May 14, 2021, Friday

भारतसँग ‘इन्टर बैंक बरोइङ’ गर्न सकिने

काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले नेपालमा खुलेका भारतीय संयुक्त लगानीका बैंकले भारतीय मुद्रामा ऋण लिएर नेपालमा लगानी गर्न सक्ने बताएका छन् । नेपालमा लगानीयोग्य रकमको अभाव हटाउन संयुक्त लगानीका बैंकले भारतमा रहेका आफ्ना मुख्य कार्यालयहरुमार्फत नेपालमा लगानी भित्र्याउन सक्ने बताएका हुन् ।

विगतमा पनि यता तरलता धेरै हुँदा उता पैसा लैजाने र उताबाट यता पनि पैसा ल्याउने गरिएको उनले बताए । अर्थमन्त्री खतिवडाले यसलाई ‘इन्टर बैंक बरोइङ’का रुपमा बुझ्न पनि आग्रह गरेका छन् ।

‘एभरेष्ट र एसबिआई बैंकले आफ्ना प्यारेन्ट बैंकबाट ऋण लिएर यहाँ लगानी गर्न सक्छन्,’ खतिवडाले बताए । भारत र नेपालमा ब्याजदरको ‘मार्जिन’ पनि भएकाले नेपालमा रहेका भारतीय लगानीका बैंकले पैसा लगानी गर्न अफ्ठ्यारो नहुने उनको भनाई छ ।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत बैंक तथा वित्तीय संस्थाहरुले परिवत्र्य विदेशी मुद्राका अतिरिक्त भारतीय मुद्रामा समेत आफ्नो प्राथमिक पुँजीको २५ प्रतिशतसम्म ऋण लिन पाउने व्यवस्था गरिने घोषणा गरेको थियो ।

केन्द्रीय बैंकले पहिलोपटक गत चैत २० गते परिपत्र जारी गर्दै वाणिज्य बैंकहरुलाई आफ्नो प्राथमिक पुँजीको २५ प्रतिशतसम्म परिवर्त्य मुद्रामा बाह्य ऋण परिचालन गर्न पाउने व्यवस्था गरेको थियो । यसको दायरा थप विस्तार गर्दै मौद्रिक नीतिमार्फत भारतीय मुद्रामा पनि ऋण लिन सकिने व्यवस्था थपिएको हो ।

सम्बन्धित समाचार

सेनाको हेलिकोप्टरले कोरोना संक्रमित नबोक्दा निजीले अकुत असुल्दै, सरकार किन मौन ?
सेनाको हेलिकोप्टरले कोरोना संक्रमित नबोक्दा निजीले अकुत असुल्दै, सरकार किन मौन ?
  • २०७५ श्रावण ७, ०७: १२: ३२

नयाँ बिकल्प,काठमाडौं । कोरोना संक्रमितको संख्या ग्रामिण क्षेत्रमा समेत बढ्दै जाँदा लकडाउनले यातायातको साधन नपाएका बिरामीबाट निजी क्षेत्रका हेलिकप्टर कम्पनीले...

जुम्लामा साना जलविद्युत प्लान्ट पुननिर्माणको उद्घाटन, भारतीय सरकारको २ करोड ६३ लाख सहयोग
जुम्लामा साना जलविद्युत प्लान्ट पुननिर्माणको उद्घाटन, भारतीय सरकारको २ करोड ६३ लाख सहयोग
  • २०७५ श्रावण ७, ०७: १२: ३२

नयाँ बिकल्प,काठमाडौं – कर्णाली प्रदेशको जुम्ला जिल्लास्थित चन्दननाथ नगरपालिकामा साना जलविद्युत प्लान्टको पुनस्र्थापना कार्य सम्पन्न भएको छ । भारत सरकारको...

अध्यागमन विभागले दुःख दिन थालेपछि नेपाल छाड्ने तयारीमा बैदेशिक लगानीकर्ता
अध्यागमन विभागले दुःख दिन थालेपछि नेपाल छाड्ने तयारीमा बैदेशिक लगानीकर्ता
  • २०७५ श्रावण ७, ०७: १२: ३२

काठमाडौं । मुलुकले बढ्दो बैदेशीक व्यापार घाटा र बेरोजगारी समस्या भोग्दै आएकाले त्यसको न्यूनीकरण गर्न सरकारले वैदेशिक लगानी भित्र्याउन प्राथमिकता...

भर्खरै

TOP