अमेरिकाको पेन्सिल्भेनियाका अधिकारीहरूले त्यहाँको रोमन क्याथलिक गिर्जाघरले वर्षौँदेखि बालबालिकामाथि हुँदै आएको यौनशोषणका सयौँ घटनाहरू ढाकछोप गर्न खोजेको बताएका छन्। एउटा बृहत् न्यायिक समितिले छानबिनपछि तीन सय इसाई क्लर्जी र एक धर्मगुरुको पनि नाम उल्लेख गरी १४ सय पृष्ठको प्रतिवेदन प्रकाशित गरेको छ ।
सो प्रतिवेदनमा छवटा धार्मिक प्रदेशका एक हजारभन्दा बढी बालबालिका र किशोरकिशोरीहरू उनीहरूबाट यौन उत्पीडनको सिकार भएको जनाइएको छ । उजुर परेका कतिपय घटनाका कागजपत्र हराएको र केही पीडितहरू मुद्दा दायर गर्न डराएका कारण वास्तविक पीडितको सङ्ख्या निकै धेरै हुन सक्ने एउटा न्यायिक समितिले बताएको छ । पीडितहरूलाई नङ्ग्याउने, पिट्ने र बलात्कार गर्ने गरिएको प्रतिवेदनमा उल्लेख छ ।
अठार महिनाका बच्चादेखि किशोरीहरू गिर्जाघरका क्लर्जी र धर्मगुरुको दुव्र्यवहारमा परेको विवरण सो समितिले दुईवर्षे अनुसन्धानको क्रममा भेटिएको छ । तर त्यस्ता घटना र तिनमा संलग्न क्लर्जी तथा धर्मगुरुका गतिविधिहरू लुकाउने र कसैले विरोध गरे भनेपनि उनीहरूको बचाउमा गिर्जाघरका उच्च पदस्थ अधिकारीहरू लागेको बृहत् इजलासको आरोप छ।
निकै लामो समय अघिका कैयौँ मुद्दाहरूमा कानुनी कारबाही गर्न गाह्रो भएको अधिकारीहरूको भनाइ छ । पेन्सिल्भेनिया राज्यका महान्यायाधिवक्ता जोस साफिरोले बालबालिकाको यौनशोषणलाई गिर्जाघरका अधिकारीहरूले निरन्तर र जानीजानी खेल वा कुस्ती भनी हल्का रूपमा टिप्पणी गरेको बताएकी छन् ।
धेरै पीडितहरूका अनुसार लट्ठाउने औषधि दिएर वा अरू किसिमले प्रभावित पारेर उनीहरूको शोषण गरिएको थियो । केहीले आफूसँग दुव्र्यवहार भएको कुरा परिवारका सदस्यलाई सुनाउँदा उल्टै कुटाइ खानुपरेको बताएका छन् । पेन्सिल्भेनियामा झन्डै ३० लाख क्याथोलिकहरू बसोबास गर्छन् । सो प्रतिवेदनमा सयौँ व्यक्तिको नाम उल्लेख गरिएको छ । तर संवैधानिक अधिकार उल्लङ्घन हुने भन्दै केही नाममा संशोधन गरिएको छ । महान्यायाधिवक्ता जोस साफिरोले ती संशोधित नामहरू हटाइने बताएका छन् । तर सरकारी अधिकारीहरूले भने अनुसन्धान जारी रहेको र अझ धेरै मुद्दाहरू बाहिर आउन सक्ने जनाएका छन् ।– बीबीसी
नयाँ बिकल्पकाठमाडौँ – प्रतिनिधि सभा पुनःस्थापना भएपछि नयाँ सरकार गठनको चर्चा चलिरहेका बेला नेपालको उत्तरी छिमेकी देश चीन र दक्षिणी...
नयाँ बिकल्प,काठमाडौं । प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णयसँगै दुुई समूहमा बिभाजित सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई मिलाउन...
काराकास–भेनेजुएलाले बुधबार युरोपेली युनियनका राजदूतलाई राजधानी काराकास ७२ घण्टाभित्र छाड्न आदेश दिएको छ । युरोपेली युनियनले भेनेजुएला विरुद्ध प्रतिबन्धको घोषणा...