June 19, 2021, Saturday

प्रकाण्ड पुनः पक्राउ

काठमाडौं । कुनै बेला आफ्ना सहयोगीयोद्धा र सहयात्रीको रुपमा रहेका मित्रलाई गृहमन्त्री रामबहादुर थापा बादल र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गैरकानूनी रूपमा चन्दा असुली गरेको आरोपमा नेपाल कम्युनिस्ट पार्टी विप्लव समूहका प्रवक्ता खड्ग विश्वकर्मा प्रकाण्डलाई जसरी पनि जेलमा कोच्ने योजना बनाएका छन् ।

गत साउन २२ गते पक्राउ परी हिरासतमा राखिएका प्रकाण्डलाई सर्वोच्च अदालतको आदेशमा शुक्रबार रिहा गर्ने आदेश दिएलगत्तै काठमाडौं प्रहरी परिसरको टोलीले उनलाई पक्राउ गरेको थियो ।

केही महिनाअघि काभ्रेमा एनसेल टावरमा आगजनी गराएको अभियोगमा उनलाई फेरि पक्राउ गरिएको छ । सार्वजनिक सम्पति नष्ट गरेकोसमेत अभियोग लागेपछि उनलाई पक्राउ गरिएको प्रहरीले दाबी गरेको छ । यसअघि प्रकाण्डका छोरा नरेन्द्रबहादुर विश्वकर्माले उनलाई गैरकानूनी रुपमा थुनामा राखेको बताउँदै बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए । न्यायाधीश चोलेन्द्रसमशेर राणा र तेजबहादुर केसीको संयुक्त इजलासले प्रकाण्डलाई रिहा गर्न आदेश दिएको थियो ।

करिब सात करोड रुपैयाँ चन्दा असुली गरेको अभियोगमा नेपाल प्रहरीको विशेष ब्युरोले उनलाई दक्षिणकालीबाट पक्राउ गरेको थियो । तर उनले त्यति रकम को को बाट असुली गरेको भन्ने प्रमाण प्रहरीले पेश गर्न नसकेपछि सर्वोच्चले रिहा गर्न आदेश दिएको थियो । अन्नपूर्ण होटलका एक संचालकले प्रकाण्डबिरुद्ध चन्दा उठाएको, करकापमा पारेको जस्ता सूचना प्रहरीलाई दिएको आधारमा उनलाई प्रहरीले गिरफ्तार गरेपनि सो अभियोग बलियो नभएपछि अर्को अभियोग थप गरिएको हो ।

भूमिगत भएका नेत्रविक्रम चन्द विप्लवलाई चिढ्याउन प्रचण्डको डिजाइनमा गृहमन्त्री बादलले यस्तो कदम चालेको हुन सक्ने गृहमन्त्रालय स्रोतले जनायो ।

सम्बन्धित समाचार

मेलम्ची र हेलम्बुका बाढी पीडितलाई आयल निगमले दिए ग्यास लिलिण्डर र ग्यास चुल्हो
मेलम्ची र हेलम्बुका बाढी पीडितलाई आयल निगमले दिए ग्यास लिलिण्डर र ग्यास चुल्हो
  • २०७५ भाद्र ४, ०९: ०१: ३२

नयाँ बिकल्प, काठमाडौं । तीन दिनअघि आएको अबिरल वर्षाका कारण बाढी र पहिरोबाट जनधनको क्षति व्यहोरेका सिन्धुपाल्चोक जिल्लाको मेलम्ची र...

प्रदेश २ का ७ जिल्लाको पार्टी समायोजनबिरूद्ध उजुरी परेपछि कांग्रेस क्रियाशिल सदस्यता अड्कियाे
प्रदेश २ का ७ जिल्लाको पार्टी समायोजनबिरूद्ध उजुरी परेपछि कांग्रेस क्रियाशिल सदस्यता अड्कियाे
  • २०७५ भाद्र ४, ०९: ०१: ३२

नयाँ बिकल्प, काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म १४ औं महाधिवेशन काठमाडौंमा गर्ने घोषणा गरे...

ढुंगा, गिटी निकासी नगर्न सर्वोच्चको अन्तरिम आदेश
ढुंगा, गिटी निकासी नगर्न सर्वोच्चको अन्तरिम आदेश
  • २०७५ भाद्र ४, ०९: ०१: ३२

नयाँ विकल्प काठमाडौं – सर्वोच्च अदालतले ढुंगा, गिटी बालुवा निकासी गर्ने गरी सरकारले आर्थिक वर्ष २०७८–७९ को बजेट वक्तव्यमा गरेको...

भर्खरै

TOP