May 14, 2021, Friday

गोलाप्रथामा पनि ‘अभागी’ कांग्रेस !

१३ मध्ये ७ सांसदको कार्यकाल २ बर्ष मात्र

काठमाडौं  । स्थानीय, प्रदेश र संघीय संसदको निर्वानमा पराजय बेहोरेको नेपाली कांग्रेस राष्ट्रिय सभाको कार्यकल निर्धारण गर्न गोला प्रथा अपनाउँदा समेत असफलता ? मिलेको छ ।

प्रमुख प्रतिपक्षी दल कांग्रेसका राष्ट्रियसभामा रहेका १३ सांसदमध्ये सात सांसदको कार्यकाल २ बर्षमा सीमित भएको छ  । यसरी कार्यकाल निर्धारण गर्दा २ बर्षे गोला तानेर संसदीय दलका नेता सुरेन्द्रप्रसाद पाण्डे, प्रमुख सचेतक सरिता प्रसाईं र केन्द्रीय सदस्य बद्री पाण्डेको कार्यकाल २ बर्षे भएको हो ।

दुई बर्षे कार्यकाल भएका कांग्रेसका अन्य सांसदहरुमा दुर्गादत्त उपाध्याय, मीनाकुमारी यादव, धनकुमारी खतिवडा र बिन्दा आले छन् ।
कांग्रेसका दुई सांसद तारादेवी भट्ट, राधेश्याम अधिकारीको कार्यकाल ४ बर्षको छ भने चार सांसद रमेशजंग रायामाझी, जितेन्द्रनारायण देव, अनिता देवकोटा र प्रकाश पन्थको कार्यकाल भने ६ बर्ष भएको छ ।

राष्ट्रियसभाका दुई सांसद बृषेशचन्द्र लाल र रमेश प्रसाद यादब तथा फोरमका रामपृत पासवानको कार्यकाल पनि २ बर्षे भएको छ । फोरमकी अर्की सांसद प्रमिला कुमारीको भने ४ बर्ष कार्यकाल निर्धारण भएको छ ।

राष्ट्रिय सभामा कुन सांसदको कति कार्यकाल ? हेर्नुस
६ बर्षे कार्यकाल हुने २० सांसदहरु
महिलाबाट

बिना पोखरेल, नेकपा, प्रमिला कुमारी, फोरम, दिलकुमारी रावल, नेकपा, दीप गुरुङ, नेकपा, अनिता देवकोटा, नेका, नन्दा चापागाईं, नेकपा र इन्दु कडरिया, नेकपा, छन्  ।

प्रदेशबाट
प्रदेश १ बाट नेकाका रमेशजंग रायामाझी, प्रदेश २ बाट नेकाका जितेन्द्रनारायण देव, प्रदेश ३ बाट नेकपाका रामबहादुर थापा बादल, प्रदेश ४ बाट राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिना, प्रदेश ५ बाट नेकपाका खिमलाल भट्टराई, प्रदेश ६ बाट नेकपाका भैरवसुन्दुर श्रेष्ठ र प्रदेश ७ वाट नेकपाका हरिराम चौधरी छन्  ।

दलितबाट
नरपति लोहार, नेकपा र सिंहबहादुर विश्वकर्मा, नेकपा छन् ।

अपाङ्गताबाट
प्रकाश मिश्र, नेका, महेशकुमार महरा र नेकपा र रामचन्द्र राय
राष्ट्रपतिबाट मनोनित बिमला राई पौडेल छिन् ।

४ बर्षे कार्यकाल हुने सांसदहरु
महिलाबाट
नैनकला ओझा, नेकपा, शशिकला दाहाल, नेकपा तथा उपाध्यक्ष, उदश शर्मा पौडेल, नेकपा, शान्तिकुमारी अधिकारी, नेकपा, कोमल वली, नेकपा, कवित बोगटी, नेकपा र तारादेवी भट्ट, नेका रहेका छन् ।

