May 18, 2021, Tuesday

बाल प्रेम विवाहको समस्या बढ्दो

काठमाडौं । बालअधिकारकर्मी तथा बालबालिकाको क्षेत्रमा काम गर्ने संघ संस्थाका प्रतिनिधीहरुले पछिल्लो समय देशैभरि बाल प्रेम विवाहको समस्या बढ्दै गएको बताएका छन् । बालविवाहको समस्या धेरै रहेको काभ्रेको पाँचखाल नगरपालिकाका उपमेयर लक्ष्मी दनुवारले सामाजिक सञ्जाल तथा मोवाईलका कारण यो समस्या झन बढेको बताईन् ।

बालविवाह बिरुद्धको सय दिने सञ्चार अभियानका अवसरमा राजधानीमा गरिएको कार्यक्रममा सामुदायिक रेडियो प्रसारक संघका अध्यक्ष सुवास खतिवडाले एफएम रेडियोहरुले बालविवाह भनेको गैरकानुनी कार्य हो भन्ने जानकारी प्रदान गरिराखेको बताए ।

देशभरिका सामुदायिक रेडियोहरुको नेटवर्क सीआईएनका प्रमुख दीपक आचार्यले सय दिनमा गाउँगाउँ टोल–टोलमा पुगेर ११ हजार नागरिकको बालविवाह रोक्ने प्रतिबद्धता रेकर्ड गरेर रेडियोबाट प्रसारण गरेर एसियामै नयाँ रेकर्ड कायम गर्न सफल भएको बताए ।

राष्ट्रपतीदेखि, प्रमुख राजनीतिक दलका नेताहरु, मन्त्रीहरु, ७ वटै प्रदेशका मुख्यमन्त्री तथा सामाजिक बिकास मन्त्रीहरु, सांसदहरु, कर्मचारी, अधिकारकर्मी, नागरिक अगुवा, बिद्यार्थी, किसान, व्यवसायी आदि सबै वर्ग र समुदायलाई भेटेर बालविवाह बिरुद्ध उहाँहरुको प्रतिबद्धता लिदा धेरै परिवर्तनका आधारहरु देखिएको आचार्यले बताए ।

सिन्धुपाल्चोकमा हुन लागेका दुई वटा बालविवाह रोक्न सफल सफलता भण्डारीले पछिल्लो समय प्रेममा परेर धेरैले बालविवाह गरिरहेको बताए । जिल्लाबाल सञ्जाल काभ्रेका अध्यक्ष रञ्जन पौडेलले बालविवाह रोकिएको समाचारहरु आउने तर गाँउमा पुग्दा उनीहरु विवाह बन्धनमै बाँधिएको पाइने गरेकाले भैसकेको विवाहलाई रोक्नुभन्दा पनि त्यो अवस्थामा पुग्नै नदिने गरि बिशेष अभियानको आवश्यकता रहेको बताए ।

बालअधिकारकर्मी एवं वल्डभिजन इन्टरनेशनल नेपालका वकालत तथा पैरवी निर्देशक पुस्कर खातीले अभिभाबकले आफ्ना छोराछोरीलाई राम्रो दिशानिर्देश र परामर्श गर्न नसके बिचैमा पढाई छोडेर प्रेम विवाह गर्ने सम्भावना हुने भएकाले अभिभावक सबै भन्दा बढि सजक र सचेत हुनुपर्ने आवश्यकता औल्याए ।

सम्बन्धित समाचार

भारतले बनाएको कोरोना विरूद्धकाे औषधि के हाे ?
भारतले बनाएको कोरोना विरूद्धकाे औषधि के हाे ?
  • २०७५ श्रावण २८, ०७: ३६: २३

नयाँ विकल्प, काठमाडाैं- भारतका रक्षामन्त्री राजनाथ सिंह र स्वास्थ्य मन्त्री हर्ष वर्द्धनले सोमबार भारतमा उत्पादित कोभिड विरुद्धको औषधि टु–डिजी अर्थात्...

पत्रकार कार्कीको उपचारको क्रममा निधन
पत्रकार कार्कीको उपचारको क्रममा निधन
  • २०७५ श्रावण २८, ०७: ३६: २३

नयाँ बिकल्प,ललितपुर । नेपाल प्रेस युनियन ललितपुर जिल्ला समितिका संस्थापक अध्यक्ष तथा अग्रज पत्रकार बटुकृण कार्कीको सोमबार धापाखेलस्थित समेरु अस्पतालमा...

मदन-आश्रितकाे रहस्यमय मृत्युः   गुपचुपमै विते २८ बर्ष
मदन-आश्रितकाे रहस्यमय मृत्युः गुपचुपमै विते २८ बर्ष
  • २०७५ श्रावण २८, ०७: ३६: २३

नयाँ विकल्प काठमाडाैं- नेपाल कम्युनिष्ट आन्दाेलनका शिखर पुरूष मदन भण्डारी तथा जिवन आश्रितकाे चितवन स्थित दासढुङ्गामा कार दुर्घटनामा मत्यु भएकाे...

भर्खरै

TOP