May 18, 2021, Tuesday

ज्योतिलाई हाम्रो विकास बैंक किन्ने सहमति

काठमाडौं । नेपाल राष्ट्र बैंकले ज्योति विकास बैंकलाई हाम्रो विकास बैंक प्राप्ति गर्ने सहमति प्रदान गरेको छ । राष्ट्र बैंक संचालक समितिले ज्योति विकास बैंकलाई हाम्रो विकास बैंक प्राप्ति गर्ने सहमति दिने निर्णय गरेको हो ।

ज्योति विकास बैंक राष्ट्रियस्तरको विकास बैंक हो । नुवाकोटमा केन्द्रीय कार्यालय रहेको हाम्रो विकास बैंक क्षेत्रीयस्तरको विकास बैंक हो । अहिले राष्ट्रियस्तरका विकास बैंकको चुक्ता पुँजी कम्तिमा पनि २ अर्ब ५० करोड रुपैयाँ हुनुपर्ने राष्ट्र बैंकले तोकेको छ ।

हाम्रो विकास बैंकलाई प्राप्ति गर्नुअघि नै ज्योति विकास बैंकको चुक्ता पुँजी २ अर्ब ५९ करोड ३६ लाख रुपैयाँ छ । यस्तै हाम्रो विकास बैंकको चुक्ता पुँजी ४९ करोड २२ लाख रुपैयाँ पुगिसकेको छ ।

हाल ज्योतिसँग साढे २० अर्ब रुपैयाँ निक्षेप छ भने हाम्रो विकास बैंकसँग पौने २ अर्ब रुपैयाँ मात्रै निक्षेप रहेको छ । कर्जातर्पm ज्योतिले करिब १६ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ भने हाम्रो विकास बैंकले १ अर्ब ६० करोड रुपैयाँ जति कर्जा तथा लगानी छ । ज्योतिले हाम्रो विकास बैंक किन्ने सम्झौता भइसके पनि कुन प्रक्रियाबाट कतिमा किन्ने एकिन भइसकेको छैन ।

सम्पत्ति तथा दायित्वको मूल्यांकन गरेपछि तय हुने दरमा हाम्रो विकास बैंक प्राप्ति गर्ने सम्झौता भएको ज्योति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख गरेका छन् ।

सम्बन्धित समाचार

सेयर बजारमा अर्काे नयाँ रेकर्ड : हाइड्रोपावरमा बढी आकर्षण
सेयर बजारमा अर्काे नयाँ रेकर्ड : हाइड्रोपावरमा बढी आकर्षण
  • २०७५ भाद्र १८, ०८: ५८: ३७

नयाँ विकल्प काठमाडौं : सेयर बजारमा सोमबार पनि उत्साह जारी छ । नेप्से सूचकका साथमा खरिदबिक्री रकममा पनि राम्रो छ...

तराई-मधेश द्रुत मार्गः  सुरूङ बनाउने ठेक्का चिनियाँ कम्पनीलाई
तराई-मधेश द्रुत मार्गः सुरूङ बनाउने ठेक्का चिनियाँ कम्पनीलाई
  • २०७५ भाद्र १८, ०८: ५८: ३७

नयाँ विकल्प, काठमाडाैं- काठमाडौं-तराई-मधेश द्रुत मार्ग(फास्ट ट्रयाक)को सुरुङ निमार्णका लागि नेपाली सेनाले दुई चिनियाँ कम्पनीसँग सम्झौता गरेको छ। द्रुत मार्गमा...

सिंगापुर बेभरेजका शर्मालाई युरोपको विश्वविद्यालयबाट बिद्याबारिधी उपाधि
सिंगापुर बेभरेजका शर्मालाई युरोपको विश्वविद्यालयबाट बिद्याबारिधी उपाधि
  • २०७५ भाद्र १८, ०८: ५८: ३७

नयाँ बिकल्प,काठमाडौं । फ्रान्सको पेरिसस्थित युरोपियन इन्टरनेसनल युनिभर्सिटीले सिंगापुर बेभरेजेज नेपाल प्रालिका संस्थापक तथा म्यानेजिङ डाइरेक्टर आशिष शर्मालाई इन्टरनेसनल बिजनेस...

भर्खरै

TOP