May 19, 2021, Wednesday

बिम्स्टेकको उपादेयतामा नयाँ प्रश्न

सार्कलाई अब कसरी ब्युँताउने र सैनिक विवादबाट कसरी जोगिने ?

हरिविनोद अधिकारी

१. बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास ९द्यबथ या द्यभलनब िक्ष्लष्तष्बतष्खभक ायच ःगतिष् क्भअतयचब ित्भअजलष्अब िबलम भ्अयलयmष्अ ऋययउभचबतष्यल० बिम्स्टेक। यसपटक नेपालको अध्यक्षतामा सातओटा देशहरुको शिखर सम्मेलन सम्पन्न भयो अगस्ट ३१ अर्थात् भाद्र १५ गते ।

२.बङ्गालको खाडीले छुने र बङ्गालको खाडीको प्रत्यक्ष प्रभावमा रहेका सातओटा देशहरु भारत, बाङ्लादेश,श्रीलङ्का, म्यान्मार, थाइल्यान्ड, भुटान र नेपाल मिलेर तयार भएको एउटा खुकुलो सङ्गठन हो बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (द्यबथ या द्यभलनब िक्ष्लष्तष्बतष्खभक ायच ःगतिष् क्भअतयचब ित्भअजलष्अब िबलम भ्अयलयmष्अ ऋययउभचबतष्यल— बिम्स्टेक)।

३.यसपटक नेपालको अध्यक्षतामा सातओटा देशहरुको शिखर सम्मेलन सम्पन्न भयो यही २०७५ भाद्र १४ र १५ अर्थात् अगस्ट ३० र ३१ तारिख २०१८मा । यसमा सहभागी हुनुभयो भारतबाट प्रधानमन्त्री श्री नरेन्द्र मोदी, श्रीलङ्काबाट राष्ट्रपति श्री मैत्रीपाला श्रीसेना, बाङ्लादेशबाट प्रधानमन्त्री श्रीमती शेख हसिना वाजेद,म्यान्मारबाट राष्ट्रपति श्री उ विन म्यिन्त, थाइल्यान्डबाट प्रधानमन्त्री महारथी श्री प्रयुत चान अ चान,भुटानबाट प्रधान न्यायाधीश तथा हालको अन्तरिम सरकारका मुख्य सल्लाहकार श्री लिन्पो छिरिङ् वाङचुक तथा नेपालबाट प्रधानमन्त्री श्री केपी शर्मा ओली । चार वर्ष अघि तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको समयमा प्राप्त बिम्स्टेकको कार्यभार सम्पन्न गर्न नेपाल सक्षम भएको छ र अबको कार्यभार श्रीलङ्काको रहनेछ । नेपालले श्रीलङ्कालाई त्यसको अध्यक्षता सुम्पेको छ आगामी समयमा यसको शिखर सम्मेलनको आयोजना पनि श्रीलङ्काले गर्नेछ ।

४.बङ्गालको खाडी भन्ने बित्तिकै नेपालमा मनसुनको बेलामा पानीका घ्याम्पाहरु आकाशमा पठाएर वर्षा गराउने उत्पत्ति स्थानको रुपमा र आफ्ना नदीहरु गएर समुद्रमा पोखिने ठाउँको रुपमा सम्झना हुन्छ । सिधै समुद्रमा आफ्नो पहुँच नभए पनि नेपाल र भुटानमा खाडीबाट आएका वाष्पयुक्त वादलले पानी पार्ने भएकाले सायद सम्बन्ध बनेको होला, नत्रभने खाडीले प्रत्यक्ष छोएको भने होइन । तर पनि समूहगतरुपमा सबैभन्दा बढी जनसंख्या भएको क्षेत्रमा गरिबी निवारण, विद्युत तथा सूचना प्रविधिको सम्पर्क, कृषिको विकास, पर्यटनको विकास हुन्छ र व्यापार प्रवद्र्धन हुन्छ भने नेपालले समूहभित्र रहेर काम गर्न सकिन्छ भन्ने सम्झेर नै यसमा नेपालको प्रवेश भएको देखिन्छ ।

