May 14, 2021, Friday

चौथौ बिम्स्टेक सम्मेलनले दिएको सन्देश

सात राष्ट्रहरुको बिम्स्टेक सम्मेलन यही भाद्र १४ र १५ गते नेपालमा सम्पन्न भएको छ । सम्मेलनमा भाग लिने सात राष्ट्रहरुमा बंगलादेश, भूटान, भारत, म्यानमार, नेपाल, श्रीलंका, थाईल्याण्ड रहेका थिए । छिमेकी राष्ट्र हुँदै थाईल्याण्डसम्म जोडिएको यस सम्मेलनको नेपाली जनताले धेरै अपेक्षाहरु गरेका हुन सक्छन् ।

बीस वर्षदेखि गठन भएको बिम्स्टेक सम्मेलनले सात राष्ट्रहरुबीच एक आपसमा भातृत्व विकास सँगसँगै जनता–जनताबीच पनि सुमधुर सम्बन्ध कायम गर्ने विषयमा सम्मेलन केन्द्रीत भएको देखिन्छ ।

यो सम्मेलन नेपालका बारेमा धेरै ज्ञान रहेका व्यक्तित्वहरुले भाग लिएका कारण पनि महत्वपूर्ण मानिएको छ । बिम्स्टेक सम्मेलनलाई सात राष्ट्रहरुबीच बहुआयामिक व्यापार सम्बन्ध विकास गर्ने तथा आर्थिक रुपमा पिछडिएको जनतालाई उत्थान गर्ने विषयमा सम्मेलनमा प्रस्तावहरु आएता पनि उक्त प्रस्तावहरु मूर्त रुप लिन भने सकेन ।

सात राष्ट्र प्रमखुहरुले निकै गहन र जिम्मेवारी पूर्ण रुपमा ग्रहण गरिएको यो सम्मेलनलाई सार्थकतामा परिणत गर्न सके भविष्यमा बिम्स्टेकको महत्व बढ्दै जाने र अन्य राष्ट्र पनि आकर्षित हुने सम्भावना देखिन्छ । चौथो बिम्स्टेक सम्मेलनमा सातै राष्ट्रलाई समृद्ध र विकाससिल बनाउन समय लागे पनि निरन्तर सक्रियताको खाँचो रही रहने छ ।

त्यसैले भारतका महामहिम प्रधानमन्त्री नरेन्द्र मोदीले सम्बोधन भाषणमा भातृत्व विकासमा विषेश जोड दिनुभएको छ । विमस्टेक सम्मेलनको महत्वलाई निरन्तरता दिन भारतका प्रधानमन्त्री मोदीले भारतमा सातै राष्ट्रका यूवाहरुको सम्मेलन, महिला सम्मेलन गर्न आफू तयार भएको बताउनुभयो । यस्तो सम्मेलनले जनता–जनताबीच आपसी सम्बन्ध विस्तार हुने र व्यापार प्रवद्र्धनमा समेत ठूलो टेवा पुग्ने देखिन्छ । त्यसैगरी अन्य राष्ट्रका प्रमुखहरुले पनि बिम्स्टेक सम्मेलमा एक आपमा सम्बन्ध विस्तार, शान्ति र सातै राष्ट्रको समृद्धिमा जोड दिएको पाइएको छ ।

लोकतान्त्रिक पद्दति भएको मुलुकमा विकासलाई प्रमुख प्राथमिकता दिएको हुन्छ । त्यसैले पनि भारतका प्रधानमन्त्रीले जनताबीच सुमधुर सम्बन्ध विस्तार गर्न सन्जाल बनाउने कुरामा जोड दिनुभएको हुनुपर्छ । बिम्स्टेक राष्ट्र–राष्ट्रबीच सडक सन्जालदेखि रेलमार्ग लगायत जलमार्गको समेत विकास गर्न सकेमात्र सातै राष्ट्रका जनता लाभान्वित हुने र जनताबीच सम्बन्ध सुमधुर बन्दै जाने र व्यापार आदान प्रदान हुनेछ । बिम्स्टेक सम्मेलनमा घोषणा गरिएका १८ बुंदे घोषणापत्रले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोग गराउने प्रतिबद्धता जाहेर गरिएको छ ।

