक(पटक सार्वजनिक अभिव्यक्ति दिँदै आएका छन् । सेनापति राजेन्द्र क्षत्रीले पहाड तथा तराईका ब्यारेकहरूमा गरेको शृखंलावद्ध भ्रमणका क्रममा स्थानीय कमान्डरहरूलाई यसबारेमा सचेत गराएका थिए ।

माओवादी एकतासँग असमहत भएको माओवादीको एउटा तप्का यतिबेला विप्लवसँग नजिकिएको छ भने एकतामा सामेल नभएको र संविधानमा समेत असन्तुष्ट रहँदै आएको मोहन वैद्य नेतृत्वको माओवादी विप्लव लाइन तिर ढल्किएको छ । प्रचण्ड कम्युनिस्ट नरहेकाले अब उनीसँग कुनै सहकार्य र एकता हुननसक्ने वैद्यको पछिल्लो अभिव्यक्तिले पनि त्यही संकेत दिएको छ ।

दलहरूको आन्तरिक इन्टेलिजेन्समा पनि विप्लव र राउतहरूको सक्रियता बढेको रिपोर्ट प्राप्त भए पनि त्यसलाई बाहिर ल्याएका छैनन् । आन्तरिक छलफलमा भने नेताहरूले कार्यकर्ता तहमा यो चिन्ता व्यक्त गर्न थालेका छन् । प्रचण्डले एमालेसँग एकता गरेपछि नेत्रविक्रम चन्द नेतृत्वको माओवादीले संगठन विस्तारका लागि उपयुक्त वातावरण बनेको निश्कर्ष निकाल्दै असन्तुष्टहरूलाई आफ्नो मोर्चामा समेट्ने रणनीति बनाएको छ । एकतापछि पहाडी इलाकामा विप्लवको सक्रियता बढेको देखिन्छ । पछिल्लो समय विप्लवले हिंसात्मक त्राससँगै राजनीतिक प्रभाव पनि बढाएका छन् । विप्लवको गठबन्धनमा मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, मोहनविक्रम सिंह नेतृत्वको नेकपा मसाल, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सामेल भइसकेका छन् ।

२२ चैतमा विप्लवकै पहलमा चार कम्युनिस्ट घटकहरूको बैठक बसेर नेपालको क्रान्तिकारी कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्ने आधार तय गर्न छलफल र बहस अघि बढाउने निर्णयसहित संयुक्त विज्ञप्ती सार्वजनिक गरेका थिए । त्यसमा चुनावमा एमालेसँग सहकार्य गरेर एक सिट जित्न सफल जनमोर्चाको मातृपार्टी नेकपा मसालका महामन्त्री मोहनविक्रम, नेकपा क्रान्तिकारी माओवादीका मोहन वैद्य, ऋषि कट्टेल र खड्गबहादुर विश्वकर्मा प्रकाण्डले हस्ताक्षर गरेका छन् । छुट्टै मधेश देशको माग गर्दै पृथकतावादी अभियान चलाउँदै आएका सीके राउत मधेश आन्दोलनदेखि नै सुरक्षा निगरानीमा छन् ।

उनी पटक पटक पक्राउ पर्दै छुट्दै आएका छन् । पहिले डेरामा बस्दै आएका राउतले अहिले जनकपुरमा आफ्नै घर बनाएका छन् । मधेश स्वराजु नामको पुस्तकमा उनले आन्दोलनलाई प्रभावकारी बनाउने क्रममा सैन्य र प्रहरी संरचना बनाउने, नाकाबन्दी, सैनिक र सिपाही विद्रोहसम्मका योजना उल्लेख गरेका छन् । त्यसैगरी, आफ्नो अभियानको बचाउमा अन्तर्राष्ट्रिय समर्थन प्राप्त गर्नेदेखि राष्ट्रसंघमा हुनेसम्मका कुरा उनले उल्लेख गरेका छन् । सीके राउतको गतिवधिमा बेला बेलामा प्रकट हुने भूराजनीतिक चासो तथा बाह्य सद्भावलाई पनि सेनाले अर्थपूर्ण रूपमा हेरिदै आएको छ ।

जंगीअड्डामा १३ र १४ जेठमा दुई दिन चलेको सम्मेलनमा मुलुकको पछिल्लो सुरक्षा अवस्था, राजनीतिको घरेलु वस्तुस्थिति र भूराजनीतिक परिवेशबारे गम्भीर छलफल भएको थियो । पृतनापति समन्वयात्मक बैठकको रूपमा आयोजना गरिने जर्नेल सम्मेलनलाई सेनाको नीति निर्माण तथा नेतृत्वमा रहेका अधिकांश जर्नेलहरू एकै ठाउँ बसेर मुलुकको वस्तुस्थिति र सुरक्षाबारे रणनीतिक छलफल गर्ने सेनाको सबैभन्दा महत्वपूर्ण मञ्चको रूपमा लिने गरिएको छ । यसले सेनाको अप्रेसनल नीति तथा कार्यदिशासमेत निर्धारण गर्छ । मुलुकको सुरक्षा अवस्थाको नियमित समीक्षा तथा विश्लेषणसँगै राजनीतिक परिस्थितिबारेमा समेत सुक्ष्म अध्ययनमा आधारित सघन छलफल हुन्छ । यहाँ हुने छलफल र निश्कर्षलाई राजनीतिक तहमा पनि अर्थपूर्ण रूपमा लिने गरिएको छ ।

सम्बन्धित समाचार

शुक्रबार थपिए काेराेनाका ८ हजार ५२० जना नयाँ संक्रमित, २०३ को मृत्यु
शुक्रबार थपिए काेराेनाका ८ हजार ५२० जना नयाँ संक्रमित, २०३ को मृत्यु
  • २०७५ जेष्ठ २८, १०: ३४: ४८

नयाँ विकल्प, काठमाडाैं- शुक्रबार थप ८ हजार ५२० जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४...

जसपाकाे संसदीय दलकाे नेतामा राजेन्द्र महतो चयन
जसपाकाे संसदीय दलकाे नेतामा राजेन्द्र महतो चयन
  • २०७५ जेष्ठ २८, १०: ३४: ४८

नयाँ विकल्प, काठमाडाैं- जनता समाजवादी पार्टी (जसपा) महन्थ ठाकुर पक्षले राजेन्द्र महतोलाई संसदीय दलको नेता चयन गरेको छ । बिहीबार...

देउवाको दनक ओली वा नेपाललाई, भोट बादल कि देवकोटालाई ?
देउवाको दनक ओली वा नेपाललाई, भोट बादल कि देवकोटालाई ?
  • २०७५ जेष्ठ २८, १०: ३४: ४८

नयाँ बिकल्प,काठमाडौं । पार्टीको आन्तरिक जीवन र बहुदलिय प्रतिष्पर्धात्मक राजनीतिमा समेत आफ्ना सहयात्री र कार्यकर्तालाई भन्दा अन्य दलका नेतासँग सम्वन्ध...

भर्खरै

TOP