May 10, 2021, Monday

भानुजयन्ती कार्यक्रम चन्द्रागिरीमा सम्पन्न

काठमाडौं । २०५औँ भानुजयन्तीको अवसरमा मदन भण्डारी कला साहित्य प्रतिष्ठानको आयोजनामा आयोजित हिम्वत् खण्ड कला साहित्य सम्मिलन २०७५ चन्द्रागिरि घोषणा पत्रजारी गर्दै असार ३१ गते सम्पन्न भयो ।

प्रधानमन्त्री के.पी शर्मा ओलीको पमुख आतिथ्यमा चन्द्रागिरि हिल्स लिमिटेडको बहुउद्देश्यीय हलमा आयोजित एक विशेष कार्यक्रममा सातै प्रदेश एवम् विदेशबाट प्रतिनिधित्व गर्दै आएका स्रष्टाहरुले कविता मार्फत समृद्धिका स्वर उचालेका थिए । उक्त कार्यक्रममा प्रधानमन्त्री स्वमले दश हरफको कविता चन्द्रागिरि पर्वतमा अवस्थित भालेश्वर महादेवको मन्दिर परिसरमा सिर्जना गरि कार्यक्रममा बाचन समेत गरेका थिए ।

सोही अवसरमा प्रधानमन्त्री ओलीले संक्षिप्त मन्तव्य दिदैे चन्द्रागिरि पर्वतको पौेराणिक कालदेखिकै इतिहास उल्लेख गरेका थिए ।
कार्यक्रमलाई चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्षएवम् नेपाल उद्योग वाणिज्य महासंघका उपाध्य चन्द्र प्रसाद ढकालले धार्मीक, राजनितिक एवम् ऐतिहासिक महत्व बोकेको यस एकिकृत पर्यटकिय गन्तव्य चन्द्रागिरि पर्वतबाट स्रष्टाहरुले उचालेको समृद्धिको स्वरमा आफ्नो ऐक्यबद्धता जनाउँदै चन्द्रागिरिमा यस्तोे महत्वपूर्ण कार्यक्रम आयोजना गरेकोमा आयोजकलाई धन्यवाद व्यक्त गरे । २०७५ सालअसार २९–३१ सम्मजारी त्रिदिवसीय कार्यक्रममा हिमवत् खण्ड अन्र्तगतका २४ राष्ट्रका स्रष्टाहरुको सहभागी रहेको थियो ।

सम्बन्धित समाचार

सरकारी तथा गैह्रनाफामूलक संघ–संस्थालाई भारत सरकारको एम्बुलेन्स तथा स्कुल बस उपहार
सरकारी तथा गैह्रनाफामूलक संघ–संस्थालाई भारत सरकारको एम्बुलेन्स तथा स्कुल बस उपहार
  • २०७५ श्रावण ७, ०७: १५: ५३

नयाँ विकल्पकाठमाडौं–काठमाडौंस्थित भारतीय राजदूतावासले स्वास्थ्य तथा शिक्षाको क्षेत्रमा काम गरिरहेका नेपालका विभिन्न सरकारी तथा गैरनाफामूलक संघ– संस्थाहरुलाई यही बैशाख ९...

काभ्रेमा भारत सरकारको सहयोगमा दुई वटा विद्यालयको निर्माण गरिँदै
काभ्रेमा भारत सरकारको सहयोगमा दुई वटा विद्यालयको निर्माण गरिँदै
  • २०७५ श्रावण ७, ०७: १५: ५३

नयाँ विकल्पकाठमाडौं–राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव मणिराम गेलाल, भारतीय राजदूतावासको राजनीतिक प्रभागकी प्रथम सचिव सौम्या सी र रोशी गाउँपालिकाका मेयरको उपस्थितिमा...

भारतको सहयोगमा कुमारी छेँ र कुमारी निवास पुनर्निर्माण सुरु
भारतको सहयोगमा कुमारी छेँ र कुमारी निवास पुनर्निर्माण सुरु
  • २०७५ श्रावण ७, ०७: १५: ५३

काठमाडौं । भारत सरकारको सहयोगमा ललितपुरको पाटनस्थित कुमारी छेँ र कुमारी निवासको पुनर्निर्माण हुने भएको छ । नेपालका लागि भारतीय...

भर्खरै

TOP