May 14, 2021, Friday

महासंघद्वारा शिक्षा पत्रकारिता पुरस्कार प्रदान

नेपाल पत्रकार महासंघले शिक्षा पत्रकारिता पुरस्कार–२०७४ बाट पुरस्कृत पत्रकारहरुलाई पुरस्कार तथा सम्मान गरेको छ । शिक्षा विभागसंगको सहकार्यमा भएको कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले पुरस्कृत पत्रकारहरुलाई बधाईदिदै हाम्रो शिक्षा जिवन उपयोगी हुनुपर्ने धारणा व्यक्त गरे । मन्त्री पोखरेलले व्यावसायिक शिक्षा आजको आवश्यकता रहेको भन्दै त्यसमा पत्रकारहरुले उचित भूमिका खेल्नुपर्ने बताए ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव खगराज बरालले शिक्षा विटमा क्रियाशील पत्रकारहरुलाई हौसला प्रदानगर्न शिक्षा पत्रकारिता पुरस्कारको स्थापना गरिएको जानकारी दिए । उनले पत्रकारहरुलाई समाजमा सकारात्मक सन्देशदिने समाचार संप्रेशणगर्न आग्रह गरे । नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले श्रमजीवी पत्रकारहरुले पारिश्रामीक सहितको सुविधा नपाउँदा पनि पत्रकारिता जारी राखेर समाजसेवा गरिरहेको बताए । नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले पत्रकारहरुलाई सिंहदरबार लगायतका स्थानमा प्रवेशमा कडाईगर्न सरकार लागेको सुनिएको भन्दै त्यसो नगर्न आग्रह गरे ।

राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार–२०७४ बाट सम्मानीत पत्रकार कृष्ण मल्लले पुरस्कारले पत्रकारिताका लाथि हौसला थपेको बताउँदै सकारतत्मक र नकारात्मक दुबै पक्षका समाचार लेख्ने गरेको बताए । ५१ हजार राशी सहितको राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार–२०७४’ बाट रुपन्देहीमा कार्यरत पत्रकार कृष्ण मल्ल सम्मानित धएका छन् । नेपाल पत्रकार महासंघ र शिक्षा विभागद्वारा गठित मूल्याङ्कन तथा छनौट समितिले गरेको सिफारिसका आधारमा शिक्षा पत्रकारिता पुरस्कार छनौट मूल समितिको बैठकले यो पुरस्कार बुटवल टुडे र शिक्षक मासिकमा कार्यरत पत्रकार मल्ललाई प्रदान गरेको हो ।

त्यसैगरी ७ प्रदेश र उपत्यकालाई १ प्रदेश मानी ८ प्रदेशलाई प्रदान गरिने रु २० हजार राशीको ‘प्रादेशिक शिक्षा पत्रकारिता पुरस्कार–२०७४’ बाट प्रदेश नम्बर १– निरोज कोइराला (रेडियो नेपाल÷हिमालय टाइम्स–भोजपुर) प्रदेश नम्बर २ – कृष्ण सिग्देल (राजधानी दैनिक÷अनलाइनखवर– बारा) प्रदेश नम्बर ३ – चमारसिंह लामा (सामुदायिक सूचना नेटवर्क– काभ्रेपलाञ्चोक) प्रदेश नम्बर ४ – पवन पौडेल (दमौली एफएम–तनहुँ) प्रदेश नम्बर ५ – पार्वती पाण्डे (बुद्धदर्पण दैनिक–कपिलवस्तु) कर्णाली प्रदेश– मेघराज खड्का (कारोबार दैनिक– रुकुम) प्रदेश नम्बर ७ – गोकर्ण दयाल (गोरखापत्र दैनिक– बैतडी) उपत्यका प्रदेश– चन्द्र बानियाँ (रेडियो नेपाल– काठमाडौं) बाट पुरस्कृत भएका छन् ।

