May 14, 2021, Friday

मदिरा र लागूऔषधको खुल्ला प्रयोगले बलात्कार बढ्योः गृहमन्त्री

काठमाडौ । गृहमन्त्री रामबहादुर थापा बादलले बलात्कारका घटनामा बृद्धि हुनुको मुख्य कारण निर्वाध मदिरा सेवन र लागू औषधीको निर्बाध ओसार प्रसार भएको ठोकुवा गरेका छन् । विहिबार प्रतिनिधिसभाको बैठकमा सार्वजनिक महत्वको बिषयमा सदनलाई जानकारी दिँदै गृह मन्त्री थापाले कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिका २ बस्ते सरस्वती माविमा अध्ययनरत १३ बर्षीया निर्मला पन्त लगायतका अन्य बिशोरी, बच्चा र महिलाको बलात्कार हुनुको पछि मदिरा र लागूऔषध नै मुख्य कारण भएको बताएका हुन् ।

उनले बलात्कार पछि हत्या भएको घटनाप्रति यसलाई नियन्त्रण गर्न सरकार कठोर कदम चाल्दै गरेको भन्दै घरेलु हिंसा बढ्नुको कारण घरेलु मदिराको निर्वाध र खुला कारोबार र सेवन भएको दाबी गरे । उनले बलात्कारका घटनाप्रति समग्र मुलुकको ध्यानाकर्षण भएको बताए पनि अन्य घटनाका दोषीमाथि कारबाही वा छानबिनको बारेमा भने स्पष्ट बताएनन् । गृहमन्त्री थापाले साउन १० गते प्रहरीले खोजतलास गर्दा साउन ११ गते नगरको वार्ड नं १८ स्थित उखुबारीमा शब भेट्टिएको जनाए । उनले मोहनियालका २२ को जीवन घर्तीमगर र दीपक मेघीलाई नियन्त्रणमा लिइएको जानकारी दिए ।

सम्बन्धित समाचार

प्रधानमन्त्री ओलीले विश्वासको मत पाएनन्
प्रधानमन्त्री ओलीले विश्वासको मत पाएनन्
  • २०७५ श्रावण २१, १२: १९: ०९

नयाँ विकल्प, काठमाडाैं- प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएका छन् । विश्वासको मत लिने प्रस्ताव संसदबाट बहुमतले अस्वीकृत भएपछि प्रधानमन्त्री...

नेकपा एमालेका यी सांसद, जाे प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासकाे मतदान दिएनन्
नेकपा एमालेका यी सांसद, जाे प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासकाे मतदान दिएनन्
  • २०७५ श्रावण २१, १२: १९: ०९

नयाँ विकल्प काठमाडाैं- प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासकाे मत लिने संसदमा नेकपा एमालेकै सांसदहरू अनुपस्थित भएका छन् । माधव नेपाल...

खनाल-नेपाल समूहको स्थायी कमिटी बैठक बस्दै
खनाल-नेपाल समूहको स्थायी कमिटी बैठक बस्दै
  • २०७५ श्रावण २१, १२: १९: ०९

नयाँ विकल्प, काठमाडाैैं- नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) एमाले माघव नेपाल- झलनाथ खनाल पक्षकाे स्थायी कमिटी बस्दै छ ।...

भर्खरै

TOP