५.बिम्स्टेकको खासै बडापत्र पनि छैन र कार्यालयको खासै व्यवस्थापन पनि देखिँदैन । यसमा पनि सार्कमा झैँ जनसंख्या, भूगोल र व्यापारको हिसाबले पनि भारत नै ठूलो देश देखिन्छ र हालीमुहाली पनि भारतकै हुनेछ । भाद्र १४मा भएको शिखर सम्मेलनको उद्घाटन समारोहमा पनि भारतका प्रधानमन्त्रीको खटन पटनले त्यस्तै देखाउँथ्यो । धेरै प्रस्ताव मोदीले राख्दा अरु निरीह भएर औपचारिक भाषणमा रमाएको देखियो । अरु भन्दा पनि यो क्षेत्रले विश्वलाई दिन सक्ने भनेको बङ्गालको खाडीले छोएका देशहरुले विश्व समुदायमा जस्तो सुकै योगदान पनि दिनसक्ने भन्ने हो आर्थिक, व्यापारिक, साँस्कृतिक । तर यसमा कडा प्रयास आवश्यक छ र विश्वले खेपेका नराम्रा पक्षहरुलाई यो क्षेत्रले समाधान दिनसक्ने सम्भावना पनि छ । तर प्रयास इमान्दारिताका साथ हुनुपर्छ ।

६.त्यस्तो प्रयास प्रतिशोधका रुपमा भन्दा पनि विकासको रुपमा हुनुपर्छ । नयाँ नयाँ प्रविधिको रुपमा विकसित हुनुपर्छ । ज्ञानको र विज्ञानको रुपमा विकसित हुनुपर्छ । पूर्वीय दर्शनको उत्पत्ति भएको क्षेत्रले दिनसक्ने धेरै कुरा देखिन्छ तर इमान्दारिताको प्रयास र अनुसन्धानबाट मात्र सम्भव हुनेछ । नेपाल, भारत हिन्दू धर्मको र बुद्ध धर्मका प्रतिपादकका रुपमा, श्रीलङ्का, भुटान, थाइल्यान्ड तथा म्यान्मार बुद्धधर्मको विस्तार भूमिका रुपमा र बाङ्गलादेश इस्लाम धर्म धेरैले मान्ने देशको रुपमा परिचय प्राप्त जो भएको छ ।

७.भर्खरैजस्तो बिम्स्टेकमा महासचिवको व्यवस्था भएको छ, कार्यालय स्थापनाको प्रयास सुरु भएको छ र बिस्तारै बडापत्रको पनि व्यवस्था होला ।

८.भएका सातओटा देशहरुमा पनि आपसमा विवाद र मनोमालिन्य देखिन्छ । नेपाल र भुटानका बिचमा शरणार्थी समस्या समाधान हुन सकेको छैन, म्यान्मार र बाङ्गलादेशका बिचमा रोहिंगा मुसलमानको विषयलाई लिएर विवाद चर्केको छ र यो मुद्दा संयुक्त राष्ट्रसंघसम्म पुगेर विवाद जन्मेको छ । म्यान्मारका सेनापतिलाई कार्बाहीसम्म हुने कुरा भएको छ । म्यान्मारमा भर्खरैजस्तो प्रजातन्त्र स्थापना भएको छ र त्यसलाई जोगाउनु जरुरी छ भने थाइल्यान्डमा प्रजातन्त्रको पुनस्र्थापना कहिले हुने पत्तो छैन । यसरी आन्तरिक समस्यामा जेलिएको बिम्स्टेकका सहभागी देशहरुका बिचमा एकता कसरी भावी दिनमा सखल्ल रहला भन्ने पनि विवाद देखिन्छ ।

