May 14, 2021, Friday

गच्छदार मनाउँदा कांग्रेसमा बबण्डर

काठमाडौं । नेपाली कांग्रेसमा गत असोज २९ गते नेपाल लोकतान्त्रिक फोरमलाई बिलय गरेका विजयकुमार गच्छदारलाई मनाउने बिषयलाई लिएर कांग्रेसमा बिबाद चुलिएको छ ।

एकातिर गत स्थानीय निर्वाचनको समिक्षा गर्न अहिलेसम्म नसकेको कांग्रेस अर्कोतिर गच्छदारसहित कांग्रेसमा प्रवेश गरेका फोरम लोकतान्त्रिकका नेता र कार्यकर्तालाई मनाउने बिषयलाई लिएर कांग्रेसमा किचलो शृरु भएको हो । गच्छदारले पार्टी एकता हुँदा आफूलाई दिएको आश्वासन र सहमति कार्यानवयन गर्न पार्टी नेतृत्वलाई यसअघि नै दबाब दिएका थिए ।

गच्छदारले आफू र आफ्ना नेता, कार्यकर्तालाई कांग्रेसले समायोजन नगरेमा पार्टीबाट अलग हुने चेतावनी दिइसकेका छन् । गच्छदारको चेतावनीबाट हच्किएका सभापति देउवाले पहिलो चरणमा गच्छदारसँग कांग्रेस प्रवेश गरेका फोरम लोकतान्त्रिकका सदस्यहरुलाई क्रियाशिल सदस्यता वितरण गर्ने कार्य शुरु गरेको छ ।

गच्छदार निकटकालाई नयाँ क्रियाशिल सदस्यता वितरण गर्ने बहानामा सभापति देउवाले आफ्नो गुट बलियो बनाउन जताभावी सदस्यता बितरण गरेको भन्दै संस्थापन इतरका नेताहरु देउवासँग सशंकित भएका छन् ।

गच्छदारले केन्द्रीय समितिमा १५ जना आफ्ना कार्यकर्तालाई समावेस गर्न दबाब दिइरहेका छन् भने उनीसँगको सहमतिलाई कार्यान्वयन गर्न समेत महासमिति भेला आवश्यक पर्छ । महासमिति भेलापूर्व नै गच्छेदारसाग आएका नयाँ कार्यकर्तालाई क्रियाशिल सदस्यता दिन सभपाति देउवाको निर्देशनमा पार्टी केन्द्रीय कार्यालयले काम गरिरहेको स्रोतले जनायो ।

यसका लागि सभापति देउवाले गच्छदारका करिब १७ हजार नयाँ कार्यकर्तालाई सदस्यता वितरण गर्ने योजना बनाएका छन् । यही बहानामा आफू निकटका र प्रभावमा रहेका जिल्लामा नयाँ सदस्यता फारम पठाएको सूचना आफूले पाएको नेता अर्जुननरसिंह केसी वताउँछन् ।

क्रियाशिल सदस्यता बितरण गरेकै आधारमा महासमिति र महाधिवेशन प्रतिनिधिको संस्था थप्ने र संस्थापनइत्तर अर्थात रामचन्द्र पौैडेल र कृष्णप्रसाद सिटौला गुटलाई कर्नरमा पार्ने योजना बनाएका छन् ।

संस्थापन पक्षको यस्तो रणनीतिबाट झस्किएका पौडेल र सिटौलाले भने सभापति देउवालाई पहिले प्रदेश समितिको निर्वाचन र विभाग गठन तत्काल गर्न दबाब दिइरहेका छन् । तर सभापति देउवा भने आफू पराजित हुने प्रदेश समिति गठन नगरी पेलेरै जाने मनस्थितिमा छन् । रुपन्देही, सर्लाही लगायतका जिल्लामा आफूखुसी र बिधि बिधान विपरित सदस्यता बितरण हुन थालेको सूचना प्राप्त भइसकेको नेता केसी बताउँछन् ।

सम्बन्धित समाचार

शुक्रबार थपिए काेराेनाका ८ हजार ५२० जना नयाँ संक्रमित, २०३ को मृत्यु
शुक्रबार थपिए काेराेनाका ८ हजार ५२० जना नयाँ संक्रमित, २०३ को मृत्यु
  • २०७५ श्रावण १४, ०७: ४२: ४५

नयाँ विकल्प, काठमाडाैं- शुक्रबार थप ८ हजार ५२० जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४...

जसपाकाे संसदीय दलकाे नेतामा राजेन्द्र महतो चयन
जसपाकाे संसदीय दलकाे नेतामा राजेन्द्र महतो चयन
  • २०७५ श्रावण १४, ०७: ४२: ४५

नयाँ विकल्प, काठमाडाैं- जनता समाजवादी पार्टी (जसपा) महन्थ ठाकुर पक्षले राजेन्द्र महतोलाई संसदीय दलको नेता चयन गरेको छ । बिहीबार...

देउवाको दनक ओली वा नेपाललाई, भोट बादल कि देवकोटालाई ?
देउवाको दनक ओली वा नेपाललाई, भोट बादल कि देवकोटालाई ?
  • २०७५ श्रावण १४, ०७: ४२: ४५

नयाँ बिकल्प,काठमाडौं । पार्टीको आन्तरिक जीवन र बहुदलिय प्रतिष्पर्धात्मक राजनीतिमा समेत आफ्ना सहयात्री र कार्यकर्तालाई भन्दा अन्य दलका नेतासँग सम्वन्ध...

भर्खरै

TOP