१८ बुंदे घोषणापत्रमा भनिएका कुरा निकै राम्रा र गहकिला भएको हुँदा कार्यान्वयन पक्ष दरिलो बनाउन सकेमात्र घोषणापत्रले सार्थकर्ता पाउने छ । बिम्स्टेक सम्मेलनको १८ बुंदे घोषणापत्रमा भनिएको जस्तो सन् २०३० सम्ममा गरिबी अन्त्य गरिने, अन्तरदेशिय, राजमार्ग, जलमार्ग, हवाईमार्ग, विस्तार गरिने, यातायातको सन्जाल जोड्ने, जनता–जनताबीच इन्टरनेट, मोबाइलको पहुँच पु¥याउने जस्ता जनमुखी कार्य योजना राम्रो भएता पनि कार्य सञ्चालन कहिलेदेखि गर्ने भन्ने कुराको यकिन हुन सकेको छैन् ।

त्यसैगरी स्वतन्त्र व्यापार, बिम्स्टेक राष्ट्रहरुबीच अपराधिक गतिविधिमा रोक लगाउन कडा कानुन, आंतकवाद, जलवायु परिवर्तन, ऊर्जा संकट, उद्योग स्थापना, कृषि क्षेत्रको विकासका लागि वैज्ञानिक कृषि योजना, भूपरिवेष्ठित देशको हितका लागि ब्लुइकोनोमी जस्ता बहुआयामिक वस्तुमा जोड दिएको हुँदा बिम्स्टेक सम्मेलन वर्तमान अवस्थामा सफल र चर्चाको विषय रह्यो । तर भविष्यमा यसले गर्ने कार्य प्रगतिको खाका भने बनि नसकेकोले अहिले नै सबै कुराको एकिन गर्न सजिलो छैन ।

बिम्स्टेकको हालसम्म कानुनी हैसियत प्राप्त नभइसकेको वडापत्र बनाउनमा २० वर्षसम्म पनि कुनै रुपरेखा नदेख्नुले सार्क जति सार्थकतामा प्रश्न चिन्ह भने खडा भएकै छ । त्यसैले पाचौं बिम्स्टेक सम्मेलन ढाकामा हुने भनिएको हुँदा अहिलेदेखिनै तयारीमा लागे मात्र बिम्स्टेकको स्थायी सचिवालय र सातै राष्ट्रमा सम्र्पक कार्यालयहरु समेत खोल्न सके बिम्स्टेकको सम्मेलनले सार्थकर्ता पाउन सक्छ । सचिवालय तथा सम्र्पक कार्यालयहरुले गर्ने कार्य चौथौ सम्मेलनबाट पारित भएका १८ बुंदे घोषणापत्रको सफल कार्यान्वयनमा लान समेत सजिलो पर्ने देखिन्छ ।

सम्बन्धित समाचार

नयाँ विकल्प अब डिजिटल संस्करणमा पनि
नयाँ विकल्प अब डिजिटल संस्करणमा पनि
  • २०७५ भाद्र १८, ०८: ४२: ५४

काठमाडौं । नेपाली पत्रकारिताको क्षेत्रमा विगत तीन दशकदेखि अनवरत रुपमा प्रकाशित नेपालको राष्ट्रिय साप्ताहिक नयाँ विकल्प अब डिजिटल संस्करण सहित...

असारे विकासले ओझेलमा परेको विपद् व्यवस्थापन
असारे विकासले ओझेलमा परेको विपद् व्यवस्थापन
  • २०७५ भाद्र १८, ०८: ४२: ५४

वर्षायाम सुरु भएसँगै देशका विभिन्न स्थानहरुमा बाढी पहिरो र डुबान पनि सुरु भइसकेको छ । गत साता बिहिबारबाट भएको अबिरल वर्षाका...

नेपालमा लकडाउनको १०० दिन र विश्व बैंकको प्रतिवेदन
नेपालमा लकडाउनको १०० दिन र विश्व बैंकको प्रतिवेदन
  • २०७५ भाद्र १८, ०८: ४२: ५४

विश्व बैंकले गत साता प्रकाशित गरेको प्रतिवेदनको अनुसार नेपाल निम्न आय भएको मुलुकबाट निम्न मध्यम आय भएको मुलुकको सूचीमा उक्लिएको...

भर्खरै

TOP