९.खासगरी विद्युतीय उर्जा र सूचना प्रविधिका हकमा पहुँच बढाउने कुरा हुँदा हुँदै सैन्य क्षमतामा यो क्षेत्रले वृद्धि गर्ने कुरा पनि थपिएको छ । नेपाल र भुटानका लागि सैन्य शक्तिको विस्तार जरुरी छैन र यी देशले कुनै पनि देशसँग तत्काल युद्ध वा विरोध गर्नु पनि छैन । खाडीले छोएका देशहरुसँग भारतले सैन्य वल वृद्धिको इच्छा देखाएको छ र यसले चीनसँगको सम्बन्धलाई कस्तो असर पार्ने छ भन्ने कुरामा भने यो क्षेत्रका देशहरुको ध्यान पुग्ने नै छ । नेपाल, म्यान्मार र थाइल्यान्डका लागि सैन्य विस्तारको प्रश्नले त्यति सहज हुने छैन र चीनको लगानी विस्तार भइरहेको बाङ्गलादेशमा पनि सैन्य विस्तारको समाचारले राम्रो हुने छैन ।

१०.एकातिर नेपाल सार्कको पनि अध्यक्ष हो र बिम्स्टेकको पनि अध्यक्षता गरेर शिखर सम्मेलन सम्पन्न गरेको छ । सार्कको भावी शिखर सम्मेलन अनिश्चित भएको सन्दर्र्भमा यो सम्मेलनको सफल संयोजनले अपजस पनि बोकाउने छ किनभने भारत र पाकिस्तानका बिचको खिँचातानीले सार्कको सम्मेलन हुन नसकेको जगजाहेर छ । हाम्रा प्रधानमन्त्री केपी शर्मा ओलीले सार्कको विकल्प बिम्स्टेक हुन सक्दैन भने पनि किन पाकिस्तान र भारतलाई मिलाएर सम्मेलन गर्न सक्नुभएन भन्ने प्रश्न उठाउनेहरु पनि छन् । पहिले सुशील कोइराला भन्ने प्रधानमन्त्री हुुनुहुन्थ्यो जसले भारत र पाकिस्तानलाई नेपालमा बोलाएर हात मिलाउन सक्नु भएको थियो । त्यो कूटनीतिक क्षमता अहिले पनि नेपालले देखाउन सक्नु जरुरी छ । मुखलेमात्र सार्क र बिम्स्टेक एउटै होइन भन्नु भन्दा कामले पनि पाकिस्तान, अफगानिस्तान र माल्दिब्सलाई एकैठाउँमा ल्याएर सम्मेलन गराउन सक्नु जरुरी छ । पाकिस्तानमा सरकार परिवर्तन भएको छ र अफगानिस्तान पनि सार्कको नयाँ सक्रिय सदस्यको रुपमा कार्यरत छ । ८ओटामध्ये ५ ओटा त अहिले पनि शिखर सम्मेलनमा आएकै थिए ।

११.संस्थागत विकास, गरिबी निवारण, कृषि, मत्स्य विकास, विद्युत, इन्धन तथा उर्जा शक्ति तथा सञ्चारमा आपसी पहुँच, व्यापार तथा लगानी, आतङ्कविरुद्ध प्रतिआतङ्कको व्यवस्थापन, देशहरुका विरुद्धको अपराधको रोकथाम, प्रविधिको सहकार्य, जनताका बिचमा प्रत्यक्ष पहुँच, साँस्कृतिक सहयोग, पर्यटन, पहाडी अर्थतन्त्र, समुद्री अर्थतन्त्र, यसका सहमतिका बुँदा देखिएका छन् । तर सैन्य सहयोग र सहकार्यका कुराले झस्काएको देखिन्छ ।

