May 10, 2021, Monday

राहुल उत्रिएपछि मोदी उडे

काठमाडौं । भारतका प्रधानमन्त्री तथा भारतीय जनता पार्टीका नेता नरेन्द्र मोदी बिमस्टेक सम्मेलन सकेर शुक्रबार साँझ नयाँ दिल्ली उड्नुअघि नै भारतीय कांग्रेस आईका नेता राहुल गान्धी काठमाडौं उत्रिएका छन् । मोदी नेपाल भारत मैत्री पशुपति धर्मशालाको उद्घाटन गर्दै गर्दा राहुल नेपाल आएका हुन् । पशुपतिनाथको दर्शन गरी शुक्रबार साँझ मोदी भारतीय वायु सेनाको विशेष विमानमा दिल्ली उड्नुभन्दा केही घण्टाअघि नै गान्धी काठमाडौं ओर्लिएका थिए ।

सामान्यतः मोदी जस्तो मन्दिर त्यति नहिंड्ने राहुलले शनिबार बिहानै पशुपतिनाथ मन्दिरमा पूजा गरेका छन् । कांग्रेस आईको अध्यक्ष भएपछि पशुपतिमा संभवतः उनको यो नै पहिलो पूजा भएको जनाइएको छ । प्रधानमन्त्री तथा भारतीय जनता पार्टीका नेता मोदीकै शैलीमा विपक्षी नेता गान्धी किन यसरी धार्मिक यात्रामा निस्कनु र पशुपतिनाथको दर्शन गर्ने गर्नुलाई धेरैले अर्थपूर्ण रुपमा हेरेका छन् । मोदी र गान्धीको पछिल्लो धार्मिक यात्रालाई खासगरी भारतीय लोकसभाको आसन्न निर्वाचनसँग जोडेर हेर्न थालिएको छ ।

भारतको बहुसंख्यक हिन्दु जनमत आफुतिर आकर्षित गर्न मोदी र गान्धी दुबै हिन्दु धार्मिक स्थल धाउन थालेको टिप्पणी हुन थालेको छ । भारतीय विपक्षी दलका नेता तथा भारतीय राष्ट्रिय कांग्रेसका अध्यक्ष राहुल गान्धी शनिबार बिहानै पशुपति दर्शन गर्न पुगेका थिए । शनिबार बिहान ८ः ३० बजे पशुपति पुगेका गान्धी शनिबार नै कैलाश मानसरोवरको दर्शन गर्न तिब्बततर्फ लागेका छन् ।

नेपाली सुरक्षा निकायहरुले शनिबार विहानसम्म राहुल यति एयरलाइन्सबाट नेपालगञ्ज हुँदै मानसरोवर जाने सूचना पाएका थिए । किनभने, त्यही एयरलाइन्सको टिकट सूचीमा उनको नाम थियो । त्यसै अनुसार नेपालगञ्जममा पनि उनको सुरक्षा प्रबन्ध मिलाइएको थियो । तर, शनिबार बिहान अकस्मात उनले आफ्नो योजना परिवर्तन गरे । ल्हासा हुँदै मानसरोवर जाने गान्धीको योजनाले नेपालका सुरक्षाकर्मीहरु पनि अल्मलिएका छन् । सुरुमा राहुल यति एयरलाइन्सबाट नेपालगञ्ज जाने भनिएको थियो तर तर पछि क्यान्सिल गरेको सुरक्षा स्रोत बताउँछ ।

सम्बन्धित समाचार

नेपाल-खनाल समुह बैठकः   ओलीलाई  विश्वासकाे मत नदिने निर्णय
नेपाल-खनाल समुह बैठकः ओलीलाई विश्वासकाे मत नदिने निर्णय
  • २०७५ भाद्र १८, ०९: २२: २०

नयाँ विकल्प काठमाडाैं- प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासकाे मत लिने बैठकमा नेकपा एमालेकाे माधव कुमार नेपाल- झलनाथ खनाल समुहले बहिस्कार...

एसईई र कक्षा १२ को परीक्षा स्थगित
एसईई र कक्षा १२ को परीक्षा स्थगित
  • २०७५ भाद्र १८, ०९: २२: २०

नयाँ विकल्प, काठमाडाैं-यस वर्षको एसईई र कक्षा १२ को परीक्षा स्थगित भएको छ । राष्ट्रिय परीक्षा बोर्डको सोमबार बसेको भर्चुअल...

नेपाल- खनाल समुहका सांसदहरुको बैठक सिंहदरबारमा सुरु
नेपाल- खनाल समुहका सांसदहरुको बैठक सिंहदरबारमा सुरु
  • २०७५ भाद्र १८, ०९: २२: २०

नयाँ विकल्प, काठमाडाैैं- नेकपा(एमाले) माधव नेपाल–झलनाथ खनाल निकट सांसदहरुको बैठक सुरु भएको छ । संघीय संसद सचिवालय सिंहदरबारमा सुरु भएको...

भर्खरै

TOP