प्रदेशबाट
प्रदेश १ का परशु मेघी गुरुङ, नेकपा, प्रदेश २ का सुमनराज प्याकुरेल, नेकपा, प्रदेश ३ का राधेश्याम अधिकारी, नेका, प्रदेश ४ का दिनानाथ शर्मा, नेकपा, प्रदेश ५ का चन्द्रबहादुर खड्का, नेका, प्रदेश ६ का ठगेन्द्रप्रकाश पुरी, नेकपा र प्रदेश ७ मा शेरबहादुर कुँवर, नेकपा छन्  ।

राष्ट्रपतिबाट मनोनित रामनारायण बिडारी
दलितबाट
चक्रप्रसाद स्नेही, नेकपा, रामलखन चमार, नेकपा र खिमबहादुर विक, नेकपा छन्  ।
अपाङ्गताबाट अगम बान्तवा नेकपा र जीवन बुढा, नेकपा छन् ।

२ बर्षे कार्यकाल भएका सांसदहरु
महिलाबाट सरिता प्रसाईं, नेका, मीनाकुमारी यादव नेका, धनकुमारी खतिवडा, नेका, बिन्दा आले, नेका, मीना बुढा, नेकपा, युटर्न तामाङ, नेका र कमला ओली, नेकपा छन् ।

प्रदेश १ बाट हरिश्चरण शिवाकोटी, नेकपा, प्रदेश २ बाट रमेश प्रसाद यादब, राजापा, प्रदेश ३ बाट बलराम बास्कोटा, नेकपा, प्रदेश ४ बाट सुरेन्द्र प्रसाद पाण्डे, नेका प्रमुख प्रतिपक्षी दलका नेता, प्रदेश ५ बाट दुर्गादत्त उपाध्याय, नेका, प्रदेश ६ बाट कालीबहादुर मल्ल, नेकपा र प्रदेश ७ बाट बद्रीप्रसाद पाण्डे, नेका छन्  ।

राष्ट्रपतिबाट मनोनित यूवराज खतिवडा दलितबाट भने खेमराज नेपाली, नेकपा र रामदेव पासवान, नेकपा छन् । अपाङ्ताबाट राजकुमार कुँवर, नेकपा र बृषेशचन्द्र लाल, राजपा छन् ।

सम्बन्धित समाचार

शुक्रबार थपिए काेराेनाका ८ हजार ५२० जना नयाँ संक्रमित, २०३ को मृत्यु
शुक्रबार थपिए काेराेनाका ८ हजार ५२० जना नयाँ संक्रमित, २०३ को मृत्यु
  • २०७५ असार ११, ०६: ३१: २६

नयाँ विकल्प, काठमाडाैं- शुक्रबार थप ८ हजार ५२० जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४...

जसपाकाे संसदीय दलकाे नेतामा राजेन्द्र महतो चयन
जसपाकाे संसदीय दलकाे नेतामा राजेन्द्र महतो चयन
  • २०७५ असार ११, ०६: ३१: २६

नयाँ विकल्प, काठमाडाैं- जनता समाजवादी पार्टी (जसपा) महन्थ ठाकुर पक्षले राजेन्द्र महतोलाई संसदीय दलको नेता चयन गरेको छ । बिहीबार...

देउवाको दनक ओली वा नेपाललाई, भोट बादल कि देवकोटालाई ?
देउवाको दनक ओली वा नेपाललाई, भोट बादल कि देवकोटालाई ?
  • २०७५ असार ११, ०६: ३१: २६

नयाँ बिकल्प,काठमाडौं । पार्टीको आन्तरिक जीवन र बहुदलिय प्रतिष्पर्धात्मक राजनीतिमा समेत आफ्ना सहयात्री र कार्यकर्तालाई भन्दा अन्य दलका नेतासँग सम्वन्ध...

भर्खरै

TOP