१२.कहीँ नयाँ नयाँ सँस्थाहरुको नेतृत्व र प्रचारको लोभमा शक्ति राष्ट्रहरुको बिचमा पेलिनु नपरोस् भन्ने कुरामा नेपाल सतर्क हुनु जरुरी छ । शक्ति राष्ट्रहरुमा नयाँ नयाँ खेल सुरु भएका छन् र उनीहरुका सम्बन्धहरु पुनर्संरचित हुँदै छन् । यसरी नयाँ संरचनामा जान लागेको विश्व सम्बन्धमा नेपालले खेल्ने भूमिकामा पनि कतै एकतर्फी नहोस् भन्ने पनि सोच्नु आवश्यक छ । भारत र पाकिस्तानसँग मिलेर सार्कलाई सक्रिय बनाउनु भनेको पक्कै पनि बिम्स्टेकलाई निष्क्रिय बनाउनु होइन तर कहीँ झाडीको दुईओटा चराको लोभमा हातको एउटा चरा पनि नउडोस् भन्नेमा भने सतर्क हुने हो कि ? बिम्स्टेकको शिखर सम्मेलनको आयोजनामा गर्व गराँै र सार्कको शिखर सम्मेलनको छिटै आयोजना गर्नका लागि कूटनीतिक प्रयास गरौँ र सम्पन्न गराआँै ।

१३. र अन्त्यमा, भन्नैपर्ने हुन्छ, बंगालको खाडीको प्रयासमा प्रत्यक्षतः भारतको केन्द्रीयता देखिएको छ जसले गर्दा भारतसँग बिच्किएका शक्ति राष्ट्रहरु तथा सार्कका अन्य सहयोगी देशहरुले यसलाई आगामी दिनमा कसरी लिने हुन्, त्यसमा बिम्स्टेकको भविष्य आधारित हुनेछ । नेपालले आफ्नो मध्यस्थ र तटस्थ छवि बनाउन सक्ला , नसक्ला भनेर चिन्ता लिने बाहेक हामीसँग अरु कुनै चासो देखिँदैन । हामीले जहाँ जहाँ प्रवेश गरे पनि , हाम्रो उपस्थितिले हामीलाई बन्धनमा नपारोस् भन्ने हुनुपर्छ ।

सम्बन्धित समाचार

व्यापारीलाई पोष्न खोपमा भ्रष्टाचार गर्दा कोरोना संक्रमितले ज्यान गुमाउनु पर्यो, ओलीले राजिनामा दिनु पर्छ
व्यापारीलाई पोष्न खोपमा भ्रष्टाचार गर्दा कोरोना संक्रमितले ज्यान गुमाउनु पर्यो, ओलीले राजिनामा दिनु पर्छ
  • २०७५ भाद्र १८, ०८: ४५: ४५

प्रधानमन्त्री केपी शर्मा ओलीले सदनमा प्रस्तुत गर्नु भएको विश्वासको मत लिने प्रस्तावको विषयमा आफ्नो मत राख्दै प्रमुख प्रतिपक्षी दलका नेता...

कोभिड—१९को विस्तार र स्वतन्त्र प्रेसको भूमिका
कोभिड—१९को विस्तार र स्वतन्त्र प्रेसको भूमिका
  • २०७५ भाद्र १८, ०८: ४५: ४५

१.कोभिड—१९को दोस्रो छालले नेपाललाई पनि छोप्यो भने हुन्छ । विश्वका देशहरुमा कोरोनाका भाइरसहरुले विभिन्न रुप लिएर विस्तारित हुन थालेका समाचारहरुले...

पशुपति नाथको शरणमा नै पुगेका हौँ त ?
पशुपति नाथको शरणमा नै पुगेका हौँ त ?
  • २०७५ भाद्र १८, ०८: ४५: ४५

१. नेपालमा प्रजातन्त्रको स्थापना, पुनस्र्थापना र फेरि पुनस्र्थापनाका घटनाहरुको कडीमै २०६३साल वैशाख ११ गते आएको थियो, जुन दिन जनताको आन्दोलनको...

भर्खरै

TOP