त्यस्तै ७ प्रदेश र उपत्यकालाई १ प्रदेश मानी ८ प्रदेशअन्तर्गत प्रत्येक प्रदेशबाट २ जना पत्रकारलाई प्रदान गरिने रु. १५ हजार राशीको ‘प्रादेशिक शिक्षा लेखनवृत्ति–२०७४’ बाट प्रदेश नम्बर १— रमेशचन्द्र अधिकारी (कान्तिपुर दैनिक–धनकुटा) र नारायणभक्त राई (ब्लाष्ट टाइम्स दैनिक –मोरङ) प्रदेश नम्बर २– नगेन्द्रकुमार कर्ण(गोरखापत्र दैनिक–महोत्तरी) र दीपेन्द्रप्रसाद सिंह(जनकपुर टुडे–धनुषा) प्रदेश नम्बर ३ – मन्दिरा थापा(नेपाल टेलिभिजन–दोलखा) र मनोज थापा(अर्थ नेपाल डटकम–नुवाकोट) प्रदेश नम्बर ४– शान्ता कमली(नयाँपत्रिका–लमजुङ) र छविलाल तिवारी(नागरिक दैनिक–पर्वत) प्रदेश नम्बर ५–केशर रोका(अन्नपूर्ण दैनिक–प्यूठान) र तेजेन्द्र के. सी. (दैनिकपत्र दैनिक–रुपन्देही) कर्णाली प्रदेश – नरजन तामाङ (नयाँ पत्रिका–हुम्ला) र गणेश विक(नागरिक दैनिक–रुकुम) प्रदेश नम्बर ७– गगन अएडी(नयाँपत्रिका दैनिक–बाजुरा) र जगदीश रोकाय(अन्नपूर्ण पोष्ट दैनिक–बझाङ) पुरस्कृत भएका छन् ।

उपत्यका प्रदेश – संयुक्तरूपमा– नीता सापकोटा(नेपाल टेलिभिजन–काठमाडौं), केशव भुल(सीआइएन–काठमाडौं) र रामु सापकोटा(हिमाल बवर पत्रिका–ललिलपुर) पुरस्कृत गरियो । त्यसैगरि उपत्यकासहित ८ प्रदेशका एफएम रेडियोलाई प्रदान गरिने ‘संस्थागत शिक्षा पत्रकारिता पुरस्कार–२०७४’ रु. २० हजार राशीको यो पुरस्कार प्रदेश नम्बर १ बाट सामुदायिक रेडियो सोलु एफएम (सोलुखुम्बु), प्रदेश नम्बर २– रेडियो निजगढ (बारा), प्रदेश नम्बर ३ – रेडियो तिनलाल (रामेछाप), प्रदेश नम्बर ४– मनासुलु एफएम (गोरखा), प्रदेश नम्बर ५– रेडियो क्रिपालु (प्यूठान), कर्णाली प्रदेश– चंखेली एफएम रेडियो (कालिकोटा), प्रदेश नम्बर ७– सेती सामुदायिक एफएम (बझाङ), उपत्यका प्रदेश – रेडियो राजधानी (काठमाडौं) लाई पुरस्कृत गरिएको छ ।

यसैगरी राष्ट्रिय स्तरका पत्रपत्रिका र टेलिभिजनलाई छुट्टाछुट्टै रूपमा प्रदान गरिने रु. २५ हजार राशीको ‘संस्थागत शिक्षा पत्रकारिता पुरस्कार–२०७४’ पत्रपत्रिकातर्फ नागरिक दैनिक (काठमाडौं) लाई प्रदान गरिएको छ भने टेलिभिजनतर्फ इमेज टेलिभिजन (काठमाडौं) लाई प्रदान गरिएको छ । साथै, अनलाइनतर्फको संस्थागत शिक्षा पत्रकारिता पुरस्कार एजुकेशन ज्यूज नेपाल डटकमलाई पुरस्कृत गरिएको छ । महासंघ र शिक्षा विभागले शिक्षा क्षेत्रको विकासका लागि समाचार, सूचना र विचार प्रवाह गर्ने पत्रकार, एफएम रेडियो, पत्रपत्रिका र टेलिभिजनलाई प्रतिष्पर्धाका आधारमा प्रत्येक वर्ष यी पुरस्कार प्रदान गर्दै आएको छ ।

सम्बन्धित समाचार

प्रधानमन्त्री ओलीले विश्वासको मत पाएनन्
प्रधानमन्त्री ओलीले विश्वासको मत पाएनन्
  • २०७५ असार ३२, ०९: ५७: ३५

नयाँ विकल्प, काठमाडाैं- प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएका छन् । विश्वासको मत लिने प्रस्ताव संसदबाट बहुमतले अस्वीकृत भएपछि प्रधानमन्त्री...

नेकपा एमालेका यी सांसद, जाे प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासकाे मतदान दिएनन्
नेकपा एमालेका यी सांसद, जाे प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासकाे मतदान दिएनन्
  • २०७५ असार ३२, ०९: ५७: ३५

नयाँ विकल्प काठमाडाैं- प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासकाे मत लिने संसदमा नेकपा एमालेकै सांसदहरू अनुपस्थित भएका छन् । माधव नेपाल...

खनाल-नेपाल समूहको स्थायी कमिटी बैठक बस्दै
खनाल-नेपाल समूहको स्थायी कमिटी बैठक बस्दै
  • २०७५ असार ३२, ०९: ५७: ३५

नयाँ विकल्प, काठमाडाैैं- नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) एमाले माघव नेपाल- झलनाथ खनाल पक्षकाे स्थायी कमिटी बस्दै छ ।...

भर्खरै

TOP